औषधि आयात–निर्यातसम्बन्धी सेवा अब अनलाइनबाटै, राष्ट्रिय एकद्वार प्रणाली सुरु

काठमाडौं । औषधि आयात तथा निर्यातसम्बन्धी विभिन्न सेवा अब नेपाल राष्ट्रिय एकद्वार प्रणाली (NNSW) मार्फत अनलाइनबाटै लिन सकिने भएको छ । औषधि व्यवस्था विभागले औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादनमा प्रयोग हुने सामाग्रीको निकासी तथा पैठारीसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र र प्रमाणपत्र जारी गर्ने प्रक्रियालाई डिजिटल बनाउन बिहीबारदेखि नयाँ प्रणाली सञ्चालनमा ल्याएको हो ।औषधि व्यवस्था विभागको बिजुलीबजारस्थित कार्यालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक भरत भट्टराईको अध्यक्षता तथा भन्सार विभाग
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

एप्पलको अक्टोबर २८ मा ‘प्रो एन्ड टेल’ कार्यक्रम घोषणा, यी डिभाइसहरु आउनसक्ने
एप्पलले बुधबार, अक्टोबर २८ मा नयाँ उत्पादनहरूको दोस्रो शृङ्खला सार्वजनिक गर्नेछ। अक्टोबर १३ को “वेलकम होम” घोषणाजस्तै, “प्रो एन्ड टेल” (Pro and Tell) पनि एप्पलको परम्परागत कार्यक्रम हुनेछैन; यद्यपि, केही सञ्चारकर्मीहरूलाई नयाँ डिभाइसहरू प्रत्यक्ष रूपमा चलाएर हेर्नका लागि लस एन्जलसमा आमन्त्रित गरिएको छ। लस एन्जलसमा आमन्त्रित नभएकाहरूले अक्टोबर २८ मा जारी हुने प्रेस विज्ञप्तिमार्फत उत्पादनसम्बन्धी घोषणाहरू थाहा पाउन सक्नेछन्। एप्पलले ‘प्यासिफिक ...

एनपीएल थप प्रविधिमैत्री बन्दै, खेलमा डीआरएस प्रणाली प्रयोग गरिने
काठमाडौं । कीर्तिपुर मैदानमा कात्तिक ९ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को प्रयोग हुने भएको छ ।नेपाल प्रिमियर लिगको अफिसियल फेसबुक पेजमार्फत यस पटकको एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो ।यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा ...

वनप्लस एस ७ सिरिज चाँडै सार्वजनिक हुँदै, गुगल प्लेमा देखियो
प्रमुख चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ‘वनप्लस’ले छिट्टै नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गर्न सक्छ। ‘वनप्लस एस ७’ (OnePlus Ace 7) सिरिजमा आधारभूत मोडेलका साथै ‘प्रो’ भेरियन्ट-‘वनप्लस एस ७ प्रो’ (OnePlus Ace 7 Pro) समावेश हुने अपेक्षा गरिएको छ। यद्यपि, वनप्लसले आधिकारिक रूपमा यस सिरिजको पुष्टि गरिसकेको छैन। ‘वनप्लस एस ७’ र ‘वनप्लस एस ७ प्रो’ गुगल प्लेको समर्थित डिभाइसहरूको सूचीमा देखिएका छन्। ‘वनप्लस ...


