Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/एमालेसँग मिल्ने कि नमिल्ने ? प्रचण्डले दिए यस्तो जवाफ

एमालेसँग मिल्ने कि नमिल्ने ? प्रचण्डले दिए यस्तो जवाफ

10/24/2026, 4:59:19 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेसँग मिल्ने कि नमिल्ने ? प्रचण्डले दिए यस्तो जवाफ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्ने भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । शनिबार काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नो पार्टी र एमालेको राजनीतिक दृष्टिकोण तथा कार्यशैली फरक रहेको बताएका हुन् । उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएको आरोपसमेत लगाए । प्रचण्डले तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत २६ वटा साना–ठूला कम्युनिस्ट घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै माओवादी आन्दोलन समाप्त नभई रूपान्तरण भएको दाबी गरे । शान्ति प्रक्रियापछि पार्टीका नाम परिवर्तन भए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ । माओवादी आन्दोलनको अस्तित्वबारे जनतामा भ्रम फैलाउन खोजिएको भन्दै उनले नयाँ पार्टीभित्र विभिन्न घटकका विचार र भावनालाई समेटेर अघि बढ्ने बताए । ‘माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । यो विघटन नभई रूपान्तरण हो । नामभन्दा काम महत्त्वपूर्ण भएकाले हामी सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने सङ्कल्पमा छौँ,’ प्रचण्डले भने । एमालेसँगको राजनीतिक सम्बन्धबारे बोल्दै प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि आफूहरूले अभियान चलाइरहेका बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे । उनले नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनले देशमा राजनीतिक दुर्घटना निम्त्याउन सक्ने भन्दै आफूहरूले पहिल्यै सचेत गराएको बताए । लोकतन्त्रमा पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार सञ्चालन गर्नु संसदीय अभ्यासका दृष्टिले उपयुक्त नभएको उनको टिप्पणी थियो । आफूहरू भ्रष्टाचारविरुद्ध लडिरहेको र तत्कालीन सत्तापक्षले भ्रष्टाचारको संरक्षण गरेको आरोप लगाउँदै उनले दुई दलबीचको राजनीतिक भिन्नता स्पष्ट रहेको बताए । ‘हाम्रो र उनीहरूको राजनीतिक दृष्टिकोणमा फरक छ । हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ,’ उनले भने । यद्यपि, राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यकताअनुसार एमालेसहित अन्य दलसँग पनि संवाद र सहकार्य गर्न सकिने उनले स्पष्ट पारे । तर, यस्तो सहकार्यलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनको भनाइ छ । ‘राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौँ । तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन । त्यसका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक छ,’ प्रचण्डले भने । सामाजिक सञ्जाल र नयाँ प्रविधिको बढ्दो प्रभावसँगै कम्युनिस्ट आन्दोलनको भविष्यबारे उठिरहेका प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो संशय नयाँ नभएको बताए । उनले २०४६ सालको जनआन्दोलनपछि पनि कम्युनिस्ट आन्दोलन कमजोर हुने र अब अघि बढ्न नसक्ने भाष्य निर्माण गरिएको स्मरण गरे । तर, विगतमा पनि यस्ता चुनौतीका बीच आफूहरूले परिवर्तनका लागि संघर्ष गरेको उनको भनाइ छ । कार्ल मार्क्सको भनाइ उद्धृत गर्दै प्रचण्डले नकारात्मक प्रचार र आलोचनामा अल्झिनुभन्दा ऐतिहासिक लक्ष्य र आफ्नो काममा केन्द्रित हुनुपर्ने बताए । ‘कम्युनिस्ट आन्दोलन अब उठ्न सक्दैन भन्ने भाष्य नयाँ होइन । विगतमा पनि यस्तै भनिन्थ्यो, तर हामीले परिवर्तनका लागि संघर्ष गर्‍यौँ,’ उनले भने । आलोचना र नकारात्मक प्रचारको पछि नलागी पार्टीले आफ्नो राजनीतिक लक्ष्य, जनपक्षीय एजेन्डा र संगठन विस्तारमा ध्यान दिने प्रचण्डले बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
OthersJust now

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान

सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र नागढुंगा चेकपोष्ट क्षेत्र पनि अहिले शान्त बनेको छ ...

पर्दाफास
तीन महिनामा चितवनका २८ जनाले त्यागे नेपाली नागरिकता
OthersJust now

तीन महिनामा चितवनका २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ ...

पर्दाफास
विश्व राजनीतिबारे प्रचण्ड : दोस्रो विश्व युद्धपछिको सेट भत्किँदैछ, नयाँ बनेको छैन
OthersJust now

विश्व राजनीतिबारे प्रचण्ड : दोस्रो विश्व युद्धपछिको सेट भत्किँदैछ, नयाँ बनेको छैन

‘रुस–युक्रेनको कुरा होस् । चाहे इजलायल–प्यालेस्टाइनको कुरा होस् । नयाँ सेट बनिसकेको छैन । यस्तो बडो विचित्रको संक्रमणकालीन अवस्थाबाट विश्व राजनीतिक पनि गुज्रेको देखिँदैछ’ उनले भनेका छन् ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play