‘कबड्डी ५’ ले मुस्ताङलाई के दियो ? प्रचारप्रसारसँगै स्थानीय लाभको प्रश्न

हिमाली जिल्ला मुस्ताङको भूगोल, प्रकृति, संस्कृति र जीवनशैलीले यसलाई नेपालकै विशिष्ट जिल्लामध्ये एक बनाएको छ । यहाँको हिमाली सौन्दर्य, रैथाने उत्पादन, धार्मिक तथा सांस्कृतिक सम्पदा र मौलिक जनजीवनले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ। पछिल्लो समय नेपाली चलचित्रका माध्यमबाट पनि मुस्ताङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चर्चा पाउँदै आएको छ । मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ गाउँपालिका ऐतिहासिक थाक सात सय क्षेत्रका रूपमा परिचित छ । धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा अवस्थित यस क्षेत्रको प्राकृतिक सौन्दर्य, हरियाली वनजङ्गल र थकाली समुदायको मौलिक संस्कृति यसको प्रमुख विशेषता हुन्। कुनै समय नेपाल र तिब्बतबीचको व्यापारबाट समृद्ध बनेको थकाली समुदायले आफ्नो परम्परा, संस्कृति र सामाजिक मूल्य–मान्यतालाई पुस्तान्तरण गर्दै आएको छ । थकाली सेवा समिति केन्द्रका अध्यक्ष शान्ति तुलाचनका अनुसार केन्द्रदेखि क्षेत्र, गाउँ र व्यक्तिसम्मका सांस्कृतिक मूल्य, मान्यता तथा परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास भइरहेको छ। यही सामाजिक र सांस्कृतिक परिवेशलाई कथाको आधार बनाउँदै निर्देशक रामबाबु गुरुङले निर्माण गरेको ‘कबड्डी’ चलचित्र शृङ्खलाले नेपाली दर्शकमाझ लोकप्रियता हासिल गरेको छ। थकाली समुदायको सामाजिक परिवेश र स्थानीय संस्कृतिलाई पर्दामा प्रस्तुत गर्दै चलचित्र पाँचौँ शृङ्खलासम्म आइपुग्नु नेपाली चलचित्र क्षेत्रका लागि पनि महत्त्वपूर्ण उपलब्धि हो। नेपाली चलचित्रले बजेट, प्रविधि र भव्यताका हिसाबले बलिउड तथा हलिउडसँग प्रतिस्पर्धा गर्न चुनौती सामना गरिरहेको अवस्थामा आफ्नै भूगोल, संस्कृति र समाजभित्रका कथालाई पर्दामा उतारेर दर्शकको मन जित्न सकिने सम्भावना ‘कबड्डी’ले देखाएको छ। तर, ‘कबड्डी ५’ सम्म आइपुग्दा मुस्ताङका जनताले के पाए भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ। चलचित्रले मुस्ताङको प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली र सांस्कृतिक पहिचानलाई व्यापक दर्शकमाझ पु¥याउन सहयोग गरेको छ। यसले मुस्ताङप्रति दर्शकको चासो बढाउनुका साथै पर्यटन प्रवद्र्धनको सम्भावनासमेत विस्तार गर्न सक्छ। चलचित्र हेरेपछि त्यसमा देखिएका स्थान अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेमा होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन र अन्य व्यवसायले लाभ लिन सक्नेछन्। त्यसैगरी, स्थानीय कलाकार तथा कामदारलाई छायाङ्कनमा अवसर दिने, स्थानीय उत्पादनको प्रयोग बढाउने र मौलिक संस्कृतिको सम्मानजनक प्रस्तुति गर्ने हो भने चलचित्रले स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउन सक्छ। यद्यपि, प्रचारप्रसार हुनु र त्यसको प्रत्यक्ष लाभ स्थानीय जनताले पाउनु फरक विषय हुन्। चलचित्रले मुस्ताङको नाम देशविदेशमा चिनाए पनि त्यसबाट सिर्जना हुने रोजगारी, व्यावसायिक अवसर र आर्थिक लाभ स्थानीय समुदायसम्म कति पुगे भन्ने विषयमा मूल्याङ्कन आवश्यक छ। स्थानीय जनताको सहभागिताबिना पर्यटन प्रवद्र्धनको लाभ सीमित व्यवसाय वा बाह्य पक्षमा केन्द्रित हुने सम्भावना रहन्छ। त्यसैले चलचित्रसँग जोडिएका पर्यटन गतिविधिमा स्थानीयलाई प्राथमिकता दिने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने र संस्कृति संरक्षणमा समुदायको भूमिका सुनिश्चित गर्ने विषयमा ध्यान दिन आवश्यक देखिन्छ। मुस्ताङको पहिचान केवल हिमाल, प्राकृतिक दृश्य र चलचित्रमा देखिने आकर्षक स्थानमा मात्र सीमित छैन। यहाँको भाषा, संस्कृति, परम्परा, रैथाने उत्पादन र स्थानीय जनताको जीवनशैली पनि उत्तिकै महत्त्वपूर्ण सम्पदा हुन्। यी पक्षको संरक्षण र प्रवद्र्धनसँगै आर्थिक अवसर सिर्जना गर्न सकिएमा चलचित्रले जिल्लाको दीर्घकालीन विकासमा योगदान पु¥याउन सक्छ। ‘कबड्डी ५’ मुस्ताङका लागि एउटा चलचित्र मात्र नभई आफ्नै भूगोल र संस्कृतिप्रति गर्व गर्ने अवसर पनि हो। तर चलचित्रको सफलता स्थानीय जनताको जीवनमा कति सकारात्मक परिवर्तन ल्याउन सक्यो भन्ने आधारमा पनि हेरिनुपर्छ। मुस्ताङको नाम पर्दामा चम्किनु उपलब्धि हो, तर त्यसको उज्यालो स्थानीय जनताको जीवनसम्म पुग्नु अझ महत्त्वपूर्ण उपलब्धि हो।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । प्रधानमन्त्री शाह उद्घाटन समारोहमा सहभागी हुने भए पनि उनी कार्यक्रमस्थलमा पुग्ने समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीको सहभागिता र समयबारे अन्तिम टुंगो कार्यक्रमको समयमा लाग्ने उनले बताईन् । एनपीएलको ...

इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक जाँचबुझ गरेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना ...

नेपाल–भारत सीमा सुरक्षाबारे काठमाडौंमा उच्चस्तरीय बैठक हुँदै
नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले बुधबारदेखि काठमाडौंमा उच्चस्तरीय बैठक बस्ने भएको छ। बैठकमा नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकारी सहभागी हुनेछन्। बैठकमा भाग लिन एसएसबीका महानिर्देशक संजय सिंघलको नेतृत्वमा भारतीय टोली मंगलबार नेपाल आइपुग्ने कार्यक्रम छ। नेपालतर्फको टोलीको नेतृत्व सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले गर्नेछन्। बैठकमा नेपाल–भारत ...

अर्थमन्त्री वाग्लेलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको प्रश्न- कुन युगको कुरा गरेको ?
‘कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैमा कुनै युग होइन । त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन’ ज्ञवाली सामाजिक सञ्जालमा लेख्छन्, ‘अर्थमन्त्रीले कुन ‘युग’ को कुरा गर्नुभएको हो ?’ ...


