कस्तो रहनेछ आज देशभरको मौसम ?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक विधि र परम्पराका साथ सम्पन्न भएको मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले जानकारी दिए । “गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीक मानमानेश्वरी भवानीको पायो जात्रा एक महत्वपूर्ण संस्कृति हो, ...

भोटेकोशी बाढीपछि स्याफ्रुबेँसी जोड्न बेलिब्रिज निर्माण हुँदै
स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा कार्यलाई गति दिइएको हो । यसैबीच, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माणको शनिबार स्थलगत अवलोकन तथा अनुगमन गरेको छ । गत भदौ १० गते भोटेकोशीमा गएको ...

शिक्षा अधिकृतको सिमल तरुल खेती
सरकारी जागिरको व्यस्तता र पारिवारिक जिम्मेवारीबीच पर्साको ठोरीका शिवराज फुँयालले अफ्रिकन सिमल तरुलको व्यावसायिक खेती गरेका छन् । आठौं तहका शिक्षा अधिकृत उनले करिब ५० हजार रुपैयाँ खर्च गरेर पाँच लाख रुपैयाँ खुद आम्दानी गर्ने लक्ष्य राखेका छन् । ...

अर्घाखाँचीको पहिचान सराय : तरवार र खुँडाको तालमा गुञ्जिन्छ ‘वाख्यै भाइ हो’
८ कात्तिक, अर्घाखाँची । हातमा तरवार र खुँडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज। दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक पहिचान बोकेको सराय नाचको हो। बडादसैँका अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराय अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच… ...


