तातोपानी नाकाबाट दुई दिनमा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक। यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ । नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको छ । “चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू रोकिएका छन्, अस्थायी रुपमा तीन दिनमात्रै सञ्चालनमा आएको नाकाबाट ती सामान ल्याउन सम्भव छैन, त्यसैले नियमित रुपमा सञ्चालन आवश्यक छ,” उनले भने । महासचिव पराजुलीका अनुसार संघले चीन सरकार र नेपालस्थित चिनियाँ दूताबासलाई ध्यानाकर्षण पत्र बुझाएर नाका निरन्तर सञ्चालनको माग गरिसकेको छ । उनका अनुसार चाडपर्व लक्षित सामान बोकेका कन्टेनरहरू सीमामा रोकिएको छन्, यी सामानहरूमध्ये ठूलो हिस्सा नाशवान् वस्तुहरू, कृषि उत्पादनहरू तथा मौसमी व्यापारिक सामग्रीहरूको रहेको छ, जुन तत्काल बिग्रने जोखिममा छन् । अन्य नाकाहरु सञ्चालन नभईरहेको अवस्थामा दुई देशबीचको व्यापारलाई सहज बनाउन तातोपानी नाका पूर्ण रुपमा सञ्चालन हुन जरुरी भएको उनको भनाइ छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार नाकाबाट आइतबार तीन वटा मालवाहक कन्टेनर भित्रिएका थिए भने आज साँझसम्म सात वटामात्रै कन्टेनर आएका छन् । उनले भने, “कार्गो ट्रकका लागि मात्रै चीनले अनुमति दिएका कारण साना कन्टेनरहरु आउन सकेका छैनन् ।” भित्रिएका कन्टेनरहरुमा फलफूल, जुत्ता, तयारी पोशाक र कृषिजन्य सामग्रीहरु रहेको उनले जानकारी दिए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

अमेरिकी आप्रवासी हिरासतमा १८औँ मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोद्वारा निन्दा
मेक्सिको सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता आप्रवासी हिरासतमा १८ औँ मेक्सिकन नागरिकको मृत्यु भएपछि मेक्सिको सरकारले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेको छ । मेक्सिकोको... ...

एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : अध्यक्ष गृहेन्द्र घिमिरे
कर्णाली याक्सका अध्यक्ष घिमिरेले सोमबार एक वक्तव्य जारी गर्दै आईसीसीको मान्यताले नेपाली क्रिकेटको समग्र विकास, विस्तार र घरेलु प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । ...

पोखरा-जोमसोम हवाई सेवा स्थगित
मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ । मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् । जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार अघिल्लो ...

न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई कोकिन तस्करीमा साढे ५ वर्ष जेल सजाय सुनाइयो
न्युजिल्यान्डमा एक नेपाली विद्यार्थीलाई कोकिन तस्करी मुद्दामा अदालतले जेल सजाय तोकेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यार्थी भिसामा न्युजिल्यान्ड पुगेका नेपाली विद्यार्थी २७ वर्षीय अनुराग मास्केलाई त्यहाँको पुनरावेदन अदालतले ५ वर्ष ७ महिना जेल सजाय कायम गरेको हो। कोकिन आयातसम्बन्धी मुद्दामा मास्केलाई गत वर्षको मार्चमा अकल्यान्ड जिल्ला अदालतले ... ...


