एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताए । विगतमा सिमित स्रोतसाधन र न्युन पारिश्रमिकका बाबजुद खेलाडीहरूले देशका लागि खेल्दै आएको स्मरण गर्दै उनले पछिल्लो समय खेलाडीलाई विभिन्न प्रतियोगिता र प्रायोजनमार्फत आर्थिक रूपमा सबल बनाउने प्रयास भइरहेको बताए । अध्यक्ष चन्दले सरकारले पनि एशियाली प्रतियोगितामा च्याम्पियन, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार दिने व्यवस्था गर्दै आएको भएपनि पछिल्लो समय केही कारणले खेलाडीले पुरस्कार पाउन नसकेको बताए । उनले क्रिकेटलाई प्राथमिकतामा राखेर पुरस्कारसम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गरे । उनकाअनुसार नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरिरहेको छ । नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता थप चार वर्षका लागि कायम राखेको र दोस्रोपटक एशिया कपमा छनोट भएको उल्लेख गर्दै उनले एकदिवसीय विश्वकप खेल्ने लक्ष्य हासिल गर्न खेलाडीहरू प्रयासरत रहेको बताए । चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेटलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै नेपालमै प्लेअफ क्वालिफायर आयोजना गर्ने अवसर पाउनु विश्वकपसम्म पुग्ने यात्राको एउटा महत्वपूर्ण कडी भएको बताए । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबारे बोल्दै उनले प्रतियोगिता हरेक वर्ष थप व्यवस्थित र आकर्षक बन्दै गएको बताए । गभर्निङ काउन्सिल, क्यानका पदाधिकारी, जिल्ला तथा प्रदेश क्रिकेट संघ, सञ्चारमाध्यम, प्रायोजक र आठवटै फ्रेन्चाइज टोलीका मालिकहरूको योगदानले एनपीएल नेपाली क्रिकेटको ब्रान्डका रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ । उनले एनपीएलमा उत्कृष्ट खेलाडीहरूको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लगायतका प्रविधिको प्रयोग र आर्थिक कारोबारको विस्तारले प्रतियोगिताको स्तर बढाएको बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
गैरआवासीय नेपाली संघ(एनआरएनए)क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्लेले विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरताका लागि राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने माग गरेका छन्। विदेशमा बसोबास गर्दैमा नेपालीले आफ्नो देशप्रतिको माया, जिम्मेवारी र सम्बन्ध नत्याग्ने उल्लेख गर्दै उनले वंशजको नागरिकता निरन्तरताको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा काफ्लेले विदेशमा रहेका नेपालीले शिक्षा, रोजगारी, तालिम तथा अन्य अवसरको खोजीमा देश छाड्नुपरेको ...

सप्तकोशीमा पानीबोट दुर्घटना : तीन जना अझै बेपत्ता
८ कात्तिक, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।… ...

लिफ्टसहितको कुसुन्तीको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने
ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले नेपाल न्यूज बैंकसँगको कुराकानीमा पाँच करोड रुपैयाँ लगानीमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको र करिब दुई महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताइन् । उनका अनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा अन्य पैदलयात्रीलाई सडक वारपार ...

सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला
८ कात्तिक, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा… ...


