Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय हित संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता आवश्यक रहेको बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)ले बुधबार आयोजना गरेको ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा : नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनार उद्घाटन गर्दै उनले बदलिँदो विश्व परिवेशमा कूटनीतिज्ञहरू राष्ट्रिय हित र रणनीतिक क्षमतामा केन्द्रित हुनुपर्ने बताए। उनले प्रभावकारी कूटनीतिको सुरुआत आफ्नो देश, समाज, संस्कृति, सबल पक्ष र सीमिततालाई गहिरोसँग बुझ्नबाट हुने बताए। ‘आफू, आफ्नो समुदाय र आफ्नो देशलाई राम्ररी नबुझीकन विश्वसामु मुलुकको प्रभावकारी प्रतिनिधित्व गर्न सकिँदैन,’ उनले भने। नेपाल प्राचीन सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै खनालले नेपालको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिए। हिमाल, पहाड र तराईका समुदाय, किसान, उद्यमी, युवा तथा श्रमिकका आकांक्षा र अपेक्षा बुझ्न सक्ने कूटनीतिज्ञ आवश्यक रहेको उनको भनाइ छ। प्रमाणमा आधारित विश्लेषण, समस्या समाधान गर्ने आलोचनात्मक सोच, संकटअनुसार अनुकूल हुन सक्ने क्षमता, विभिन्न संस्कृति र समुदायका सरोकार बुझ्ने सहानुभूति तथा सहकार्यको सीप कूटनीतिका लागि महत्त्वपूर्ण रहेको उनले बताए। तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा नयाँ ज्ञान र सीप हासिल गर्न नसक्ने व्यक्ति तथा संस्था पछाडि पर्ने भन्दै मन्त्री खनालले युवा कूटनीतिज्ञलाई अंग्रेजी, चिनियाँ र अरबीजस्ता विश्व भाषासँगै नयाँ विषय र विधामा दक्षता हासिल गर्न आग्रह गरे। भगवद्गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने सन्देश उल्लेख गर्दै उनले कूटनीति र राष्ट्र निर्माणमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए। युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा पेसाकर्मीलाई सरकार, अनुसन्धान र पैरवीका विभिन्न क्षेत्रमा रहेर नेपालको कूटनीतिक समुदायको अभिन्न अंगका रूपमा सक्रिय योगदान गर्न उनले आह्वान गरे। कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले अन्तर्राष्ट्रिय सम्बन्धमा प्रविधि, जलवायु परिवर्तन, आर्थिक अन्तरनिर्भरता, आप्रवासन, ऊर्जा रूपान्तरण तथा बदलिँदो भू–राजनीतिक समीकरणले नयाँ चुनौती र अवसर सिर्जना गरेको बताइन्। विश्वव्यापी परिवर्तनलाई समयमै बुझेर नेपालको राष्ट्रिय हित र परराष्ट्र नीतिको प्राथमिकतासँग जोड्न युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा नीतिनिर्माताको क्षमता अभिवृद्धि आवश्यक रहेको उनले बताइन्। कूटनीति राज्य र परम्परागत कूटनीतिक संस्थामा मात्र सीमित नरही व्यक्ति, संस्था, सञ्जाल तथा गैरराज्य पक्षको भूमिकासमेत महत्त्वपूर्ण बन्दै गएको उनको भनाइ थियो। दिनभर सञ्चालन हुने सेमिनारमा प्रविधि, डिजिटल रूपान्तरण र कूटनीतिको भविष्य, जलवायु, ऊर्जा र बदलिँदो विश्व व्यवस्थामा नेपालको स्थान तथा आप्रवासन, आवागमन र नेपालको विश्वव्यापी सहभागिताबारे विषयगत सत्रमा समूहगत छलफल गरिनेछ। विश्वविद्यालयका विद्यार्थी, युवा कूटनीतिज्ञ, सरकारी कर्मचारी, अनुसन्धानकर्ता तथा युवा पेसाकर्मीबीच विचार आदानप्रदान र नीतिगत संवादको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा निर्वाचन आयोगका निर्वाचन आयुक्त राजीव सुब्बा, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्रका व्यक्तित्व तथा युवा पेसाकर्मी सहभागी थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र निरन्तर सिक्ने क्षमता आवश्यक : परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र निरन्तर सिक्ने क्षमता आवश्यक : परराष्ट्रमन्त्री खनाल

उनले प्रभावकारी कूटनीतिको सुरुआत आफ्नै देश, समाज, संस्कृति र सबल पक्षलाई गहिरोसँग बुझ्नबाट हुने स्पष्ट पारे। ...

हाम्राकुरा
स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग
Latest NewsJust now

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग

काठमाडौँ । गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गरेको छ । अभियानले सो निर्वाचनका लागि आवश्यक कानुनी व्यवस्था गर्न समेत निर्वाचन आयोगसँग माग गरेको... ...

रातोपाटी
प्रोटोन ई.मास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड
Latest NewsJust now

प्रोटोन ई.मास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड

काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा आयोजित कार्यक्रममा ई.मास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको हो। यस उपलब्धिले ई.मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रति प्रोटोनले दिएको प्राथमिकतालाई उजागर गरेको कम्पनीले जनाएको छ। ई.मास ७ मा विभिन्न सडक ...

कर्पोरट खबर
मधेशका स्थानीय तह पनि रास्वपाले ‘क्लिन स्वीप’ गर्नुपर्छ -मन्त्री सुनिल लम्साल
Latest NewsJust now

मधेशका स्थानीय तह पनि रास्वपाले ‘क्लिन स्वीप’ गर्नुपर्छ -मन्त्री सुनिल लम्साल

काठमाडौं । सङ्घीय सरकारका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले आगामी स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका सबै स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गर्नुपर्ने बताएका छन् । रास्वपा जनकपुरधाम नगर कमिटीले बुधबार जनकपुरमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले मधेशमा पार्टीले ‘क्लिन स्वीप’ गर्ने लक्ष्य राख्नुपर्ने बताएका हुन् । उनले पार्टीका समर्थक तथा कार्यकर्तालाई कसैसँग डराउनुपर्ने अवस्था नरहेको उल्लेख ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play