Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की। पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ। औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो। पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो। सो क्रममा विभिन्न चार प्रकारका लागू औषध सञ्चालिकाको साथबाट बरामद गरिएको थियो। प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप–पी (कोडिन) छ हजार ४ सय चक्की, प्रेगाबालिन ४ सय ५० चक्की, लोराजेपाम १ सय ५० चक्की र क्लोर्डियाजेपोक्साइड १ सय ६० चक्की बरामद गरिएको छ। ‘लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ। सोही क्रममा ठूलो परिणामको लागुऔषध फेला पर्यो। औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै लागुऔषधजन्य औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ,’ पासवानले भने। पक्राउ परेकी औषधि पसलका सञ्चालिका माथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटनै लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो। प्रहरीले त्यस्ता औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउने गरेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

यमनमा पुनः चर्कियो द्वन्द्व
ताजा खबरJust now

यमनमा पुनः चर्कियो द्वन्द्व

साउदी अरब। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ। साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन्। इरान समर्थित हुथी विद्रोहीहरूले पछिल्लो समय साउदी अरबमाथि निरन्तर आक्रमण गर्दै आएका छन्। साउदी नागरिक सुरक्षा निकायका अनुसार सम्भावित खतराबारे सर्वसाधारणलाई सचेत ...

नेपालन्युज
बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो
ताजा खबरJust now

बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो

काठमाडौं । बडादशैँको बिदा सकिन लागेसँगै दसैँ मनाउन गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण काठमाडौं उपत्यका फर्किन थालेका छन्। राजधानी भित्रिने प्रमुख नाकाहरूमा यात्रुवाहक सवारीसाधन र यात्रुको चाप बढेको छ। काठमाडौं भित्रिने प्रमुख नाका कलङ्की, कोटेश्वर, बालाजु तथा भक्तपुरको जगाती क्षेत्रमा आइतबारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय खुल्न थालेसँगै राजधानी फर्किनेको चाप बढेको हो। विजयादशमीका दिनदेखि मान्यजनको हातबाट टीका, ...

लुम्बिनी सञ्चार
मृत्युदण्डको कानुन ल्याउने बमकाण्ड
ताजा खबरJust now

मृत्युदण्डको कानुन ल्याउने बमकाण्ड

६ असार २०४२, दिउँसो करिब साढे एक बजे। सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतको ग्यालरी बैठक भवनमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नाम टिपाउने क्रम चलिरहेको थियो। अघिल्लो दिन राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेका थिए। त्यही सम्बोधनमा प्रस्तुत नीति तथा कार्यक्रमबारे बोल्न चाहने सदस्यहरू आफ्नो नाम लेखाउन भवनमा पुगेका थिए। राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंह पनि नाम लेखाउन पुगेका थिए। उनीसँगै जाजरकोटबाट ...

नेपालन्युज
‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन
ताजा खबरJust now

‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन

तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए । ‘अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play