कर्मचारीले सुविधाको गाडी आफैं चलाए ड्राइभरको तलब पनि खप्टिएर पाउने

काठमाडौं। उच्च तहका सरकारी अधिकारीहरूले सुविधाकाे गाडी आफैं चलाएमा चालक (ड्राइभर) को तलब पनि आफैंले खान पाउने भएका छन् । सरकारले तयार पारेको ‘सरकारी कर्मचारीहरूको सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा यस्तो नयाँ व्यवस्था प्रस्ताव गरिएको हो । निर्देशिकाअनुसार मुख्यसचिव, सचिव र सहसचिव वा सो सरहका अधिकारीहरूलाई चालक राख्ने वा आफैं गाडी चलाउनेमध्ये एउटा विकल्प रोज्ने सुविधा दिइएको छ । यदि ती अधिकारीहरूले सरकारी वा व्यक्तिगत जुनसुकै गाडी आफैं हाँक्ने विकल्प रोजेमा हलुका सवारी चालकले पाउने सुरु स्केलको पारिश्रमिक रकम मासिकरूपमा सोझै उनीहरूको तलब/भत्तामा थपिएर (खप्टिएर) दिइनेछ । हाल निजामती सेवामा हलुका सवारी चालकको सुरु तलब स्केल मासिक करिब २९ हजार रुपैयाँ छ । नयाँ व्यवस्था लागू भएमा आफैं गाडी चलाउने सहसचिव, सचिव र मुख्यसचिवले आफ्नो नियमित तलब-भत्ताका अतिरिक्त मासिक रूपमा उक्त रकम पनि थप पाउनेछन् । निर्देशिकाको दफा १२ (४) मा स्पष्ट व्यवस्था गरिए अनुसार: यो सुविधा मुख्यसचिव, सचिव र सहसचिव (वा सो सरह) का अधिकारीहरूले मात्र पाउनेछन् । उपसचिव वा सोभन्दा मुनिका अन्य तहका कर्मचारीहरूलाई भने सवारी चालकको सुविधा दिइएको छैन । सम्बन्धित उच्च अधिकारीले सरकारी गाडी प्रयोग गरे पनि वा व्यक्तिगत गाडी प्रयोग गरे पनि यो नियम लागू हुनेछ । प्रस्तावित व्यवस्था कार्यान्वयनमा आए उच्च प्रशासकहरूलाई मासिकरूपमा ठूलो रकम नगदका रूपमा प्राप्त हुनेछ । किनभने उनीहरूले गाडी किन्न पाउने ६० लाखसम्मको निर्ब्याजी ऋणबाहेक इन्धन र मर्मत खर्च पनि बिल पेस नगरी सोझै बैंक खातामा पाउनेछन् । उदाहरणका लागि, मुख्यसचिव वा सचिवले आफैं गाडी चलाएमा इन्धन खर्च वार्षिक रु. १ लाख ४० हजार (मासिक करिब रु. ११,६६६) पाउँछन् । यस्तै मर्मत खर्च वार्षिक रु. १ लाख (मासिक करिब रु. ८,३३३) पाउने छन् । चालकको तलबका रूपमा मासिक करिब रु. २६,००० बढि रकम थपिनेछ । यसरी सचिव तहका अधिकारीले गाडी चलाएबापत मात्रै आफ्नो नियमित तलब बाहेक मासिक झण्डै ४५ देखि ४६ हजार रुपैयाँ अतिरिक्त थप पाउने देखिन्छ । यसैगरी, सहसचिवले आफैं गाडी चलाएमा इन्धन (मासिक रु. १०,०००), मर्मत (मासिक रु. ६,२५०) र ड्राइभरको तलबसहित मासिक करिब ४२ हजार रुपैयाँभन्दा बढी अतिरिक्त रकम पाउनेछन् । उच्च पदस्थ अधिकारीहरूका लागि स्थायी वा करारमा चालक राख्दा राज्यकोषबाट तलब, पोसाक, चाडपर्व खर्च, उपदान तथा पेन्सनलगायतमा ठूलो दीर्घकालीन दायित्व पर्दै आएको छ । अधिकारीहरू आफैंले गाडी हाँक्दा चालकको अतिरिक्त दरबन्दी घटाउन सकिने, सरकारी खर्चमा मितव्ययिता कायम हुने र उच्च पदस्थहरूमा ‘आफ्नो काम आफैं गर्ने’ संस्कृतिको विकास हुने दावी सरकारले यस्तो नीति अघि सारेको हो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
न्युयोर्क । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताए । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग ...

टेबल टेनिसमा नयाँ खेलाडी उत्पादन अभियानमा लागेकी नविता
काठमाडौँ । एक खेलाडीका लागि प्रतियोगितामा भाग लिनु र उपाधि जित्नु जत्तिको खुसी के नै होला र ? टेबल टेनिसकी अनुभवी खेलाडी नविता राष्ट्रियस्तरमा पटक-पटक च्याम्पियन बनिन् । तर भनिन्छ... ...

तीन महिनामै खाद्यको व्यापार करोड भन्दा बढी
साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख सात सय ५० रुपैयाँको व्यापनर गरेको हो । ...

एनपीएल उद्घाटनको टिकट आधाघण्टामै सोल्ड आउट
(एनपीएल) को उद्घाटन दिनका लागि टिकट बिक्री खुला भएको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् । ...


