कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका दुई बगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सानदार प्रदर्शन गरेका थिए । उनले ७ खेलमा २१९ रन बनाएका थिए । दुई अर्धशतक प्रहार गरेका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा थिए । उनले अघिल्लो संस्करण बंगलादेश प्रिमियर लिगमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए । त्यस्तै, २४ वर्षीय अकबर अली सन् २०२० मा बंगलादेशले पहिलोपटक आइसिसी यु–१९ विश्वकप जित्दाका कप्तान हुन् । दक्षिण अफ्रिकामा भएको उक्त प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो । कर्णालीले दुई बंगलादेशका खेलाडीसहित कूल चार खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीमा यसपटक पुनः स्कटल्यान्डका मार्क वाट देखिदैछन् । यस्तै, पाकिस्तानका अलराउन्डर हुसैन तलात पनि अनुबन्ध भएका छन् । कात्तिक ९ बाट सुरु हुने एनपीएलमा कर्णालीले कार्तिक १० गते जनकपुर बोल्ट्ससँग आफ्नो पहिलो खेल खेल्ने छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा
मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी... ...

थोरङला पास हुँदै भित्रिए ७७२ पर्यटक
मुस्ताङ।लमजुङको बेंसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ। समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै ...

नेपालीको ज्यान असामान्य घटनामा गुम्दा मात्रै हाम्रो राज्यको संवेदना किन जाग्छ ?
प्रश्न यति मात्रै होइन । नेपालीको ज्यान असामान्य घटनामा गुम्दा मात्रै हाम्रो राज्यको संवेदना किन जाग्छ ? ...



