Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार
Photo / Coverage: टेक्नोलोजी खबर

प्रोटोन ई.मास ५ ले अक्टोबर २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ। समग्र ईभी दर्तामा गिरावट आए पनि यस मोडलले सर्वाधिक दर्ता हुने विद्युतीय सवारीको स्थान हासिल गर्दै बजारमा आफ्नो अग्रता कायम गरेको हो। कम्पनीका अनुसार, अक्टोबर महिनामा प्रोटोन ई.मास ५ का २ हजार २६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको छ। उक्त महिनामा मलेसियामा कुल ४ हजार ५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए। जुन सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम र गत फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक दर्ता हो। यसैगरी, प्रोटोन ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन्। यी दुई मोडलको संयुक्त दर्ता कुल ईभी दर्ताको ६१.३ प्रतिशत रहेको छ। यसैबीच अक्टोबरमा हाइब्रिड सवारीको दर्ता संख्या ५ हजार २३ पुगेको छ, जुन यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी रहेको कम्पनीले जनाएको छ। कम्पनीको दाबीअनुसार मलेसियामा ई.मास ५ ले हासिल गरेको यो सफलताले प्रोटोनको विद्युतीय सवारीप्रतिको बढ्दो बजार उपस्थितिलाई प्रतिबिम्बित गर्छ। नेपालमा भने शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले प्रोटोनको आधिकारिक वितरकका रूपमा यसका विद्युतीय सवारी नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ। प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन्। नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि सेगमेन्टमै पहिलो रियर–ह्विल ड्राइभ लेआउट रहेको ई.मास ५ मा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टि–लिंक सस्पेन्सन, ८५ किलोवाटको मोटर, ४० किलोवाटआवरको सिएटिएल एलएफपि ब्याट्री र भेहिकल–टु–लोड (भि–टु–एल) क्षमता रहेको छ। ७० लिटरको फ्रन्ट ट्रंक (फ्रङ्क), ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्टले यसको व्यावहारिक उपयोगितालाई थप बढाउँछन्। यसका साथै, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध छन्। हाल ई.मास ५ को मूल्य ३२.९९ लाखबाट सुरू हुने कम्पनीले जानकारी दिएको छ। प्रोटोन ई.मास ७ प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छ। यसमा ४१० किलोमिटरसम्मको डब्लुएलटिपि रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२–इन–१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको छ। यसमा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेड-अप डिस्प्ले (एचयूडी) र भेहिकल–टु–लोड (भि–टु–एल) सुविधा पनि उपलब्ध छन्। कम्पनीका अनुसार, हाल ई.मास ७ को मूल्य ४९.९९ लाखबाट सुरू रहेको छ। The post प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतीय चिप स्टार्टअप भारत सेमीले जुटायो २४ मिलियन डलरको प्रारम्भिक लगानी
TechnologyJust now

भारतीय चिप स्टार्टअप भारत सेमीले जुटायो २४ मिलियन डलरको प्रारम्भिक लगानी

भारतीय सेमिकन्डक्टर स्टार्टअप भारत सेमीले कृत्रिम बुद्धिमतामा आधारित इमेज सेन्सर विकास गर्न २४ मिलियन अमेरिकी डलरको प्रारम्भिक लगानी जुटाएको छ। कम्पनीले अमेरिका र अन्य देशका ग्राहकलाई लक्षित गर्दै आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको छ। करिब पाँच वर्ष पुरानो यो स्टार्टअपले अहिलेसम्म आम्दानी सुरु नगरे पनि अमेरिकी रक्षा प्रविधि कम्पनी जनरल एटोमिक्स र भारतको केन्स सेमिकनसँग उत्पादन डिजाइनसम्बन्धी सम्झौता हासिल गरेको ...

टेक्नोलोजी खबर
यूएलएको भल्कन रकेट असफल हुँदा अमेजन लियोका ४० स्याटेलाइट नष्ट
TechnologyJust now

यूएलएको भल्कन रकेट असफल हुँदा अमेजन लियोका ४० स्याटेलाइट नष्ट

युनाइटेड लन्च एलायन्स (यूएलए) को नयाँ शक्तिशाली भल्कन रकेट अन्तरिक्षतर्फ उड्ने क्रममा असफल हुँदा त्यसमा राखिएका अमेजन लियोका ४० वटा इन्टरनेट स्याटेलाइट नष्ट भएका छन्। कम्पनीको नयाँ रकेटको उडानमा देखिएको यो ठूलो समस्या हो। यूएलए आफ्नो भरपर्दो एटलस भी रकेटका लागि परिचित छ। तर कम्पनीको नयाँ रकेट भल्कनको सुरुवाती उडान भने अपेक्षाअनुसार हुन सकेको छैन। आइतबार प्रक्षेपण गरिएको रकेट उडानको १० ...

टेक्नोलोजी खबर
एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख
TechnologyJust now

एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख

काठमाडौं । अमेरिकी फास्टफुड रेस्टुरेन्ट चेन डेनीले एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको सम्मानमा राखेको शिलालेख हटाएको छ । हुआङको व्यक्तिगत सम्बन्ध र आचरणबारे विवादास्पद विवरण सार्वजनिक भइरहेका बेला रेस्टुरेन्टले उनीसँग जोडिएको स्मृतिचिह्न हटाएको हो ।सन् १९९३ मा क्यालिफोर्नियास्थित डेनी रेस्टुरेन्टको एउटा बुथमा बसेर हुआङले आफ्ना दुई सहसंस्थापक क्रिस मालाचोस्की र कर्टिस प्रिमसँग एनभिडिया स्थापना गर्ने अवधारणा अघि सारेका थिए । पछि ...

आइसिटी समाचार
एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री
TechnologyJust now

एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले निर्यात प्रतिबन्ध छल्दै चीनमा अत्याधुनिक एआई चिप पुर्याएको आशङ्काबारे एनभिडियासँग १० दिनभित्र जवाफ मागेका छन्। उनले सिङ्गापुरस्थित मेगास्पिड कम्पनीमार्फत चिप चीन पुगेको हुन सक्ने आशङ्का व्यक्त गर्दै कम्पनीको आन्तरिक अनुसन्धानको निष्कर्ष मागेका हुन्। अमेरिकी न्याय मन्त्रालयले पनि यस विषयमा आपराधिक अनुसन्धान गरिरहेको छ। एनभिडियाले भने यसअघि आरोप अस्वीकार गरेको थियो। बेसेन्टले कम्पनीको नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका छन्। यसैबीच, ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play