Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाल भौगर्भिक समाजद्वारा यहाँ आयोजित भौगर्भिक सम्मेलनमा उहाँले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भौगर्भिक अवस्थाको वैज्ञानिक अध्ययन गर्नुपर्नेमा जोड दिए। उहाँले भौगर्भिक विशिष्टताका कारण नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट तथा भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै यस्ता जोखिमबाट हुने क्षति घटाउन वैज्ञानिक अनुसन्धान, पूर्वतयारी र जोखिम पहिचान आवश्यक रहेको बताए। हिमालय क्षेत्रको भूविज्ञानलाई विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनसँग जोडेर तदनुरुप विकास–निर्माणका योजना कार्यान्वयन गर्नु उनको कथन थियो । नेपालको संविधानले स्वच्छ वातावरणको हक र प्राकृतिक स्रोतको दिगो उपयोगलाई महत्व दिएको उल्लेख गर्दै उहाँले संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीति निर्माणमा जोड दिए। समाजका अध्यक्ष भाष्कर खतिवडाले हिमालय क्षेत्रको भौगर्भिक अवस्था, भूविज्ञानसम्बन्धी अनुसन्धान, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको व्यवस्थापन र पर्वतीय क्षेत्रको दिगो विकासबारे अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको बताए। आगामी शनिबार समापन हुने सम्मेलनमा २७ देशका ३५० भन्दा बढी भौगर्भिक क्षेत्रका अनुसन्धानकर्ता तथा जानकार सहभागी छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र निरन्तर सिक्ने क्षमता आवश्यक : परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच र निरन्तर सिक्ने क्षमता आवश्यक : परराष्ट्रमन्त्री खनाल

उनले प्रभावकारी कूटनीतिको सुरुआत आफ्नै देश, समाज, संस्कृति र सबल पक्षलाई गहिरोसँग बुझ्नबाट हुने स्पष्ट पारे। ...

हाम्राकुरा
स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग
Latest NewsJust now

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग

काठमाडौँ । गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गरेको छ । अभियानले सो निर्वाचनका लागि आवश्यक कानुनी व्यवस्था गर्न समेत निर्वाचन आयोगसँग माग गरेको... ...

रातोपाटी
प्रोटोन ई.मास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड
Latest NewsJust now

प्रोटोन ई.मास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड

काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा आयोजित कार्यक्रममा ई.मास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको हो। यस उपलब्धिले ई.मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रति प्रोटोनले दिएको प्राथमिकतालाई उजागर गरेको कम्पनीले जनाएको छ। ई.मास ७ मा विभिन्न सडक ...

कर्पोरट खबर
मधेशका स्थानीय तह पनि रास्वपाले ‘क्लिन स्वीप’ गर्नुपर्छ -मन्त्री सुनिल लम्साल
Latest NewsJust now

मधेशका स्थानीय तह पनि रास्वपाले ‘क्लिन स्वीप’ गर्नुपर्छ -मन्त्री सुनिल लम्साल

काठमाडौं । सङ्घीय सरकारका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले आगामी स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका सबै स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गर्नुपर्ने बताएका छन् । रास्वपा जनकपुरधाम नगर कमिटीले बुधबार जनकपुरमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले मधेशमा पार्टीले ‘क्लिन स्वीप’ गर्ने लक्ष्य राख्नुपर्ने बताएका हुन् । उनले पार्टीका समर्थक तथा कार्यकर्तालाई कसैसँग डराउनुपर्ने अवस्था नरहेको उल्लेख ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play