एमबीबीएसमा ११० सहित चिकित्सा शिक्षामा ४१८ सिट थप

काठमाडौं, असोज ३१ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षातर्फ ४१८ सिट थप गरेको छ। यससँगै कुल सिट संख्या ९ हजार ६९९ पुगेको छ।

चिकित्सा शिक्षा आयोगको बैठकले आवश्यक अध्ययन तथा अनुगमनका आधारमा सिट थप गर्ने निर्णय गरेको हो। सिट निर्धारणका लागि शिक्षण संस्थाबाट स्वमूल्यांकन फाराम भराएर माग संकलन गरिएको थियो। तीमध्ये ९० शिक्षण संस्थामा विज्ञ टोलीले अनुगमन गरेको थियो।

अनुगमन प्रतिवेदनका आधारमा ८४ संस्थाका लागि सिट निर्धारण गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।

यस वर्ष एमबीबीएसतर्फ मात्रै ११० सिट थपिएका छन्। गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ५० सिट पाएको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३०–३० सिट थप पाएका छन्।

त्यसैगरी बीएससी नर्सिङमा २१० र बीएमएसमा ९८ सिट थप गरिएको छ।

एमबीबीएसतर्फ थपिएका सबै सिट सरकारी शिक्षण संस्थाका हुन्। निजी मेडिकल कलेजको सिट संख्या भने यस शैक्षिक सत्रमा यथावत् राखिएको छ।

Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
काठमाडौँ, असोज ३१ गते । चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनहरुका तुलनामा कैयौँ गुणा बढी... ...

लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सुरु, आईसीयूको चाप घट्ने अपेक्षा
बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३० बेड क्षमताको उच्च निर्भरता एकाइ (एचडीयू) सेवा सञ्चालनमा आएको छ। शुक्रबारदेखि सुरु भएको यो सेवाले विशेष निगरानी र उपचार आवश्यक पर्ने बिरामीलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन तथा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीको चाप घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुप्रसाद गौतमले सेवाको... ...

दशैँतिहारमा बालबालिकालाई व्यस्त राख्ने उपाय: संस्कृतिदेखि प्रकृतिसम्म
दशैँतिहारका बेला लामो समय विद्यालय बिदा हुने कारणले बालबालिकालाई कसरी विभिन्न क्रियाकलापमा भुलाउने र उनीहरूको 'स्क्रीन टाइम' घटाउने भन्ने चिन्ताले सताउने गरेको अभिभावकहरू बताउँछन्। टेलिभिजन, मोबाइल फोन वा कुनै पनि ग्याजेटमा व्यस्त रहन खोज्ने भएका कारण उनीहरूको समय व्यवस्थापनलाई लिएर चिन्ता हुने गरेको उनीहरूले बताएका हुन्। त्यस्तै मध्येकी एक हुन् विमला प्रजापति।... ...

पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ... ...