कर्णाली याक्सले भित्र्यायो पाकिस्तानका हुसैन तलात

काठमाडौं-कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेस्टराष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ ।क्लबले बिहीबार ३० वर्षीय अलराउन्डरलाई भित्र्याएको हो । लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेल्दै आएका छन् । तीव्र गतिका बलरले पाकिस्तानबाट २३ टी–२० आई खेल खेल्दा ४४१ रन बनाएका छन् । त्यस्तै, ६३ विकेट लिएका छन् । यसक्रममा दुई अर्धशतक बनाएका थिए ।एकदिवसीयतर्फ १२ खेल खेल्दा २२४ रन बनाउनुका साथै ६२ विकेट लिएका छन् । लिस्ट ए मा भने १२५ खेल खेल्दा तीन हजार ७५४ रन बनाएका छन् । यस्तै, १४१ विकेट लिएका छन् ।तलातको आगमनसँगै टिमको ब्याटर र बलिङ दुवै मजबुद भएको कर्णाली याक्स स्पोर्टस् प्रा.लि.का मालिक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् । उनले आगामी दिनमा दुई चर्चित क्रिकेटर अनुबन्ध गर्ने पनि बताए । ‘पाकिस्तानी अलराउन्डरको आगमनसँगै हाम्रो टिमको ब्याटिङ र बलिङ दुबै पक्ष बलियो हुने विश्वास लिएका छौँ,’ उनले भने, ‘आगामी दुई सम्झौतालाई पनि दर्शकले मन पराउनुहुनेछ भन्ने लाग्छ । कर्णाली याक्समा चर्चित अनुहार देख्न पाउनुहुनेछ ।’ पाकिस्तानी अलराउन्डर तेस्रो सिजनका लागि कर्णाली याक्समा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई कर्णालीले भित्र्याइसकेको छ । त्यस्तै, दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन् । वाटबाहेक तलाल, अरिफुल र अकबर तीनैजना पहिलोपटक एनपिएल खेल्दै छन् । कात्तिक ९ बाट सुरु हुने एनपिएलका लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्सन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन् ।यसबाहेक कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

खोटाङमा आगलागी हुँदा १६ लाख ५५ हजार बराबरको क्षति
विद्युत् सर्ट भएर आगलागी हुँदा मंगलटार घुर्चुमा घर, मतान र बाख्रा खोर जलेर नष्ट भएका छन् । ...
एनपिएलको तेस्रो संस्करणको टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बिक्री खुला
• एनपिएलको तेस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० र प्रिमियम टिकट १,००० रुपैयाँ। • इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकट १,००० र प्रिमियम टिकट २,००० रुपैयाँमा उपलब्ध। • टिकट आज राति ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ, प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुनेछ। ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि २ हजारसम्म
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले लिग चरणका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ निर्धारण गरेको छ। त्यसैगरी, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको क्यानले ...

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार, गत वर्ष भन्दा १५ प्रतिशत बढी
सुनसरी । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष २०८२ को दसैँमा कृषिउपज बजारबाट रु २३ करोड ...


