ओमानविरुद्ध नेपालको रोमाञ्चक जीत, अंक तालिकाको छैटौं स्थानमा

काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको छ। यो जितसँगै नेपाल ३० अंक जोड्दै अंक तालिकाको शीर्ष ६ स्थानमा उक्लिएको छ । लिग टु मा आफ्नो स्थान सुरक्षित राख्न नेपालका लागि यो खेल जित्नैपर्ने दबाब थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रनको योगफल तयार पारेको थियो । नेपालका लागि पूर्व कप्तान रोहित पौडेलले ८० रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रन बनाए । अन्य ब्याटरहरूमा इशान पाण्डेले २९, बसिर अहमदले १७, करण केसीले ९, आसिफ शेखले ७ र गुल्सन झाले ५ रन जोडे । ओमानका बलर साह फैजलले ५ विकेट लिए । २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । बलिङतर्फ नेपालका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र नन्दन यादवले १-१ विकेट हात पारे ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चुनावअघि नेतान्याहुलाई ट्रम्पको समर्थन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २७ अक्टोबरमा हुने इजरायली संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत नेतान्याहुलाई ‘बलियो, साहसी र प्रतिभाशाली नेता’ भन्दै उनको पुनःनिर्वाचन अभियानलाई पूर्ण समर्थन गर्ने बताएका छन् । नेतान्याहुले ट्रम्पलाई धन्यवाद दिँदै इरानबाट उत्पन्न खतरा अन्त्य गर्न आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै मिलेर काम गर्ने बताएका छन् । सन् २०२३ अक्टोबर ...

दाङका थारूहरुले लगाए गउँल्या टीका
सन्तोष दहितदाङ, कात्तिक २ गते । थारू समुदायले आज आफ्नो मौलिक परम्पराअनुसार दसैँको गउँल्या टीका (सेतो टीका) लगाएका छन् । अष्टमीका दिन ढिक्री पूजा गरेपछि भोलिपल्ट पितृलाई सम्झने, भुइ... ...

कान्तिपुर एक्सप्लेनर : बलिउड स्टारमाथि किन हुन्छ आक्रमण ?
अभिनेता टाइगर श्राफमाथि गोली प्रहारको घटनापछि बलिउड कलाकारको सुरक्षा फेरि चर्चामा आएको छ । विगतमा बलिउडकर्मीमाथि कस्ता आक्रमण भएका छन् र भारतमा जोखिममा रहेका सेलिब्रिटीलाई कसरी सुरक्षा दिइन्छ ? ...

तातोपानी नाकाबाट दुई दिनमा १० कन्टेनर नेपाल भित्रिए
सिन्धुपाल्चोक। यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ । नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको छ । “चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू रोकिएका ...


