काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । काठमान्डु र पोखराबीचको खेलमा टस जितेपछि काठमान्डुका कप्तानले पहिले बलिङ गर्ने निर्णय गर्नुभएको हो । पोखरा एभेन्जर्सका लागि यस सिजनको यो अन्तिम खेल हो । समूह चरणको अन्तिम स्थानमा रहेको पोखरा आज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । यता काठमान्डु भने यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । आजको खेलका लागि काठमान्डुले टोलीमा चार खेलाडी परिवर्तन गरेको छ । आदिल आलम, साहिल पटेल, साम हिजलेट र दुशान हेमन्थाको स्थानमा क्रमशः सुमित महर्जन, सोनु देवकोटा, स्मित पटेल र विल बोसिस्टोलाई टोलीमा समावेश गरिएको छ । यस्तै, पोखराले पनि टोलीमा तीन परिवर्तन गरेको छ । सागर ढकाल, अर्जुन घर्ती र किरण ठगुन्नाको स्थानमा विपिन आचार्य, विवेक रानामगर र दिनेश खरेलले मौका पाएका छन् ।
काठमान्डु गोर्खाजले टस जित्यो, पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






