एसिया कपमा छनोट हुने नेपाली टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त पुरस्कार राशि सार्वजनिक गरेका हुन्। नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको थियो। अध्यक्ष चन्दले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै सरकारले पनि टोलीका लागि उचित पुरस्कारको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। सोही अवसरमा अध्यक्ष चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिँदै खेलकुद र देशको अर्थतन्त्र चलायमान बनाउन लिगले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले कठिन परिस्थितिमा पनि विभिन्न निकायबीचको समन्वयमा प्रतियोगिता आयोजना गरिएको बताए। साथै, एनपिएलको वित्तीय पारदर्शिता र अडिट प्रक्रियामा अघिल्लो संस्करणको तुलनामा उल्लेख्य सुधार भएको उनले जानकारी दिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एनपीएल हेर्न १० सहरमा एक्स्ट्रिमको फ्यान जोन
एनपीएलका खेल फ्यान जोनमा राखिएका ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिने र प्रवेश पूर्ण रूपमा निःशुल्क हुने कम्पनीले जनाएको छ । ...

बर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित, प्रशिक्षक क्यारिकमाथि दबाब
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० गोलले पराजित भएको छ । आइतबार ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले कमजोर प्रदर्शन गर्दा बर्नमाउथले सहज जित निकालेको... ...

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा
बाँके। राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरका अनुसार कुनै समय गाउँभरि खसीबाख्राका बथान देखिने गरे पनि अहिले १०० वटा बाख्रा पुर्याउनसमेत मुस्किल छ। कोहलपुर–७ वनखेतका युवराज गिरी पनि दाना र घाँसको महँगी तथा चरन क्षेत्रको अभावका कारण व्यवसायलाई निरन्तरता दिने कि छाड्ने भन्ने दोधारमा छन्। सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका सदस्य महेन्द्र शाहीका अनुसार राष्ट्रिय वन क्षेत्रमा बाघ र चितुवाजस्ता ...

खोटाङमा 'दसैँ, तिहार, चेलीलाई उपहार’ अभियान : ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा
• खोटाङ जिल्लामा युवा समूहले 'दसैँ, तिहार, चेलीलाई उपहार' अभियानअन्तर्गत ६४२ छोरीचेलीलाई निःशुल्क मोटरबाइक सेवा प्रदान गरेको छ। • यो अभियान कात्तिक ३ देखि ६ गतेसम्म सञ्चालन गरिएको थियो र तिहारमा पनि जारी रहने योजना छ। • आर्थिक अवस्था कमजोर भएका महिला, बालबालिका र वृद्धालाई लक्षित गर्दै निःशुल्क यातायात सेवा उपलब्ध गराइएको छ। ...


