Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मानिसले स्वास्थ्यसम्बन्धी जानकारीका लागि एआई कसरी प्रयोग गर्छन् भन्ने अध्ययन गर्न एप्पलले ल्यायो नयाँ एप

Share:WhatsAppFacebookX (Twitter)Telegram
मानिसले स्वास्थ्यसम्बन्धी जानकारीका लागि एआई कसरी प्रयोग गर्छन् भन्ने अध्ययन गर्न एप्पलले ल्यायो नयाँ एप
Photo / Coverage: टेक्नोलोजी खबर

ओपनएआई र एन्थ्रोपिकजस्ता ठूला कृत्रिम बुद्धिमता कम्पनीहरूले स्वास्थ्यसम्बन्धी प्रश्नको जवाफ दिन सक्ने विशेष सुविधासहितका च्याटबट उपलब्ध गराउन थालेका छन्। यसैबीच, एप्पलले मानिसहरूले स्वास्थ्यसम्बन्धी जानकारीका लागि कृत्रिम बुद्धिमता कसरी प्रयोग गर्छन् भन्ने अध्ययन गर्न नयाँ अनुसन्धान कार्यक्रम सुरु गरेको छ। तर अन्य एआई स्टार्टअपहरूजस्तै सेवा उपलब्ध गराउनुभन्दा एप्पलले चिकित्सकीय प्रमाणमा आधारित जवाफले मानिसलाई कसरी सहयोग गर्न सक्छ भन्ने अध्ययन गर्न चाहेको छ। आईफोन निर्माता एप्पलले स्वास्थ्य क्षेत्रमा केन्द्रित एआई कम्पनी ओपनएभिडेन्ससँग साझेदारी गर्दै नयाँ अध्ययन एप सार्वजनिक गरेको छ। एप्पलले अमेरिकामा रहेका २१ वर्षभन्दा माथिका, आईफोन १५ वा त्यसपछिका मोडेल प्रयोग गर्ने, आईओएस २६ वा त्यसपछिको संस्करण चलाउने र एप्पल इन्टेलिजेन्स सुविधा सक्रिय गरेका प्रयोगकर्तालाई अध्ययनमा सहभागी हुन आमन्त्रण गरेको छ। कम्पनीले १२ महिनाभन्दा लामो समयसम्म सञ्चालन हुने यस अध्ययनमा बढीमा दुई लाख सहभागी समेट्ने लक्ष्य राखेको छ। नयाँ एपमार्फत प्रयोगकर्ताले च्याटजीपीटी वा क्लाउडजस्तै स्वास्थ्यसम्बन्धी प्रश्न सोध्न सक्नेछन्। एपले दी न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन, जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन र नेचरजस्ता प्रकाशनमा उपलब्ध चिकित्सकीय तथ्यांकमा आधारित जवाफ दिनेछ। एप्पलका अनुसार एपले दैनिक जीवनमा उठ्ने सामान्य स्वास्थ्यसम्बन्धी प्रश्नको सरल भाषामा जवाफ दिने प्रयास गर्नेछ। प्रयोगकर्ताले ती जवाफको मूल्यांकन गर्न र प्रतिक्रियासमेत दिन सक्नेछन्। उनीहरूलाई प्रत्येक महिना सर्वेक्षणमा सहभागी हुन पनि आग्रह गरिनेछ। सहभागीले थप व्यक्तिगत र उपयोगी सुझाव प्राप्त गर्न हेल्थकिटमा उपलब्ध आफ्नो स्वास्थ्यसम्बन्धी तथ्यांक एपसँग साझा गर्न सक्नेछन्। यसमा आराम गरिरहेको अवस्थाको मुटुको धड्कन, शारीरिक गतिविधि, निद्रा र प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणको नतिजा समावेश छन्। कम्पनीका अनुसार यो एपले प्रयोगकर्तालाई चिकित्सकसँगको भेटका लागि राम्रो तयारी गर्न पनि सहयोग गर्नेछ। त्यस्तै, गम्भीर स्वास्थ्य समस्यासम्बन्धी प्रश्न उठेमा उपयुक्त स्वास्थ्य सेवा प्रदायककहाँ पुग्न मार्गदर्शन गर्नेछ। एप्पलले प्रयोगकर्ताको तथ्यांक सुरक्षित तेस्रो पक्षको क्लाउड सेवा प्रदायकलाई पठाउनुअघि पहिचान खुल्न नसक्ने गरी परिवर्तन गरिने जनाएको छ। उक्त तथ्यांक कुनै पनि प्रकारको एआई मोडेललाई तालिम दिन प्रयोग गरिने छैन। कम्पनीका अनुसार ओपनएभिडेन्सले प्रयोगकर्ताका प्रश्न र जवाफसम्बन्धी तथ्यांक २४ घण्टापछि मेटाउनेछ। “एप्पलमा हामी जिम्मेवार नवप्रवर्तन वैज्ञानिक कठोरता र चिकित्सकीय प्रमाणमा आधारित हुनुपर्छ भन्ने विश्वास गर्छौं। स्वास्थ्य निकै व्यक्तिगत विषय हो। त्यसैले मानिसहरूले दैनिक जीवनमा स्वास्थ्यसम्बन्धी एआईसँग कसरी अन्तरक्रिया गर्छन्, त्यसलाई कसरी बुझ्छन् र मूल्यांकन गर्छन् भन्ने जान्न विशेष अनुसन्धान गर्नु सबैभन्दा उपयुक्त तरिका हो,” एप्पलकी स्वास्थ्य तथा फिटनेस उपाध्यक्ष डा. सुम्बुल देसाईले विज्ञप्तिमा भनेकी छन्। उनले यस अध्ययनबाट प्राप्त जानकारीले स्वास्थ्य एआईसम्बन्धी व्यापक वैज्ञानिक बहसलाई अघि बढाउन सहयोग गर्ने बताएकी छन्। प्रविधिको विकाससँगै मानिसको स्वास्थ्य यात्रामा वास्तविक सहयोग पुर्‍याउने विश्वासिलो उपकरण निर्माण गर्न पनि यसले मद्दत गर्ने उनको भनाइ छ। यो एप आजदेखि अमेरिकाका प्रयोगकर्ताका लागि डाउनलोड गर्न उपलब्ध भएको छ। एप्पलले आफ्नो हेल्थ एप वा सिरीमा एआईमा आधारित प्रश्नोत्तर सुविधा उपलब्ध गराउने योजना बनाएको छ कि छैन भन्ने अझै स्पष्ट भएको छैन। यस क्षेत्रमा ठूलो सम्भावना देखिएको छ। ओपनएआईले यसअघि यसै वर्ष प्रयोगकर्ताले प्रत्येक साता स्वास्थ्यसम्बन्धी ३० करोडभन्दा बढी प्रश्न च्याटजीपीटीमा सोध्ने गरेको जनाएको थियो। The post मानिसले स्वास्थ्यसम्बन्धी जानकारीका लागि एआई कसरी प्रयोग गर्छन् भन्ने अध्ययन गर्न एप्पलले ल्यायो नयाँ एप appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार
TechnologyJust now

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार

प्रोटोन ई.मास ५ ले अक्टोबर २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ। समग्र ईभी दर्तामा गिरावट आए पनि यस मोडलले सर्वाधिक दर्ता हुने विद्युतीय सवारीको स्थान हासिल गर्दै बजारमा आफ्नो अग्रता कायम गरेको हो। कम्पनीका अनुसार, अक्टोबर महिनामा प्रोटोन ई.मास ५ का २ हजार २६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको छ। उक्त महिनामा ...

टेक्नोलोजी खबर
भारतीय चिप स्टार्टअप भारत सेमीले जुटायो २४ मिलियन डलरको प्रारम्भिक लगानी
TechnologyJust now

भारतीय चिप स्टार्टअप भारत सेमीले जुटायो २४ मिलियन डलरको प्रारम्भिक लगानी

भारतीय सेमिकन्डक्टर स्टार्टअप भारत सेमीले कृत्रिम बुद्धिमतामा आधारित इमेज सेन्सर विकास गर्न २४ मिलियन अमेरिकी डलरको प्रारम्भिक लगानी जुटाएको छ। कम्पनीले अमेरिका र अन्य देशका ग्राहकलाई लक्षित गर्दै आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको छ। करिब पाँच वर्ष पुरानो यो स्टार्टअपले अहिलेसम्म आम्दानी सुरु नगरे पनि अमेरिकी रक्षा प्रविधि कम्पनी जनरल एटोमिक्स र भारतको केन्स सेमिकनसँग उत्पादन डिजाइनसम्बन्धी सम्झौता हासिल गरेको ...

टेक्नोलोजी खबर
यूएलएको भल्कन रकेट असफल हुँदा अमेजन लियोका ४० स्याटेलाइट नष्ट
TechnologyJust now

यूएलएको भल्कन रकेट असफल हुँदा अमेजन लियोका ४० स्याटेलाइट नष्ट

युनाइटेड लन्च एलायन्स (यूएलए) को नयाँ शक्तिशाली भल्कन रकेट अन्तरिक्षतर्फ उड्ने क्रममा असफल हुँदा त्यसमा राखिएका अमेजन लियोका ४० वटा इन्टरनेट स्याटेलाइट नष्ट भएका छन्। कम्पनीको नयाँ रकेटको उडानमा देखिएको यो ठूलो समस्या हो। यूएलए आफ्नो भरपर्दो एटलस भी रकेटका लागि परिचित छ। तर कम्पनीको नयाँ रकेट भल्कनको सुरुवाती उडान भने अपेक्षाअनुसार हुन सकेको छैन। आइतबार प्रक्षेपण गरिएको रकेट उडानको १० ...

टेक्नोलोजी खबर
एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख
TechnologyJust now

एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख

काठमाडौं । अमेरिकी फास्टफुड रेस्टुरेन्ट चेन डेनीले एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको सम्मानमा राखेको शिलालेख हटाएको छ । हुआङको व्यक्तिगत सम्बन्ध र आचरणबारे विवादास्पद विवरण सार्वजनिक भइरहेका बेला रेस्टुरेन्टले उनीसँग जोडिएको स्मृतिचिह्न हटाएको हो ।सन् १९९३ मा क्यालिफोर्नियास्थित डेनी रेस्टुरेन्टको एउटा बुथमा बसेर हुआङले आफ्ना दुई सहसंस्थापक क्रिस मालाचोस्की र कर्टिस प्रिमसँग एनभिडिया स्थापना गर्ने अवधारणा अघि सारेका थिए । पछि ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play