Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

कक्षा ६ देखि १२ सम्मको विद्यार्थी हुनुहुन्छ? ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो बनाउनुस्, नगद पुरुस्कार जित्नुस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
कक्षा ६ देखि १२ सम्मको विद्यार्थी हुनुहुन्छ? ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो बनाउनुस्, नगद पुरुस्कार जित्नुस्
Photo / Coverage: टेक्नोलोजी खबर

काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता आयोजना गरेको छ। महानगरले एक सूचना जारी गरी ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’ अन्तर्गत विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको हो। जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासको प्रर्वद्धन तथा क्षति न्यूनीकरणका लागि व्यक्ति र समुदायको जिम्मेवारी प्रर्वद्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको महानगरले जनाएको छ। महानगरपालिकाले विभिन्न साझेदार संस्थाको सहकार्यमा मङ्सिर ७ गतेदेखि १३ गतेसम्म विभिन्न कार्यक्रमसहित ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने जनाइएको छ। प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार नगद, दोस्रो हुनेले रु ३० हजार, तेस्रो हुनेले रु २० हजार र सात जनालाई सान्त्वना पुरस्कारस्वरुप जनही १० हजार प्रदान गरिने महानगरले जनाएको छ । महानगरले उक्त प्रतियोगितामा भाग लिन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरेको छ।-रासस The post कक्षा ६ देखि १२ सम्मको विद्यार्थी हुनुहुन्छ? ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो बनाउनुस्, नगद पुरुस्कार जित्नुस् appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रोटोन ई.मास ५ ले जित्यो दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड, नेपाली ईभी बजारमा प्रवेशको तयारी
TechnologyJust now

प्रोटोन ई.मास ५ ले जित्यो दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड, नेपाली ईभी बजारमा प्रवेशको तयारी

२९ कात्तिक, काठमाडौं। प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। उक्त सवारीले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक – पिपुल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार – एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो। यस उपलब्धिले उपभोक्ता तथा […] The post प्रोटोन ...

आइसिटी फ्रेम
स्वास्थ्य बीमा नवीकरण गर्न परिवारका सबै सदस्यको केवाईसी अनिवार्य, अनलाइनबाटै विवरण अद्यावधिक गर्न सकिने
TechnologyJust now

स्वास्थ्य बीमा नवीकरण गर्न परिवारका सबै सदस्यको केवाईसी अनिवार्य, अनलाइनबाटै विवरण अद्यावधिक गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमा नवीकरण गर्ने क्रममा अब बीमामा आबद्ध परिवारका सबै सदस्यको व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले बीमा अभिलेखलाई व्यवस्थित बनाउने र वास्तविक बीमितको पहिचान सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको हो ।नयाँ व्यवस्थाअनुसार परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक नगरेसम्म स्वास्थ्य बीमा नवीकरण प्रक्रिया अघि बढाउन पाइने छैन । स्वास्थ्य बीमा ...

आइसिटी समाचार
बिवाईडीले विशिष्ट शैलीको दुई ढोका भएको माइक्रोकारको डिजाइन पेटेन्ट प्राप्त गर्यो
TechnologyJust now

बिवाईडीले विशिष्ट शैलीको दुई ढोका भएको माइक्रोकारको डिजाइन पेटेन्ट प्राप्त गर्यो

चिनियाँ अटो जायन्ट बिवाईडीले २-ढोका भएको ‘माइक्रोकार’ (सानो कार) को डिजाइन पेटेन्ट प्राप्त गरेको छ। यसले कम्पनीको साना कारहरूको डिजाइन दिशाबारे नयाँ संकेत दिएको भए तापनि, यसको उत्पादन योजना भने अझै स्पष्ट छैन। चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासनद्वारा गत मंगलबार प्रकाशित एक दस्तावेजका अनुसार, १८ डिसेम्बर २०२५ मा दर्ता गरिएको उक्त पेटेन्टमा बिवाईडीलाई पेटेन्ट धनीका रूपमा उल्लेख गरिएको छ। यसको आवेदन नम्बर ...

टेक्नोलोजी खबर
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
TechnologyJust now

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलोपटक प्रक्षेपण टावरको विशेष संरचनाको सहायताले सुरक्षित रूपमा अवतरण गरेको छ। शुक्रबार दिउँसो अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको स्टारबेस केन्द्रबाट उडान भरेको स्टारसिप शनिबार स्थानीय समयअनुसार दिउँसो करिब ३ः२० बजे पुनः प्रक्षेपणस्थलमा फर्किएको थियो। करिब २२ घण्टा ३० मिनेट अन्तरिक्षमा बिताएपछि यान सुरक्षित ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play