Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो छ आजको मौसम ?

काठमाडौं । देशका धेरै भूभागमा आज मौसम सामान्यतया सफा रहनेछ । केही भूभागमा बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार लिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । यसैबीच, केही मौसमविद्ले भने आउँदो शनिबार (कात्तिक १४)सम्मको मौसमी विश्लेषण सार्वजनिक गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आउँदो बिहीबारदेखि शनिबारसम्म लुम्बिनीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने जनाएका छन् । “आगामी बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान कायमै छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “बिहीबारदेखि शनिबारसम्म लुम्बिनी प्रदेशदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।” हालको पूर्वानुमानानुसार २९ जिल्ला वर्षाजन्य जोखिममा पर्न सक्ने उनले उल्लेख गरेका छन् । “यद्यपि, भारी वर्षा हुने स्थान, समय र वर्षाको मात्रा अझै परिवर्तन हुन सक्छ,” उनले भनेका छन्, “किसान, हिमाली क्षेत्रका बासिन्दा तथा पदयात्रीहरूले विशेष सावधानी अपनाउनुहोला ।” यस मौसमी प्रणालीबारे उनले केही दिनअघिदेखि जानकारी गराउँदै आएका छन् । विशेष गरी धानबालीसँग सम्बन्धित किसान, हिमाली क्षेत्रका बासिन्दा र पदयात्रीले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिँदै आएका छन् । बंगालको खाडीमा विकसित उक्त न्यूनचापीय क्षेत्र आज गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुन सक्छ । त्यसपछि आज बिहानसम्म चक्रवात बन्न सक्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । त्यसपछि त्यो प्रणाली अझ शक्तिशाली बन्दै अघि बढ्ने र भारतको उत्तरी आन्ध्र प्रदेश तथा त्यससँग जोडिएको दक्षिण ओडिसाको तटीय क्षेत्रमा अगाडि लाग्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । त्यो प्रणाली त्यहाँबाट अगाडि बढ्दै भारतको बिहार हुँदै नेपालसम्म असर पर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जनाएका छन् । “भारतको उडिसा (ओडिसा)–बिहार हुँदै नेपालतिर आउने र भारी हिमपात अनि पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुने देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उच्च हिमाली क्षेत्रको पदयात्रा पनि माथि उल्लेख गरिएका दिनमा नगर्नु र नगराउनु उत्तम हुनेछ ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

राज्यले दिने सहुलियत ब्याजको सुविधा कहिले पुग्ला झाङमूको गोठसम्म ?
ताजा खबरJust now

राज्यले दिने सहुलियत ब्याजको सुविधा कहिले पुग्ला झाङमूको गोठसम्म ?

झाङमूको जीवनमा एउटा सकारात्मक पक्ष छ। थोर्दुङमा रहेको दुग्ध विकास संस्थानको याकचिज केन्द्रले उनको व्यवसायलाई ठूलो सहारा दिएको छ। ...

हाम्राकुरा
राष्ट्रिय योजना आयोगको पीडीएनए सर्वेक्षण नतिजा : भोटेकोशी बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति
ताजा खबरJust now

राष्ट्रिय योजना आयोगको पीडीएनए सर्वेक्षण नतिजा : भोटेकोशी बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति

काठमाडौं । १० भदौमा आएको रसुवा-भोटेकोशी बाढीका कारण सर्वसाधारणको निजी सम्पत्तिमा मात्रै करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) घरधुरी सर्वेक्षणको प्रारम्भिक नतिजा अनुसार जनताको घर, जग्गा, व्यवसाय लगायतमा ७९ अर्ब १७ करोडको क्षति भएको छ । सडक, जलविद्युत् लगायत पूर्वाधार, उत्पादनशील, सामाजिक र वातावरण ...

केन्द्रबिन्दु
कारको चारवटै ढोकामा ‘फल्स बटम’ बनाएर चाँदी तस्करी
ताजा खबरJust now

कारको चारवटै ढोकामा ‘फल्स बटम’ बनाएर चाँदी तस्करी

कारको फल्स बटममा लुकाएर ल्याएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देव... ...

नेपालखबर
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
ताजा खबरJust now

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडाैं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घर घरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजइतबारदेखि १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play