एल क्लासिकोमा एम्बाप्पेको निर्णायक प्रदर्शन

लण्डन । किलियन एम्बाप्पेले दुई गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगाको चर्चित भिडन्त एल क्लासिकोमा बार्सिलोनालाई उसकै घरेलु मैदानमा २-१ ले पराजित गरेको छ । आइतबार राती क्याम्प नोउमा भएको खेलमा एम्बाप्पेले ४१औँ र ८७औँ मिनेटमा गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाउनुभयो । यो सिजन लिगमा अपराजित रहेको बार्सिलोना घरेलु समर्थकमाझ पहिलो हार बेहोर्न बाध्य भयो । जितसँगै रियलले अंकतालिकामा आफ्नो स्थिति बलियो बनाएको छ भने बार्सिलोनालाई शीर्ष स्थानमा अग्रता बढाउने अवसरबाट वञ्चित गरेको छ । खेलको पहिलो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि रियलले त्यसको सदुपयोग गर्न सफल भयो । ४१औँ मिनेटमा यान डिओमान्डेको लो क्रस क्लियर गर्ने क्रममा बार्सिलोनाका रक्षक जेरार्ड मार्टिनको शरीरमा लागेको बल एम्बाप्पेसँग ठोक्किएर गोलमा परिणत भएको थियो । त्यससँगै रियलले अग्रता लियो । पहिलो गोलपछि एम्बाप्पेले अर्को उत्कृष्ट अवसर पनि सिर्जना गर्नुभएको थियो । उहाँको प्रहार पोष्टमा लागेर फर्कियो । अर्कोतर्फ बार्सिलोनाका युवा फरवार्ड लामिन यमलले नजिकबाट गोल गर्ने अवसर गुमाउँदा घरेलु टोली पहिलो हाफमै बराबरी गर्नबाट चुक्यो । दोस्रो हाफमा बार्सिलोनाले आक्रामक खेल प्रस्तुत गर्यो । लगातार गोलको प्रयास गरे पनि हान्सी फ्लिकको टोलीले रियलको रक्षापंक्ति तोड्न संघर्ष गर्नुपर्यो । रियलका गोलरक्षक आन्द्रे लुनिनले आधा दर्जनभन्दा बढी प्रहार विफल पार्दै टोलीलाई खेलमा कायम राख्नुभयो । ६१औँ मिनेटमा बार्सिलोनाले बराबरी गोल फर्कायो । पेड्रीको उत्कृष्ट पासमा कप्तान राफिन्हाले पेनाल्टी क्षेत्रभित्रबाट सहज गोल गर्दै खेल १-१ को स्थितिमा पुर्याउनुभयो । त्यसपछि घरेलु टोलीले खेलमा दबाब बढाए पनि गोल गर्न सकेन । खेल बराबरीमा सकिने संकेत देखिएका बेला एम्बाप्पेले निर्णायक प्रहार गर्नुभयो । ८७औँ मिनेटमा जुड बेलिङ्घमले सुरु गरेको आक्रमणलाई वैकल्पिक खेलाडी एडुआर्डो कामाभिङ्गाले चलाखीपूर्ण पासमार्फत् अघि बढाउनुभयो । त्यसमा एम्बाप्पेले सहज गोल गर्दै रियललाई २-१ को अग्रता दिलाउनुभयो । बाँकी समयमा बार्सिलोनाले बराबरी गोल फर्काउन सकेन । रियलका पहिलो रोजाइका गोलरक्षक थिबाउ कोर्टुवा बिरामी भएका कारण खेल्न नसकेपछि लुनिनले पोष्ट सम्हाल्नुभएको थियो । उहाँले उत्कृष्ट बचाउ गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिनुभयो । जितसँगै रियलले बार्सिलोनालाई सन् १९६८-६९ को कीर्तिमान बराबरी गर्नबाट रोकेको छ । उक्त सिजन रियलले लिगको सुरुवातमा लगातार नौ खेल जितेको थियो । यस सिजन बार्सिलोना पनि बराबरी गर्ने लक्ष्यमा थियो । एम्बाप्पेले सन् २०२४ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियल पुगेयता बार्सिलोनाविरुद्ध सात खेलमा आठ गोल गरिसक्नुभएको छ । यो सिजन ला लिगामा उहाँको गोलसंख्या ११ पुगेको छ । राफिन्हा भने १३ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि हुनुहुन्छ । ला लिगामा १० खेलपछि बार्सिलोना २७ अंकसहित शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २५ अंक छ । एजेन्सी
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

भोटेकोशी बाढीको क्षतिमा २१ अर्ब रुपैयाँ बीमा दाबी
काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब अर्थात् २० अर्ब ९० करोड रुपैयाँको बीमा दाबी परेको छ । बीमा प्राधिकरणअनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुर्ई हजार चार सय २७ बीमितबाट उक्त दाबी परेको हो । उक्त बीमा दाबीमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ । प्राधिकरणको ...

ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । उक्त पछिल्लो अवार्डसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको ...

एनपिएलको टेलिकम पार्टनरमा एनटिसी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन-३ (एनपिएल-३) प्रतियोगितामा नेपाल टेलिकम(एनटिसी) अफिसियल टेलिकम पार्टनर रहने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमतर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन-३ को आयोजक नेपाल क्रिकेट संघ(क्यान) तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमतर्फबाट ...

एनपीएलले नेपाललाई खेल पर्यटनको रूपमा चिनाउछ: मन्त्री पोखरेल
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने बताएका छन्। सोमबार साँझ एनपीएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प... ...


