Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले रहनुभएको छ भने सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन्। समितिले हालको न्यायालयका विषयमा उठेका टिप्पणीका तथ्य सङ्कलन र समग्र न्याय क्षेत्रको उन्नयनका लागि आवश्यक सुझाव एक महिनाभित्र तयारी गर्ने समयसीमा रहेको बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए। बारको कार्यसमिति, सल्लाहकार समितिसमेतको संयुक्त बैठकमा न्यायपालिकासम्बन्धी समसामयिक अध्ययन गर्न उक्त समिति बनाइएको जनाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्यु
Latest NewsJust now

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्यु

काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएका हुन् । फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका ...

केन्द्रबिन्दु
अन्तिम चरणमा पुग्यो पोखरा–मुग्लिन सडक स्तरोन्नति
Latest NewsJust now

अन्तिम चरणमा पुग्यो पोखरा–मुग्लिन सडक स्तरोन्नति

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ। पूर्वीखण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए। ‘सडक विस्तार तथा स्तरोन्नतिको क... ...

नेपालखबर
न्यायक्षेत्रमा पछिल्लो समय उठेका विषयमा अध्ययन गर्न नपाल बार एसोसिएसनले गठन गर्यो अध्ययन समिति
Latest NewsJust now

न्यायक्षेत्रमा पछिल्लो समय उठेका विषयमा अध्ययन गर्न नपाल बार एसोसिएसनले गठन गर्यो अध्ययन समिति

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले रहेका छन् । सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन् । समितिले […] ...

लोकपथ
अभिनेत्री बेनिशाले सुरु गरिन् 'मेरोस्ट्रिम'
Latest NewsJust now

अभिनेत्री बेनिशाले सुरु गरिन् 'मेरोस्ट्रिम'

काठमाडौँ। अभिनेत्री बेनिशा हमालले 'मेरोस्ट्रिम' सुरु गरेकी छन् । नेपाली मनोरञ्जनलाई डिजिटल माध्यमबाट दर्शकसम्म पुर्‍याउने उद्देश्यले उनले याे ओटीटी सुरु गरेकी हुन् । सदस्यता शुल्कमा आधारित यो प्लेटफर्मले दर्शकलाई एउटै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play