Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कंगोमा इबोला खोपको परीक्षण सुरु

कंगोमा इबोला खोपको परीक्षण सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
कंगोमा इबोला खोपको परीक्षण सुरु

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले इबोला रोगको फैलावट नियन्त्रण गर्ने प्रयासस्वरूप नयाँ खोपको परीक्षण सुरु गरेको घोषणा गरेका छन् ।परीक्षणबाट खोपको सुरक्षा र प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै यसको प्रयोगका लागि उपयुक्त समूह पहिचान गरिनेछ । परीक्षणका विभिन्न चरणमा खोपका सम्भावित दुष्प्रभावसमेत निगरानी गरिनेछ । विशेषज्ञहरूले परीक्षण सुरु हुँदैमा खोप सामान्य प्रयोगका लागि स्वीकृत भएको वा यसको प्रभावकारिता प्रमाणित भइसकेको अर्थ नलाग्ने स्पष्ट पारेका छन् । खोपको प्रभावकारिताबारे निष्कर्ष निकाल्न क्लिनिकल अध्ययनका विभिन्न चरणमा सङ्कलन गरिएको तथ्याङ्क विश्लेषण गर्नुपर्नेछ । स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितको पहिचान र निगरानी, बिरामीलाई अलग राख्ने, उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी तथा जनचेतनामूलक अभियानलाई निरन्तरता दिइरहेका छन् । भाइरसको प्रसार नियन्त्रण गर्न यी उपाय महत्त्वपूर्ण मानिन्छन् । साथै, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ । कंगोले गत मे महिनाको मध्यतिर इबोला प्रकोप घोषणा गरेको थियो । इबोला अत्यन्त घातक रोग हो, जसले विगत ५० वर्षमा अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । नयाँ खोपको परीक्षणलाई प्रकोप नियन्त्रणका लागि भइरहेका प्रयासको एउटा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते, राजमार्ग अवरुद्ध
ताजा खबरJust now

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते, राजमार्ग अवरुद्ध

चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्।  मंगलबार बिहान पौने ९ बजेतिर चितवनको इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किएका हुन्। सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक ... ...

नेपालखबर
बाढीले क्षतिग्रस्त बनाएको इँवाखोला पाँच महिनादेखि ठप्प
ताजा खबरJust now

बाढीले क्षतिग्रस्त बनाएको इँवाखोला पाँच महिनादेखि ठप्प

ताप्लेजुङ, कात्तिक १० गते । खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको इँवाखोला जलविद्युत आयोजनाको उत्पादन पाँच महिनादेखि ठप्प रहेको छ । ताप्लेजुङ र पाँचथरको सिमानास्थित इन्द्रवती खोलाब... ...

गोरखापत्र
ललितपुरको छम्पीमा ट्रक दुर्घटना हुँदा ५ वटा राँगा मरे
ताजा खबरJust now

ललितपुरको छम्पीमा ट्रक दुर्घटना हुँदा ५ वटा राँगा मरे

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–९ छम्पी स्थित होली ट्याम्पलमा राँगा बोकेको ट्रक दुर्घटना भएको छ । छम्पीबाट भैंसेपाटीतर्फ जाँदै गरेको ना.५ ख ३९२० नम्बरको ट्रक सडक किनारामा दुर्घटना हुँदा ५ वटा... ...

रातोपाटी
इजरायलमा आम निर्वाचन : नेतान्याहुलाई चुनौती दिँदै आइजेनकोट
ताजा खबरJust now

इजरायलमा आम निर्वाचन : नेतान्याहुलाई चुनौती दिँदै आइजेनकोट

काठमाडौं । इजरायलमा अक्टोबर २७ अर्थात आज हुने आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चुनौती दिने प्रमुख विपक्षी नेताका रूपमा गादी आइजेनकोट उदाएका छन् । लामो समय इजरायली सेनामा बिताएका आइजेनकोट पछिल्लो समय राजनीतिमा सक्रिय छन् । उनी नेतान्याहुको विकल्प खोजिरहेका मतदातामाझ प्रभावशाली उम्मेदवारका रूपमा प्रस्तुत भइरहेका छन् । उनले मध्यमार्गी पार्टी ‘याशर’को नेतृत्व गरेका छन् । आइजेनकोटका लागि सबैभन्दा ठूलो राजनीतिक ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play