Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

10/19/2026, 7:20:42 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ । राति देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने, पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ तथा तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

चाडपर्व लक्षित निकुञ्जको सुरक्षा योजना : तालिमप्राप्त कुकुरबाट समेत निगरानी
OthersJust now

चाडपर्व लक्षित निकुञ्जको सुरक्षा योजना : तालिमप्राप्त कुकुरबाट समेत निगरानी

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । अहिले ...

पर्दाफास
ग्याङस्टारको कथा बेच्ने बलिउडलाई ग्याङस्टारबाटै खतरा
OthersJust now

ग्याङस्टारको कथा बेच्ने बलिउडलाई ग्याङस्टारबाटै खतरा

बलिउड र अन्डरवर्ल्डबीचको सम्बन्ध एकदमै रहस्यमयी छ । कतिपय बलिउड सेलिब्रेटीलाई अन्डरवर्ल्डले हरपल थर्कमान बनाइरहेको छ भने कतिपय सेलिब्रेटीको अन्डरवर्ल्डसँग हिमचिम रहेको खबर बेलाबखत आइरहन्छ । एकातिर बलिउड र अन्डरवर्ल्डबीच कडा दुश्मनी रहेको बताइन्छ भने अर्कोतिर कतिपय सिनेमामा अन्डरवर्ल्डकै लगानी रहने गरेको हल्ला पनि हुने गरेको छ । त्यसो त, बलिउडले धेरै पटक अन्डरवर्ल्डको कथालाई… ...

अनलाइन खबर
राजदूत नियुक्ति प्रकरण : गैरआवासीय नेपालीप्रति रास्वपाको दृष्टिकोण के हो ?
OthersJust now

राजदूत नियुक्ति प्रकरण : गैरआवासीय नेपालीप्रति रास्वपाको दृष्टिकोण के हो ?

रास्वपाले गैरआवासीय नेपालीका मुद्दालाई आफ्नो घोषणापत्रमा समेटेको छ भने अब त्यसलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउने जिम्मेवारी पनि उसकै हो। घोषणापत्रमा व्यक्त प्रतिबद्धता कार्यान्वयनको स्पष्ट खाका, समयसीमा र मापनयोग्य उपलब्धिमार्फत प्रमाणित हुनुपर्छ। ...

अनलाइन खबर
दशैंको रमाइलोमा स्वास्थ्य नबिर्सनुस्, यस्ता छन् चिकित्सकका सुझाव
OthersJust now

दशैंको रमाइलोमा स्वास्थ्य नबिर्सनुस्, यस्ता छन् चिकित्सकका सुझाव

दशैंमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद चिकित्सक डा.सुवर्ण पौडेलले आग्रह गरेका छन् । चाडपर्वमा मासु तथा चिल्लो खानेकुराको अत्यधिक सेवन, मदिरापान, पर्याप्त पानी नपिउने र राति अबेरसम्म जाग्राम बस्ने बानीले पेट तथा मलद्वारसम्बन्धी समस्या बढाउन सक्ने उनले बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले चाडपर्वमा मानिसको खानपान र दिनचर्या सामान्य दिनको तुलनामा फरक हुने भए पनि ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play