Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनमा २७ करोड डलरका एआई सर्भर राखेको अभिलेखबाट खुलासा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनमा २७ करोड डलरका एआई सर्भर राखेको अभिलेखबाट खुलासा
Photo / Coverage: टेक्नोलोजी खबर

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँगको सम्बन्धका कारण चर्चामा आएकी चिनियाँ व्यवसायी एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनका ठूला एआई डेटा सेन्टरका लागि आवश्यक शक्तिशाली कम्प्युटिङ उपकरण धितो राखेर वित्तीय स्रोत जुटाएको पाइएको छ। रोयटर्सले समीक्षा गरेका यसअघि सार्वजनिक नभएका अभिलेखमा यस्तो विवरण भेटिएको हो। चीनको केन्द्रीय बैंकका कागजातमा २७ करोड डलर मूल्यका ७६४ वटासम्म एआई सर्भर र मोड्युल तथा ती उपकरणलाई ठूलो कम्प्युटिङ नेटवर्कमा जोड्न प्रयोग हुने ३ करोड १० लाख डलर मूल्यका अन्य उपकरण उल्लेख छन्। यीमध्ये अधिकांश हार्डवेयर सांघाईस्थित विशाल डेटा सेन्टरमा रहेको देखाइएको छ। उक्त डेटा सेन्टर चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र सांघाईको सोङजियाङ जिल्ला सरकारबीचको रणनीतिक साझेदारीअन्तर्गत सुरु गरिएको एआई कम्प्युटिङ परियोजनासँग सम्बन्धित छ। अभिलेखअनुसार एलिस हुआङको परिवार र उनीसँग सम्बन्धित व्यक्तिहरूका व्यवसायले चीनको एआई उद्योगलाई वित्तीय सहयोग र उपकरण उपलब्ध गराउन भूमिका खेलेका थिए। यसैबीच, अमेरिकाका अधिकारीहरूले सिंगापुरमा आधारित उनको कम्पनी मेगास्पिडले चिनियाँ ग्राहकलाई प्रतिबन्धित एनभिडिया प्रविधि प्राप्त गर्न सहयोग गरेको थियो कि थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेका थिए। यी व्यवस्थाले चीनको एआई महत्वाकांक्षालाई आवश्यक पर्ने महँगा कम्प्युटिङ पूर्वाधारमा पहुँच प्राप्त गर्न कम्पनीहरूले कसरी वित्तीय स्रोत जुटाउन सक्छन् भन्ने पनि देखाउँछन्। उन्नत प्रोसेसरमा अमेरिकी प्रतिबन्धका कारण चिनियाँ प्रविधि कम्पनीहरूलाई आवश्यक हार्डवेयर जुटाउन कठिन भइरहेको समयमा यस्तो व्यवस्था भएको हो। सोमबार अमेरिकी वाणिज्य मन्त्रालयले मेगास्पिडलाई व्यापार प्रतिबन्ध सूचीमा राखेको थियो। मेगास्पिडले कुनै गलत काम नगरेको दाबी गर्दै एलिस हुआङले सन् २०२५ अगस्टमै कम्पनी छाडेको जनाएको छ। एलिस हुआङ यसअघि एनभिडिया प्रोसेसरको प्रमुख विदेशी खरिदकर्ता मेगास्पिडको नियन्त्रणमा थिइन्। यसै महिनाको सुरुमा पदबाट राजीनामा दिएका एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ ११ दिनपछि पुनः पदमा फर्किएका थिए। उनीसँगको एलिस हुआङको सम्बन्धले चीनसँग एनभिडियाको व्यावसायिक सम्बन्धमाथि थप निगरानी बढाएको छ। तर, यी अभिलेखले सर्भरमा चीनमा निर्यात गर्न प्रतिबन्ध लगाइएका चिपहरू थिए भन्ने पुष्टि गर्दैनन्। साथै, ती उपकरण कहिले र कसरी चीन भित्रिएका थिए भन्ने विवरण पनि देखाउँदैनन्। सयौँ सर्भरका लागि वित्तीय व्यवस्था रोयटर्सका अनुसार वित्तीय स्रोत जुटाउने प्रमुख कम्पनीमध्ये सेन्चुरी लिटोङ पनि थियो। यो एनभिडियाको प्राथमिकताप्राप्त क्लाउड साझेदार हो, जसले ठूलो कम्प्युटिङ क्षमता आवश्यक पर्ने ग्राहकलाई शक्तिशाली सर्भर भाडामा उपलब्ध गराउँछ। वित्तीय अभिलेखअनुसार सन् २०२४ मेदेखि डिसेम्बरसम्म ५ वटा लिज सम्झौतामार्फत ५१२ वटासम्म सर्भरका लागि वित्तीय व्यवस्था गरिएको थियो। ती सर्भरको घोषित मूल्य १ अर्ब ४२ करोड युआन अर्थात् २० करोड डलर थियो। तीमध्ये चारवटा सम्झौतामा सांघाईस्थित याङ्त्से नदी डेल्टा एआई सुपरकम्प्युटिङ सेन्टरमा रहेका उपकरण उल्लेख छन्। यो डेटा सेन्टर परिसरको पूर्वाधार विकासकर्ता सांघाई लङरुई थियो। गेमिङ कम्पनी सेन्चुरी हुआतङको यसअघि लङरुईमा लगानी रहेको थियो। टेन्सेन्टसँग सेन्चुरी हुआतङको करिब १० प्रतिशत सेयर स्वामित्व छ। जिल्ला सरकारको घोषणाअनुसार टेन्सेन्ट र सांघाईको सोङजियाङ जिल्ला सरकारले सन् २०२० मा संयुक्त रूपमा एआई कम्प्युटिङ सेन्टर विकास गर्न रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका थिए। सन् २०२० जुनमा सार्वजनिक सेन्चुरी हुआतङको धितोपत्रसम्बन्धी विवरणमा सांघाई लङरुईलाई उक्त सेन्टर निर्माण र सञ्चालनमा टेन्सेन्टसँग सहकार्य गर्ने पूर्वाधार प्रदायकका रूपमा उल्लेख गरिएको थियो। जेन्सु लेटाल इलेक्ट्रोनिक्सले सन् २०२३ मा सार्वजनिक गरेको विवरणमा याङ्त्से नदी डेल्टा एआई सेन्टरलाई सेन्चुरी लिटोङको सर्भर भाडा व्यवसाय सञ्चालन हुने स्थानका रूपमा उल्लेख गरेको थियो। टेन्सेन्टका एक प्रवक्ताले भने, “टेन्सेन्टले सम्बन्धित डाटा सेन्टर पूर्वाधारको विकास गरेको वा सहविकास गरेको होइन।” प्रवक्ताका अनुसार टेन्सेन्टले याङ्त्से नदी डेल्टा डेटा सेन्टर परियोजनाको कहिल्यै स्वामित्व लिएको वा सञ्चालन गरेको छैन। उक्त परियोजनामा आफ्नो नाम र ट्रेडमार्क अनुमति नलिई प्रयोग गरिएको पनि टेन्सेन्टले जनाएको छ। साथै, मेगास्पिड वा यसका सहायक कम्पनीसँग कुनै व्यावसायिक सम्बन्ध नरहेको पनि उसले स्पष्ट पारेको छ। रोयटर्सले पहिचान गरेका ती सर्भर टेन्सेन्टले खरिद गरेको, भाडामा लिएको वा सञ्चालन गरेको भन्ने कुरा पनि अभिलेखले पुष्टि गर्दैनन्। एउटा सम्झौतामा उक्त डाटा सेन्टरमा रहेका १२८ वटा सर्भर उल्लेख छन्। प्रत्येक सर्भरमा आठवटा ग्राफिक्स प्रोसेसर थिए। यसअनुसार कुल १ हजार २४ वटा चिप थिए। ती सर्भरको कम्प्युटिङ क्षमता ९८९ पेटाफ्लप्स रहेको र प्रत्येकको मूल्य ४ लाख ५० हजार डलरसम्म रहेको उल्लेख छ। अर्को कारोबारमा ५ करोड ७० लाख डलर मूल्यका १२८ वटा सर्भर समावेश थिए। चीनको सरकारी समर्थन प्राप्त उड्डयन तथा रक्षा क्षेत्रको समूह एभिकको एक इकाइले ती सर्भरका लागि वित्तीय व्यवस्था गरेको थियो र सेन्चुरी लिटोङलाई भाडामा उपलब्ध गराएको थियो। यस्ता व्यवस्थाले कम्पनीहरूलाई महँगा कम्प्युटर खरिद गर्दा सुरुमै सम्पूर्ण रकम भुक्तानी नगरी प्रयोग गर्न सक्ने सुविधा दिन्छन्। अर्को छुट्टै उपकरण सूचीमा सांघाईस्थित उक्त केन्द्रमा १० हजारभन्दा बढी एनभिडिया कनेक्टएक्स–७ नेटवर्किङ कार्ड र ७३० वटा ब्लुफिल्ड–३ युनिट रहेको उल्लेख छ। यी उपकरण एआईसम्बन्धी कामका लागि ठूलो संख्यामा कम्प्युटरलाई एकआपसमा जोड्न प्रयोग गरिन्छन्। उपकरण निर्माता लेटाल इलेक्ट्रोनिक्सले सन् २०२३ मा सेन्चुरी लिटोङमा लगानी गरेको थियो र सन् २०२४ को मध्यसम्ममा कम्पनीको पूर्ण स्वामित्व लिएको थियो। कम्पनीले सार्वजनिक गरेका विवरणमा वित्तीय संस्थासँग सेन्चुरी लिटोङले गरेका उपकरण लिज सम्झौताका लागि लेटालले उपलब्ध गराएका जमानतको विवरण पनि छ। एनभिडिया, सेन्चुरी लिटोङ, सेन्चुरी हुआतङ, सांघाई लङरुई, लेटाल र एभिकले टिप्पणीका लागि पठाइएका अनुरोधको जवाफ दिएनन्। सांघाईको सोङजियाङ जिल्ला सरकारले पनि फ्याक्समार्फत पठाइएको टिप्पणीको अनुरोधमा तत्काल जवाफ दिएन। The post एलिस हुआङसँग सम्बन्धित कम्पनीहरूले चीनमा २७ करोड डलरका एआई सर्भर राखेको अभिलेखबाट खुलासा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन
TechnologyJust now

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा शीघ्र सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन्। दूरसञ्चार कार्यालय बनेपाको बुधबार निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका हुन। उनले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासालाई तत्काल सम्बोधन गर्न र समाधान नभएका विषयमा निरन्तर ...

टेक्नोलोजी खबर
असोज मसान्तमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम गिरावट हुँदा सङ्ख्यामा बृद्धि
TechnologyJust now

असोज मसान्तमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम गिरावट हुँदा सङ्ख्यामा बृद्धि

चालु आर्थिक वर्षको तेस्रो महिना असोज २०८३ मा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम घटेको छ भने संख्या बढेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको असोज मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई–कमर्समार्फत हुने कारोबारको रकम ८१ करोड ३ लाख रुपैयाँले घटेको छ भने सङ्ख्या ६७ हजारभन्दा माथिले बढेको पाइएको हो। विवरण अनुसार असोज महिनाभरीमा ई–कमर्समार्फत १ अर्ब ६७ करोड २० ...

टेक्नोलोजी खबर
यूरोपले क्वान्टम प्रविधिको विकासका लागि ५० अर्ब यूरोको कोष प्रस्ताव
TechnologyJust now

यूरोपले क्वान्टम प्रविधिको विकासका लागि ५० अर्ब यूरोको कोष प्रस्ताव

रोयटर्सका अनुसार यूरोपेली आयोगले सन् २०३० सम्म क्वान्टम प्रविधिमा विश्वको अग्रणी बन्ने लक्ष्यसहित बुधबार ५० अर्ब युरो (करिब ५४ अर्ब ७३ करोड अमेरिकी डलर) बराबरको इक्विटी लगानी कोष प्रस्ताव गरेको छ। यससँगै यूरोपेली कम्पनीहरूलाई सरकारी खरिद प्रक्रियामा प्राथमिकता दिने अन्य उपाय पनि प्रस्ताव गरिएको छ। प्रस्तावित ‘क्वान्टम ऐन’ ले कृत्रिम बुद्धिमता, चिप र क्लाउड कम्प्युटिङको विकासमा अमेरिका र चीनभन्दा पछाडि रहेको ...

टेक्नोलोजी खबर
नेपाल–फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न: व्यापार, पर्यटन र लगानी विस्तारमा विशेष जोड
TechnologyJust now

नेपाल–फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न: व्यापार, पर्यटन र लगानी विस्तारमा विशेष जोड

१० मंसिर, काठमाडौं। नेपाल-फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको चौथो वार्षिक साधारणसभा फिनिस राजदूत पेट्री पुभाक्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली उत्पादनको फिनल्यान्ड बजारमा निर्यात प्रवर्द्धन, लगानी भित्र्याउने तथा पर्यटन, स्वच्छ ऊर्जा, शिक्षा र सूचना प्रविधिका क्षेत्रमा द्विपक्षीय व्यावसायिक सहकार्य विस्तार गर्ने विषयमा […] The post नेपाल–फिनल्यान्ड चेम्बरको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement