Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

चार हजार हेक्टरमा सिँचाइ गर्न ‘दङ्गालीछाप’ आयोजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार हजार हेक्टरमा सिँचाइ गर्न ‘दङ्गालीछाप’ आयोजना
Photo / Coverage: नेपालन्युज

दाङ।देउखुरीस्थित गढवा र राजपुर गाउँपालिकाका कृषियोग्य भूभागमा सतह सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गरिने भएको छ। त्यसका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) को कार्य पूरा भइसकेको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार यस आयोजनाको निर्माण अघि बढेपछि गढवा र राजपुर गाउँपालिका क्षेत्रको चार हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सेवा पु¥याउने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा सामाजिक तथा वातावरणीय अध्ययन पूरा गरी आगामी आर्थिक वर्षदेखि काम सुरु गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। देउखुरीको प्रगन्ना र बड्कापथ सिँचाइ आयोजनामार्फत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नपुगेका ठाउँका लागि दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गर्न लागिएको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता
Latest NewsJust now

खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता

मेलामा नेपाली उत्पादन, परम्परागत खाद्य सामग्री, फूलमाला, माटाका भाँडा, रैथाने बाली र अल्लोका सामग्रीसहित २६ स्टल राखिएका छन्। ...

कान्तिपुर
हराउँदै ढिकी र काठका ओखल
Latest NewsJust now

हराउँदै ढिकी र काठका ओखल

प्रकाश नेपालइलाम, कात्तिक २३ गते । नेपाली समाजमा चाडपर्व, संस्कृति र परम्परासँग जोडिएका अनेकौँ मौलिक चलन छन् । दसैँ, तिहारलगायतका चाडपर्वमा घरघरमा सेलरोटी पकाउने परम्परा पनि त्यस्त... ...

गोरखापत्र
दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी
Latest NewsJust now

दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गर्ने तयारीसहित काम तीव्र पारिएको छ । पहिरो पन्छाउन अहिले सडकको दुवैतर्फबाट उपकरण परिचालन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाइरहेको छ । काठमाडौँतर्फबाट दुई वटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर ...

केन्द्रबिन्दु
घोप्टेभिरको पहिरो दिउँसो १ बजेसम्म हटाइने
Latest NewsJust now

घोप्टेभिरको पहिरो दिउँसो १ बजेसम्म हटाइने

चितवन।पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गर्ने तयारीसहित काम तीव्र पारिएको छ। पहिरो पन्छाउन अहिले सडकको दुवैतर्फबाट उपकरण परिचालन गरिएको छ। नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाइरहेको छ। काठमाडौंतर्फबाट दुई वटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर परिचालन गरिएको छ। सडक केही ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play