Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एप्पल कारप्लेमा अब गुगल जेमिनी एप पनि उपलब्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
एप्पल कारप्लेमा अब गुगल जेमिनी एप पनि उपलब्ध
Photo / Coverage: टेक्नोलोजी खबर

गुगलले एप्पल कारप्लेमा जेमिनी एप उपलब्ध गराउन थालेको छ। यससँगै आईओएस प्रयोगकर्ताले कारको डिस्प्लेमार्फत जेमिनी लाइभसँग हात प्रयोग नगरी कुराकानी गर्न सक्नेछन्। यसअघि गुगलले एन्ड्रोइड अटो र गुगल बिल्ट–इन सुविधा भएका कारमा पनि जेमिनी उपलब्ध गराउन थालेको थियो। कारप्लेको स्क्रिनमा जेमिनीको आइकनमा थिचेपछि प्रयोगकर्ताले नयाँ कुराकानी सुरु गर्न वा हालै भएका कुराकानीमध्ये कुनैलाई निरन्तरता दिन सक्छन्। सडकमा ध्यान दिनुपर्ने अवस्थामा उनीहरूले कुराकानी बीचमै रोक्न, विषय परिवर्तन गर्न वा केही समयका लागि पज गर्न पनि सक्नेछन्। गुगलका अनुसार जेमिनी प्रयोग गरेर आफ्नो क्यालेन्डरमा रहेका कार्यक्रम हेर्न, नपढिएका इमेलबारे जानकारी लिन, दैनिक संक्षिप्त विवरण प्राप्त गर्न, स्थानीय ठाउँ तथा सेवाबारे सुझाव माग्न वा प्रस्तुतीकरणको अभ्यास गर्न सकिन्छ। जीएसएमएरिनाका अनुसार कारमा गरिएको कुराकानी प्रयोगकर्ताको आईफोनमा रहेको जेमिनी एपसँग पनि सिङ्क्रोनाइज हुन्छ। त्यसैले गाडी पार्क गरेपछि कुराकानीका क्रममा तयार भएका नोट वा सारांश मोबाइल एपमा उपलब्ध हुनेछन्। यो सुविधा क्रमशः आईओएसमा जेमिनी प्रयोग गर्ने सबै प्रयोगकर्तासम्म विस्तार गरिनेछ। जेमिनी लाइभले हाल समर्थन गर्ने सबै भाषामा यो सुविधा उपलब्ध हुने गुगलले जनाएको छ। यो सुविधा प्रयोग गर्न जेमिनी एपको पछिल्लो संस्करण आवश्यक पर्छ। साथै, एपमा माइक्रोफोन प्रयोग गर्ने अनुमति दिनुपर्ने र फोनबाट कम्तीमा एकपटक जेमिनी लाइभसँग कुराकानी गरिसकेको हुनुपर्नेछ। दैनिक संक्षिप्त विवरण (डेली ब्रिफ) सुविधा प्रयोग गर्नुअघि नै सक्रिय गरिसकेको हुनुपर्छ। डेली ब्रिफसहित केही व्यक्तिगतकरणसम्बन्धी सुविधा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता तथा यूरोपेली आर्थिक क्षेत्र र नाइजेरियाका प्रयोगकर्ताका लागि उपलब्ध छैनन्। The post एप्पल कारप्लेमा अब गुगल जेमिनी एप पनि उपलब्ध appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
Bajaj Game of Power Enters Final Days, Offer Ends November 20
TechnologyJust now

Bajaj Game of Power Enters Final Days, Offer Ends November 20

With the November 20 deadline approaching, Bajaj Nepal is reminding customers to make the most of the remaining days of its ‘Bajaj Game of Power – Khelne ho?’ campaign. Featuring Sureshot rewards of up to NPR 1 Lakh, interactive gaming opportunities and exclusive experiences with Nepal’s sporting champions, the campaign brings together rewards, entertainment and the thrill of competition. Customers purchasing ...

टेक्नोलोजी खबर
मानिसले स्वास्थ्यसम्बन्धी जानकारीका लागि एआई कसरी प्रयोग गर्छन् भन्ने अध्ययन गर्न एप्पलले ल्यायो नयाँ एप
TechnologyJust now

मानिसले स्वास्थ्यसम्बन्धी जानकारीका लागि एआई कसरी प्रयोग गर्छन् भन्ने अध्ययन गर्न एप्पलले ल्यायो नयाँ एप

ओपनएआई र एन्थ्रोपिकजस्ता ठूला कृत्रिम बुद्धिमता कम्पनीहरूले स्वास्थ्यसम्बन्धी प्रश्नको जवाफ दिन सक्ने विशेष सुविधासहितका च्याटबट उपलब्ध गराउन थालेका छन्। यसैबीच, एप्पलले मानिसहरूले स्वास्थ्यसम्बन्धी जानकारीका लागि कृत्रिम बुद्धिमता कसरी प्रयोग गर्छन् भन्ने अध्ययन गर्न नयाँ अनुसन्धान कार्यक्रम सुरु गरेको छ। तर अन्य एआई स्टार्टअपहरूजस्तै सेवा उपलब्ध गराउनुभन्दा एप्पलले चिकित्सकीय प्रमाणमा आधारित जवाफले मानिसलाई कसरी सहयोग गर्न सक्छ भन्ने अध्ययन गर्न चाहेको छ। आईफोन ...

टेक्नोलोजी खबर
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार
TechnologyJust now

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार

प्रोटोन ई.मास ५ ले अक्टोबर २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ। समग्र ईभी दर्तामा गिरावट आए पनि यस मोडलले सर्वाधिक दर्ता हुने विद्युतीय सवारीको स्थान हासिल गर्दै बजारमा आफ्नो अग्रता कायम गरेको हो। कम्पनीका अनुसार, अक्टोबर महिनामा प्रोटोन ई.मास ५ का २ हजार २६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको छ। उक्त महिनामा ...

टेक्नोलोजी खबर
भारतीय चिप स्टार्टअप भारत सेमीले जुटायो २४ मिलियन डलरको प्रारम्भिक लगानी
TechnologyJust now

भारतीय चिप स्टार्टअप भारत सेमीले जुटायो २४ मिलियन डलरको प्रारम्भिक लगानी

भारतीय सेमिकन्डक्टर स्टार्टअप भारत सेमीले कृत्रिम बुद्धिमतामा आधारित इमेज सेन्सर विकास गर्न २४ मिलियन अमेरिकी डलरको प्रारम्भिक लगानी जुटाएको छ। कम्पनीले अमेरिका र अन्य देशका ग्राहकलाई लक्षित गर्दै आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको छ। करिब पाँच वर्ष पुरानो यो स्टार्टअपले अहिलेसम्म आम्दानी सुरु नगरे पनि अमेरिकी रक्षा प्रविधि कम्पनी जनरल एटोमिक्स र भारतको केन्स सेमिकनसँग उत्पादन डिजाइनसम्बन्धी सम्झौता हासिल गरेको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play