Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एमाले बागमती प्रदेश आन्दोलन र स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रमसहित अघि बढ्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले बागमती प्रदेश आन्दोलन र स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रमसहित अघि बढ्ने
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २९ । नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने तथा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण अभियान अघि बढाउने निर्णय गरेको छ। कमिटीको हिजाे ललितपुरको च्यासलमा बसेको बैठकले आन्दोलन र निर्वाचन केन्द्रित विभिन्न कार्ययोजना तय गरेको हो। कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, पार्टीका केन्द्रीय सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतलगायत नेताहरूको उपस्थिति रहेको थियो। बैठकमा अध्यक्ष ढुङ्गेलले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, सचिव बालकृष्ण देउजाले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन तथा उपसचिव एवं कोष व्यवस्थापन विभाग प्रमुख रमेशकुमार आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। ती प्रतिवेदनमार्फत पार्टीको आवधिक कामको समीक्षा गर्दै वर्तमान राजनीतिक तथा सांगठनिक अवस्थाको विश्लेषण गरिएको बताइएकाे छ । सोही आधारमा लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर संगठनात्मक गतिविधि तीव्र बनाउने निर्णय भएकाे नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटी उपसचिव एवं प्रदेश जनसंगठन समन्वय संयन्त्र प्रमुख रमेशकुमार आचार्यले जानकारी दिनुभयाे । बैठकले आगामी कार्ययोजनाअन्तर्गत नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलामा तोकिएका प्रतिनिधिहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्न आवश्यक सूचना तथा समन्वय गर्ने निर्णय गरेको छ। त्यसैगरी, २०८३ मंसिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते हुने पालिका अधिवेशन सफल बनाउन प्रदेश संगठन कमिटीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय पनि भएको छ। वडा तथा पालिका अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई थप संगठित बनाउन पालिका कमिटीका पदाधिकारी र वडा कमिटीका अध्यक्षहरूको संयुक्त सहभागितामा प्रादेशिक भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। स्थानीय तहका जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदानका लागि नगरपालिका र गाउँपालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्षहरूको सहभागितामा प्रादेशिक कार्यशाला सञ्चालन गरिने भएकाे छ । युवा तथा महिला संगठन परिचालनलाई समेत प्राथमिकतामा राख्दै प्रदेशका ९८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी प्रादेशिक युवा भेला आयोजना गर्ने निर्णय गरिएको छ। त्यस्तै, प्रदेश कमिटीका महिला सदस्यहरू, अखिल नेपाल महिला संघ (अनेमसंघ) बागमती प्रदेश कमिटीका सम्पूर्ण सदस्य, १० जिल्लाका अनेमसंघ जिल्ला कमिटीका पदाधिकारी तथा ९८ वटै पालिकाबाट एक–एक जना महिला प्रतिनिधिको सहभागितामा प्रादेशिक महिला कार्यशाला आयोजना गरिने बैठकले निर्णय गरेको छ। बैठकले तय गरेका आन्दोलन, संगठन सुदृढीकरण, युवा तथा महिला परिचालन र निर्वाचन केन्द्रित कार्यक्रमहरूको मिति, स्थान र समय केही दिनभित्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आचार्यले जानकारी दिनुभयाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निजामती सेवा ध्वस्त पार्ने खेल : संसद् छल्दै अध्यादेश ल्याउने प्रधानमन्त्रीको तयारी, विशेषज्ञका नाममा आफ्ना मान्छे घुसाउने चलखेल !
PoliticsJust now

निजामती सेवा ध्वस्त पार्ने खेल : संसद् छल्दै अध्यादेश ल्याउने प्रधानमन्त्रीको तयारी, विशेषज्ञका नाममा आफ्ना मान्छे घुसाउने चलखेल !

काठमाडौं । संघीय निजामती सेवालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै व्यावसायिक, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने संवैधानिक मान्यतामाथि नै प्रहार हुने गरी... ...

सिंहदरबार न्युज
कार्यकारी राष्ट्रपति, समानुपातिक निर्वाचनदेखि गैरदलीय स्थानीय सरकारसम्मका नयाँ राजनीतिक निकास
PoliticsJust now

कार्यकारी राष्ट्रपति, समानुपातिक निर्वाचनदेखि गैरदलीय स्थानीय सरकारसम्मका नयाँ राजनीतिक निकास

नेपालको राजनीति फेरि एउटा ऐतिहासिक मोडमा उभिएको छ। परिवर्तनका नाममा पटकपटक व्यवस्था फेरियो, संविधान फेरियो, शासकका अनुहार फेरिए, राजनीतिक दलका... ...

सिंहदरबार न्युज
स्थानीय चुनाव चैत कि बैशाखमा ? रवि काठमाण्डु फर्किएपछि टुंगो लाग्ने
PoliticsJust now

स्थानीय चुनाव चैत कि बैशाखमा ? रवि काठमाण्डु फर्किएपछि टुंगो लाग्ने

काठमाण्डु – स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्ने तयारीमा निर्वाचन आयोग र सरकार लागेको छ । स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्था सिर्जना हुन नदिन २०८४ बैशाखभित्रै चुनाव गरिसक्ने तयारी छ । तर स्थानीय चुनाव चैत वा बैशाख कुन महिना गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । आगामी चुनावबारे छलफल गर्न निर्वाचन आयोगले मंसिर […] ...

काठमाण्डुपाटी
बिहान उठेपछि ओछ्यान मिलाउने बानी किन राम्रो ?
PoliticsJust now

बिहान उठेपछि ओछ्यान मिलाउने बानी किन राम्रो ?

दिनको सुरुवात सानो तर राम्रो कामबाट गर्न चाहनुहुन्छ? बिहान उठेपछि आफ्नो ओछ्यान मिलाउने बानी बसाल्नुहोस्। यो सामान्य कामले पनि तपाईंको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। मनोवैज्ञानिक दृष्टिले साना काम पूरा गर्दा उपलब्धिको अनुभूति र आत्मअनुशासन विकास गर्न सहयोग पुग्छ। बिहान ओछ्यान मिलाउनुका ५ फाइदा :  दिनको सुरुवात व्यवस्थित र सकारात्मक हुन्छ। अनुशासन र जिम्मेवारीको भावना विकास हुन्छ। आफ्नो कोठा सफा र व्यवस्थित राख्न मद्दत ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play