Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सरकारले संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमिकलाई योगदानमा आधारित प्रणालीमा समेट्ने सरकारको नीति रहेको बताएकी छन् । चालु आर्थिक वर्षमा विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिइन्। अनौपचारिक क्षेत्रका श्रमिकका लागि स्थानीय तहको सहयोगदानसहित संघीय सरकारले एक प्रतिशत सह-योगदान गर्ने व्यवस्था पनि अघि बढाइएको छ । सरकारले प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ । हाल कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत छन्। कोषमा १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ । यस वर्षको सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ नारासहित मनाइएको हो । The post करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्रीले गर्ने
Latest NewsJust now

राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्रीले गर्ने

सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन्। ‘प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउनुहुन्छ,’ मन्त्री पोखरेलले भने, ‘उद्घाटनको समय भने १४ गतेपछि मात्रै थाहा हुन्छ।’ उद्घाटनमा प्रधानमन्त्री आउने पक्कापक्की भए पनि समय बिहान वा दिउँसो भन्ने विषयमा एकीन नभएको मन्त्री पोखरेलको भनाइ ...

नेपालन्युज
चिकित्सक सङ्घका नवनिर्वाचित परिषद् सदस्यलाई प्रमाणपत्र प्रदान
Latest NewsJust now

चिकित्सक सङ्घका नवनिर्वाचित परिषद् सदस्यलाई प्रमाणपत्र प्रदान

काठमाडौं, मङ्सिर १२ गते । नेपाल चिकित्सक संघ (एनएमए) का नवनिर्वाचित ६० जना परिषद् सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।गत साउन २३ गते सम्पन्न निर्वाचनबाट निर्वाचित परिषद् सदस्यलाई... ...

गोरखापत्र
टोल्स्टोयका राजाले जस्तै कांग्रेसले सम्झिनुपर्ने तीन उत्तर
Latest NewsJust now

टोल्स्टोयका राजाले जस्तै कांग्रेसले सम्झिनुपर्ने तीन उत्तर

युद्ध र शान्तिजस्तो महान् उपन्यास लेख्ने लियो टोल्स्टोयको एउटा प्रसिद्ध लघुकथा छ- ‘तीन प्रश्न’।  एकजना राजालाई तीन प्रश्नले सताइरहेका थिए- कुनै काम गर्ने सही समय कुन हो? सबैभन्दा महत्त्वपूर्ण मान्छे को हो? अनि ठुलो काम के हो?  दरबारका विद्वान्‌हरूले अनेक उत्तर दिए, तर राजाको मन शान्त भएन। अन्ततः राजा जंगलमा बस्ने एक साधु... ...

नेपालखबर
किङ्स कप राष्ट्रिय भलिबल : गण्डकी शीर्षस्थानमा कायमै
Latest NewsJust now

किङ्स कप राष्ट्रिय भलिबल : गण्डकी शीर्षस्थानमा कायमै

कास्की । पोखरा रङ्गशालामा जारी ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल सङ्घले शीर्षस्थान कायमै राखेको छ । घरेलु टोली गण्डकी आज भएको खेलमा कोशी प्रदेशसँग पराजित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement