Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

चितवनमा पनि धुमधामका साथ मनाइँदैछ छठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा पनि धुमधामका साथ मनाइँदैछ छठ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तराईबासीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ चितवनमा पनि धुमधामका साथ मनाइएको छ । छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा सूर्यदेवको पूजा आराधना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो। चार दिनसम्म मनाइने छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा विशेष चहलपहल देखिएको थियो । भक्तजनहरूले नदी किनारमा पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । केही वर्षअघिसम्म तराईबासी समुदायले मुख्य रूपमा मनाउने गरेको छठ पर्व अहिले सबै जातजाति तथा विभिन्न धर्मावलम्बीहरूले समेत मनाउन थालेको तराई सामुदायिक सेवा समिति चितवनका उपाध्यक्ष नारदप्रसाद परियारले बताए । उनले छठ पर्वको छुटै धार्मिक तथा सांस्कृतिक महत्व रहेको बताए । छठ पर्व ४ दिन लगातार चल्ने र छठ पर्व पौराणीक काल देखि हुँदै आएको र यस पर्व सन्तानको दिर्घायु सुस्वनस्थ्य र सम्पुर्ण परिवारको उन्नती प्रगतीको गरिदै आएको उनले बताए । भक्तजनहरूको सहजताका लागि करिब तीन सय मिटर लम्बाइ र ८० मिटर चौडाइको टेन्ट निर्माण गरी बस्न तथा पूजा गर्न आवश्यक व्यवस्था मिलाइएको तराई सेवा समिति चितवनका अध्यक्ष जयकिशोर पाण्डेले बताए । उनले छठ पूजा स्थल निर्माण तथा व्यवस्थापनको काम दाताहरूको सहयोगमा गरिएको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमान्डु गोर्खाजले टस जित्यो, पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने
Latest NewsJust now

काठमान्डु गोर्खाजले टस जित्यो, पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । काठमान्डु र पोखराबीचको खेलमा टस जितेपछि काठमान्डुका कप्तानले पहिले बलिङ गर्ने निर्णय गर्नुभएको हो । पोखरा एभेन्जर्सका लागि यस सिजनको यो अन्तिम खेल हो । समूह चरणको अन्तिम स्थानमा रहेको पोखरा आज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा ...

हिमालय टाइम्स
पोखराविरुद्ध टस जितेर काठमाडु पहिले बलिङ गर्दै
Latest NewsJust now

पोखराविरुद्ध टस जितेर काठमाडु पहिले बलिङ गर्दै

काठमाडौँ, कात्तिक २९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।काठमाडुका... ...

गोरखापत्र
संसारभर ‘डिजिटल डकैती’
Latest NewsJust now

संसारभर ‘डिजिटल डकैती’

बैंकको ढोका फुटाएर पैसा चोर्नु पर्दैन, भल्टमा विस्फोट गराउनु पर्दैन, सुरक्षाकर्मीमाथि गोली चलाउनु पनि पर्दैन। कम्प्युटर प्रणालीभित्रको एउटा कमजोरी पहिचान गरे पुग्छ, अर्बौँ डलर बराबरका डिजिटल सम्पत्ति क्षणभरमै अर्को ठेगानामा पुग्न सक्छन्। अक्टोबर २९, २०२६ मा विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार मञ्चमध्ये एक बाइनान्समा भएको साइबर आक्रमणले यही कठोर वास्तविकता देखाएको छ। कम्पनीका हट वालेटबाट करिब ६ अर्ब ३४ करोड अमेरिकी डलर ...

नेपालन्युज
विदेश भ्रमणमा मन्त्री र सांसदको लर्को, उपलब्धि के ?
Latest NewsJust now

विदेश भ्रमणमा मन्त्री र सांसदको लर्को, उपलब्धि के ?

काठमाडौँ । विदेश भ्रमणमा सांसद र मन्त्रीहरूको लर्को लागेको छ । संसद् अधिवेशन बन्द रहेको अवस्था र चाडपर्वको अवसर पारेर सांसद तथा मन्त्रीहरू औपचारिक/अनौपचारिक रूपमा विदेश भ्रमणमा गएका हुन् ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play