Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

ओलीको नजरमा जेनजी आन्दोलनका घटना रहस्यमय, भने- ‘२३ गते त्यत्रा मान्छे कसले मार्‍यो ?’

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलीको नजरमा जेनजी आन्दोलनका घटना रहस्यमय, भने- ‘२३ गते त्यत्रा मान्छे कसले मार्‍यो ?’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति भवनको सुरक्षा गर्न नसकेको विषयमा नेपाली सेनाले नै जवाफ दिनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले जेनजी आन्दोलनका क्रममा भएका केही घटना रहस्यमय रहेको टिप्पणी गरे। आन्दोलनका नाममा राष्ट्रका ऐतिहासिक संरचनामा आगजनी भए पनि त्यसबारे उचित छानबिन नभएको भन्दै उनले असन्तुष्टि जनाए। ‘२३ गते त्यत्रा मान्छे कसले मार्‍यो ?’ भन्दै प्रश्न गरेका ओलीले अर्को दिन आगजनी गर्न स्कुले विद्यार्थीलाई झोला बोकाएर ल्याइएको आरोप लगाए। तत्कालीन सभापति शेरबहादुर देउवालाई घरमै पुगेर कुटपिट गरिँदासमेत राज्यको उपस्थिति नदेखिनु लज्जास्पद भएको उनको भनाइ थियो। भदौ २४ गते राष्ट्रपति निवासको सुरक्षामाथि प्रश्न उठाउँदै उनले बाहिर आगजनी गर्न दिने तर भित्र राष्ट्रपति बस्नुपर्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरे। राष्ट्रपति निवासको सुरक्षा गर्न नसकिएको विषयमा सेनाले जवाफ दिनुपर्ने र भैरवनाथ गणमा राष्ट्रपतिलाई राख्दैमा सुरक्षा सुनिश्चित नहुने उनले बताए। ओलीले राजनीतिलाई व्यवस्थित बनाउन र समाजलाई सही दिशामा अघि बढाउन राजनीतिक दल अपरिहार्य रहेको बताए। कुनै पनि तहमा निर्दलीय शासन सम्भव नहुने उल्लेख गर्दै उनले संविधान र लोकतन्त्र मिचिने अवस्था सिर्जना भएको टिप्पणी गरे। अहिले राजनीतिक दललाई अस्वीकार गर्ने, भीडतन्त्रबाट राज्य सञ्चालन गर्न खोज्ने तथा पपुलिस्ट र अराजक प्रवृत्ति बढिरहेको उनको भनाइ थियो। एमाले टिकट बेच्ने पार्टी नभएको दाबी गर्दै ओलीले उम्मेदवार छनोट निश्चित प्रक्रिया र मापदण्डका आधारमा हुने बताए। आर्थिक लेनदेन वा अनुचित तरिकाबाट टिकट वितरण हुने गरेको आरोप अस्वीकार गर्दै उनले एमाले अवाञ्छित गतिविधिबाट लाभ लिने पार्टी नभएको जिकिर गरे। यसैगरी, संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्नु एमालेको पहिलो कार्यभार भएको ओलीले बताएका छन्। राष्ट्रिय भेलामा पार्टीका तत्कालीन दुई कार्यभार र गर्नुपर्ने १५ कामबारे चर्चा गर्दै उनले एमाले निर्वाचनमा पराजित भएको नभई धक्का खाएर अपदस्थ भएको दाबी गरे। नियमित र स्वाभाविक निर्वाचनमा हारजित स्वीकार गर्नुपर्ने भए पनि गत फागुनको निर्वाचन त्यस्तो नभएको उनको आरोप थियो। आगजनी, तोडफोड र हिंसात्मक गतिविधिबाट सत्ता परिवर्तन गरी आतंकपूर्ण वातावरणमा निर्वाचन गराएर परिणाम घोषणा गरिएको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशका स्थानीय तह पनि रास्वपाले ‘क्लिन स्वीप’ गर्नुपर्छ -मन्त्री सुनिल लम्साल
Latest NewsJust now

मधेशका स्थानीय तह पनि रास्वपाले ‘क्लिन स्वीप’ गर्नुपर्छ -मन्त्री सुनिल लम्साल

काठमाडौं । सङ्घीय सरकारका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले आगामी स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका सबै स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गर्नुपर्ने बताएका छन् । रास्वपा जनकपुरधाम नगर कमिटीले बुधबार जनकपुरमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले मधेशमा पार्टीले ‘क्लिन स्वीप’ गर्ने लक्ष्य राख्नुपर्ने बताएका हुन् । उनले पार्टीका समर्थक तथा कार्यकर्तालाई कसैसँग डराउनुपर्ने अवस्था नरहेको उल्लेख ...

केन्द्रबिन्दु
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय हित संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता आवश्यक रहेको बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)ले बुधबार आयोजना गरेको ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा : नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनार उद्घाटन गर्दै उनले बदलिँदो विश्व परिवेशमा कूटनीतिज्ञहरू राष्ट्रिय हित र रणनीतिक क्षमतामा ...

केन्द्रबिन्दु
भारतीय कप्तानमाथि रङ्गभेदी व्यवहार गरेको आरोपमा प्यालेस्टाइनी खेलाडीविरुद्ध उजुरी
Latest NewsJust now

भारतीय कप्तानमाथि रङ्गभेदी व्यवहार गरेको आरोपमा प्यालेस्टाइनी खेलाडीविरुद्ध उजुरी

क्वालालम्पुर । एएफसी यू–१७ एसियन कप २०२७ को छनोट प्रतियोगिताका क्रममा प्यालेस्टाइनी खेलाडीले भारतीय कप्तानमाथि रङ्गभेदी सङ्केत गरेको आरोप लगाउँदै भारतीय फुटबल निकायले एसियाली फुटबल महासङ्घ (एएफसी) मा उजुरी दर्ता... ...

रातोपाटी
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
Latest NewsJust now

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाल भौगर्भिक समाजद्वारा यहाँ आयोजित भौगर्भिक सम्मेलनमा उहाँले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भौगर्भिक अवस्थाको वैज्ञानिक अध्ययन गर्नुपर्नेमा जोड दिए। उहाँले भौगर्भिक विशिष्टताका कारण नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट तथा भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै यस्ता ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play