यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

न्युयोर्क । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताए । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग आवश्यक रहेकोमा जोड दिए । यसैबीच, हुथी आन्दोलनलाई युरोपेली सङ्घ (इयु) को आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गर्ने युरोपेली संसद्को प्रस्तावलाई यमनको विदेश मन्त्रालयले स्वागत गरेको छ । मन्त्रालयले यसलाई नागरिकको सुरक्षा, क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम भनेको छ । बिहीबार पारित प्रस्तावमा युरोपेली संसद्ले हुथीहरूका आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र मानवीय कानूनको उल्लङ्घन भन्दै त्यसबाट यमनी नागरिकको मृत्यु तथा विस्थापन बढेको र मानवीय सङ्कट गम्भीर बनेको उल्लेख गरेको छ । संसद्ले इजरायल र संयुक्त अरब इमिरेट्सविरुद्ध भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको पनि निन्दा गरेको छ । इयुकी विदेश मामिला तथा सुरक्षा नीतिकी उच्च प्रतिनिधि काजा कल्लासको प्रस्तावपछि संसद्ले हुथी आन्दोलनका राजनीतिक तथा सैन्य शाखा, नेतृत्व र सुरक्षा संरचनालाई आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गरेको हो । साथै, आन्दोलनको आर्थिक स्रोत रोक्न र त्यसलाई सहयोग गर्ने पक्षका कोष तथा सम्पत्ति रोक्का गर्न पनि आह्वान गरिएको छ । यसैबीच, इराकले साउदी अरबमाथिका आक्रमणको निन्दा गर्दै आफ्नो भूभाग कुनै पनि पक्षले आक्रमणका लागि प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ । अल जजिराका अनुसार इराकका विदेशमन्त्री फुआद हुसेनले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदसँग टेलिफोन वार्ता गरी आक्रमण र त्यसबाट नागरिक तथा सार्वजनिक पूर्वाधारमा पुगेको क्षतिको निन्दा गरेको साउदी विदेश मन्त्रालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सख्या नाच
दाङको घोराही उपमहानगरपालिका–१० स्थित लमडरुवा गाउँमा थारु समुदयमा नाचिने परम्परागत सख्या नाच प्रस्तुत गर्दै थारू समुदायका महिला । ...

घमाइलो मौसममा रमाइलो दसैं
काठमाडौं।दसैं आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैं आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशंका उब्जाएको थियो। कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि ! विगतका दसैंमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला भन्नेमा उनी ढुक्क हुन सकेकी थिइनन्। दसैं ...

तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु पुष्टि, ६५ घाइते
तिब्बतमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि १२ हजार ४०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। राहत र उद्धार जारी छ। शुक्रबार बिहानसम्म ४०० भन्दा बढी परकम्प गएको जनाइएको छ। स्थानीय आपत्‌कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै... ...
_qRDrm29r1Q.webp)
भीसीटीएस प्रणाली अस्थायी रुपमा बन्द, ट्रक चलाउनेले बिलबिजक बोक्नुपर्ने
काठमाडौँ। राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको रहेको 'भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम' (भीसीटीएस) प्रणाली प्राविधिक सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द गरिएको छ। प्रणाली बन्द भएपछि मालवाहक सवारीसाधनहरूले नियमानुसारका बिलबिजक... ...


