Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

युद्ध र महँगो पेट्रोलका कारण मतदाता आक्रोशित भएको ट्रम्पको स्वीकारोक्ति,इरान युद्ध थप नचर्काउने रणनीति

Share:WhatsAppFacebookX (Twitter)Telegram
युद्ध र महँगो पेट्रोलका कारण मतदाता आक्रोशित भएको ट्रम्पको स्वीकारोक्ति,इरान युद्ध थप नचर्काउने रणनीति
Photo / Coverage: टक्सार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्धलाई थप बढाउनु पर्ने ‘कुनै कारण नभएको’ बताएका छन् । आफ्नो पार्टीले निर्वाचनमा पराजय बेहोरेपछि पहिलो पटक ‘सिबिएस न्युज’ सँगको कुराकानीमा उनले इरानसँगको युद्धका विषयमा यस्तो टिप्पणी गरेका हुन् । अन्तर्वार्ताका क्रममा ट्रम्पले मतदाताहरूले इरानसँगको युद्ध र त्यसका कारण इन्धन (पेट्रोल) को मूल्य बढेको कुरालाई ‘रुचाएका थिएनन्’ भनी उल्लेख गरे । उनले थप्दै भने, “अहिले अचम्म लाग्दो गरी इजरायलप्रति पनि मानिसहरूमा ठुलो असन्तुष्टि देखिएको छ ।”उनले इरानसँगको युद्धलाई थप चर्काउने आफ्नो कुनै योजना नरहेको स्पष्ट पार्दै भने, “उनीहरूसँग केही पनि छैन । उनीहरूको आणविक सामग्री हजारौँ टन चट्टानमुनि पुरिएको छ ।” इरानको ‘पिकएक्स’ पर्वतमा रहेको भनिएको आणविक केन्द्रमा आजकल एकदमै कम गतिविधि भइरहेको दाबी गर्दै ट्रम्पले भने, “यदि हामीलाई पिकएक्समाथि कारबाही गर्नुपर्ने आवश्यकता भयो भने, हामी त्यसलाई एक घण्टामै सिध्याइदिन सक्छौँ ।” यसका साथै हर्मुज जलमार्ग खुल्ला रहेको र त्यहाँबाट जहाजहरू आवतजावत गरिरहेको उनले दाबी गरे। त्यस जलक्षेत्रमा अमेरिकी नौसेनाले दिँदै आएको सुरक्षा स्कर्टिङको खर्चबारे सोधिएको प्रश्नमा उनले कडा रूपमा भने, “हामीले सुरक्षा प्रदान गरेका ती देशहरूले यो युद्धमा हाम्रो जति पनि खर्च भएको छ, त्यो सबै फिर्ता गर्नुपर्नेछ । किनभने हाम्रो सहयोग बिना उनीहरूको अस्तित्व रहने थिएन । हामी बिना इस्रायलको अस्तित्व पनि सम्भव थिएन ।” अमेरिकामा भर्खरै (नोभेम्बर २०२६) सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले ठुलो धक्का बेहोरेको छ । उपराष्ट्रपति जेडी भेन्स र स्वयं ट्रम्पले पनि के स्वीकार गरेका छन् भने, इरानसँग लामो समयदेखि चलिरहेको युद्ध र त्यसका कारण अमेरिकामा बढेको इन्धनको मूल्यका कारण अमेरिकी मतदाताहरू आक्रोशित थिए । निर्वाचनमा भएको यही हारका कारण ट्रम्प अहिले युद्धलाई थप चर्काउने भन्दा पनि मत्थर पार्ने रणनीतिमा लागेको विश्लेण गरिएको छ । इरानको नतान्ज आणविक केन्द्र नजिकै रहेको ‘पिकएक्स’ पर्वत क्षेत्रमा इरानले जमिनमुनि १०० मिटरभन्दा गहिरो सुरुङ बनाएर आफ्ना अत्याधुनिक आणविक उपकरण तथा संवद्र्धित युरेनियमलुकाएको अमेरिकी र इजरायली गुप्तचरहरूको दाबी छ । निर्वाचनअघिसम्म ट्रम्पले यस पहाडलाई शक्तिशाली बङ्कर–बस्टर वा अन्य बमले ‘एक घण्टामै’ ध्वस्त पारिदिने धम्की दिँदै आएका थिए । तर अहिले निर्वाचनमा जनमत विरुद्ध गएको देखेपछि उनले त्यहाँ “अचेल खासै गतिविधि नभएको”भन्दै पछि हटने बहाना खोजेको अन्ताराष्ट्रिय मिडियाले विश्लेषण गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यो साता ओटीटीमा ‘जेलर २’देखि ‘स्टुडेन्ट अफ द इयर’सम्म
Latest NewsJust now

यो साता ओटीटीमा ‘जेलर २’देखि ‘स्टुडेन्ट अफ द इयर’सम्म

मुम्बई । तिहारको बिदामा घरमै बसेर फिल्म तथा सिरिज हेर्न ओटीटी प्लेटफर्मभन्दा अर्को उपयुक्त विकल्प के होला ? यदि घरमै बसेर ओटीटी प्लेटफर्ममा फिल्म तथा सिरिज हेर्न चाहनुहुन्छ भने यो... ...

रातोपाटी
आठ वर्षमा दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक र आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
Latest NewsJust now

आठ वर्षमा दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक र आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

काठमाडौं – नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र अध्ययनलाई सहज बनाउने उद्देश्यले सञ्चालित नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षको अवधिमा दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत अभिलेखीकरण गरेको छ । सन् २०१८ मा सुरु भएको परियोजनाले ऐतिहासिक स्मारक र पुरातात्विक सामग्रीको विवरण सङ्कलन गर्नुका साथै विभिन्न ...

विश्वखबर
पाल्पामा मौलिक देउसी–भैलो जोगाउने प्रयास
Latest NewsJust now

पाल्पामा मौलिक देउसी–भैलो जोगाउने प्रयास

बसाइँसराइ र युवापुस्ताको बदलिँदो रुचिले पुराना भाका तथा बाजागाजाको प्रयोग घटाए पनि पाल्पामा केही समूहले परम्परागत भैलोलाई निरन्तरता दिएका छन्। ...

कान्तिपुर
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
Latest NewsJust now

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

काठमाडौँ, कात्तिक २३ गते । नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play