Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

Share:WhatsAppFacebookX (Twitter)Telegram
कम छैन फूल उत्पादन गर्ने किसानको दुःख
Photo / Coverage: नेपालन्युज

भक्तपुर । तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्‍याउन र बिक्री गर्न व्यस्त छन्। महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको छ। भक्तपुरको ताथलीकी कल्पना बनमालाले पुर्ख्यौली पेसाका रूपमा मखमली फूलखेती गर्दै आएकी छन्। उनले यस वर्ष एक रोपनी जग्गामा मखमली फूलखेती गरेकी छन्। तिहारमा फूलखेती गर्ने, टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने काम निकै झन्झटिलो हुने उनी बताउँछन्। फूल बिक्रीका लागि केही व्यापारी घरमै लिन आउने गरे पनि उचित मूल्य नदिने गरेको बनमालाको गुनासो छ। त्यसैले सम्भव भएसम्म घरमै आउने व्यापारीलाई फूल बिक्री गर्ने र बाँकी आफैँ बजारमा लगेर बेच्ने गरेको उनले बताए। “लक्ष्मीपूजाको अघिल्लो दिनदेखि भाइटीकासम्म हामी काठमाडौँका विभिन्न ठाउँमा माला लिएर जान्छौँ,” उनले भनिन् “कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोक र कालीमाटीलगायतका स्थानमा वर्षेनी फूल बेच्न जान्छौँ।” यस वर्ष अत्यधिक वर्षा भएका कारण फूल उत्पादनमा कमी आएको बनमालाले बताइन्। सामान्य अवस्थामा एक रोपनीमा करिब चार हजार मखमली फूलका माला उत्पादन हुने गरेकामा यस वर्ष जम्मा दुई हजार पाँच सय माला मात्रै उत्पादन भएको उनको भनाइ छ। उत्पादन घटेकै कारण यस वर्ष फूलको मूल्य बढेको उनले बताइन्। बनमालाका अनुसार अहिले मखमली फूलको एउटा मालाको थोक मूल्य रु ४० रहेको छ । तालथीकै अर्का फूल किसान शिवकेशरी बनमालाले यस वर्ष तीन रोपनीमा मखमली र सात रोपनी भाडाको जग्गामा सयपत्री फूलखेती गरेका छन्। विगतमा मखमली फूलखेतीबाट अपेक्षित नाफा नभएपछि सयपत्री फूलको बढ्दो मागलाई ध्यानमा राखेर पहिलोपटक व्यावसायिक रूपमा सयपत्री खेती सुरु गरेको उनले बताए। सयपत्री फूल प्रतिकिलो रु पाँच सयमा बिक्री भइरहेको जानकारी दिँदै बनमालाले यस वर्षको खेतीबाट मनग्य आम्दानी भए अर्को वर्ष पनि खेती विस्तार गर्ने योजना रहेको सुनाउनुभयो । मखमली फूल भदौ महिनादेखि टिप्न सुरु गर्ने र त्यही समयदेखि माला उन्ने काम पनि थाल्ने उनले बताए। फूलखेती गर्न उत्तिकै गाह्रो फूलखेती गर्ने किसानका लागि बजार व्यवस्थापन मात्रै चुनौती होइन। धानखेतीमा भन्दा पनि बढी स्याहार र मेहनत गर्नुपर्ने किसानहरू बताउँछन्। बिरुवा रोपेदेखि फूल फुल्ने बेलासम्म विभिन्न रोग तथा किराको प्रकोपबाट जोगाउनुपर्ने भएकाले विषादी र अन्य कृषि सामग्रीमा समेत लगानी गर्नुपर्ने उनीहरूको भनाइ छ। फूलको राम्रो रङ र गुणस्तर कायम राख्न पटकपटक औषधि छर्कनुपर्ने तथा फूल टिपिसकेपछि बिरुवामा मल र पोषण थप्नुपर्ने भएकाले पछिल्लो समय फूलखेती झन् कठिन बन्दै गएको किसान शिवलक्ष्मीले बताइन्।उत्पादनका लागि गर्नुपर्ने मेहनत, बढ्दो लागत र बजारमा उचित मूल्य नपाउने समस्याले फूल किसानको दुःख कम नभएको उनीहरूको अनुभव छ । फूलका लागि भक्तपुरका ताथली र गुण्डू प्रख्यात छन्। यी दुई वडामा धेरै फूल खेती हुने गर्दछ। ताथली चाँंगुनारायण नगरपालिका–९ मा पर्दछ भने गुण्डू सूर्यविनायक नगरपालिका–७ मा पर्छ । प्रत्येक वर्ष यहाँंका सयौँ किसानले तिहार लक्षित फूल खेती गर्दैआएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युद्ध र महँगो पेट्रोलका कारण मतदाता आक्रोशित भएको ट्रम्पको स्वीकारोक्ति,इरान युद्ध थप नचर्काउने रणनीति
Latest NewsJust now

युद्ध र महँगो पेट्रोलका कारण मतदाता आक्रोशित भएको ट्रम्पको स्वीकारोक्ति,इरान युद्ध थप नचर्काउने रणनीति

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्धलाई थप बढाउनु पर्ने ‘कुनै कारण नभएको’ बताएका छन् । आफ्नो पार्टीले निर्वाचनमा पराजय बेहोरेपछि पहिलो पटक ‘सिबिएस न्युज’ सँगको कुराकानीमा उनले इरानसँगको युद्धका विषयमा यस्तो टिप्पणी गरेका हुन् । अन्तर्वार्ताका क्रममा ट्रम्पले मतदाताहरूले इरानसँगको युद्ध र त्यसका कारण इन्धन (पेट्रोल) को मूल्य बढेको कुरालाई ‘रुचाएका थिएनन्’ भनी उल्लेख गरे । उनले थप्दै भने, ...

टक्सार
गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन
Latest NewsJust now

गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन

इस्मा गाउँपालिका–३ का गोकर्ण नेपालीले तिहारमा तीन सय किलो सयपत्री फूल बेच्ने लक्ष्यसहित प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेका छन्। ...

कान्तिपुर
१८ वर्षदेखि अलपत्र बेनीघाट-आरूघाट-लार्के सडक तत्काल निर्माण गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको माग
Latest NewsJust now

१८ वर्षदेखि अलपत्र बेनीघाट-आरूघाट-लार्के सडक तत्काल निर्माण गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हुँदै चीनको तिब्बत जोड्ने बेनीघाट–आरूघाट–लार्के (रुहिला) सडक निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले १८ वर्ष बितिसक्दा पनि १५४ किलोमिटर लामो रणनीतिक महत्वको सडक निर्माण सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण भएको बताए । आफू अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०६५/६६ को बजेट वक्तव्यमार्फत उक्त सडकलाई रातो ...

केन्द्रबिन्दु
बालेनको भ्रमणअघि पञ्चेश्वरबारे भारतको सकारात्मक सन्देश, अरुण र तल्लो अरुणमा खोज्यो साथ
Latest NewsJust now

बालेनको भ्रमणअघि पञ्चेश्वरबारे भारतको सकारात्मक सन्देश, अरुण र तल्लो अरुणमा खोज्यो साथ

लामो समयदेखि अलपत्र बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन भारत सकारात्मक देखिएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा भारत सकारात्मक रहेको सन्देश दिएका हुन्। नेपाल र भारतबीच लामो समयदेखि छलफल हुँदै आए पनि पञ्चेश्वर आयोजना निर्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play