एप्पलले सार्वजनिक गर्यो एम६ चिपसहितको १४ इन्च म्याकबुक प्रो

एप्पलले एम६ चिपसहितको १४ इन्च म्याकबुक प्रो सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ चिपले अघिल्लो पुस्ताको एम५ चिपको तुलनामा ग्राफिक्स कार्यसम्पादन ३० प्रतिशत र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कामको गति २५ प्रतिशतसम्म बढाउँछ। नयाँ म्याकबुक प्रोमा १२ कोरको सीपीयू र १२ कोरको जीपीयू राखिएको छ। प्रत्येक जीपीयू कोरमा न्युरल एक्सेलेरेटर समावेश छ। यसमा डुअल १६ कोरको न्युरल इन्जिन र छिटो युनिफाइड मेमोरी पनि उपलब्ध छ। एप्पलका अनुसार एम६ चिपको न्युरल इन्जिन अघिल्लो पुस्ताको तुलनामा १.९ गुणा छिटो छ। यसले तस्बिर निर्माण, सुपर रेजोल्युसन र तस्बिरको गुणस्तर तथा आकार बढाउनेजस्ता एआईसम्बन्धी कामलाई तीव्र बनाउँछ। ठूलो भाषा मोडेल (एलएलएम) प्रयोग गर्दा नयाँ मोडेलले पहिलो टोकन प्राप्त गर्न लाग्ने समय १.३ गुणासम्म घटाउने कम्पनीको दाबी छ। त्यस्तै, ब्लेन्डर सफ्टवेयरमा रेन्डरिङ पनि एम५ मोडेलको तुलनामा १.३ गुणा छिटो हुने बताइएको छ। नयाँ म्याकबुक प्रोमा एक पटकको चार्जमा २४ घण्टासम्म ब्याट्री चल्ने कम्पनीको दाबी छ। यसमा वाइफाइ ७ र ब्लुटुथ ६ को सुविधा पनि थपिएको छ। कम्प्युटरमा सुरुवाती रूपमा १६ जीबी युनिफाइड मेमोरी उपलब्ध छ। थप २०० डलर तिरेर २४ जीबी र ४०० डलर तिरेर ३२ जीबी मेमोरी लिन सकिन्छ। यसको स्टोरेज १ टीबीबाट सुरु हुन्छ। थप ५०० डलरमा २ टीबी र १ हजार ५०० डलरमा ४ टीबी स्टोरेज छनोट गर्न सकिन्छ। यसमा १ हजार ६०० निट्ससम्मको अधिकतम चमक भएको लिक्विड रेटिना एक्सडीआर डिस्प्ले, १२ मेगापिक्सेलको सेन्टर स्टेज क्यामेरा र एप्पलको ९६ वाटको पावर एडाप्टर प्रयोग गर्दा छिटो चार्ज हुने सुविधा छ। स्क्रिनमा प्रकाशको प्रतिबिम्ब र चमक कम गर्न थप १५० डलर तिरेर नानो टेक्स्चर फिनिस पनि छनोट गर्न सकिन्छ। स्पेस ब्ल्याक र सिल्भर गरी दुई रङमा उपलब्ध हुने उपकरणको स्पेस ब्ल्याक संस्करणमा औँलाको दाग कम देखिने विशेष कोटिङ राखिएको छ। कनेक्टिभिटीका लागि यसमा एचडीएमआई, म्यागसेफ ३, तीनवटा थन्डरबोल्ट ४ पोर्ट, एसडीएक्ससी कार्ड रिडर र ३.५ एमएम अडियो ज्याक छन्। नयाँ १४ इन्च म्याकबुक प्रोको सुरुवाती मूल्य १ हजार ९९९ अमेरिकी डलर तोकिएको छ। यसको अग्रिम अर्डर अक्टोबर २८ देखि खुल्ने र बिक्री नोभेम्बर ६ देखि सुरु हुने जनाइएको छ। तर, १६ इन्चको म्याकबुक प्रो रोज्ने ग्राहकले भने एम६ चिपको सट्टा अघिल्लो पुस्ताका एम५ प्रो वा एम५ म्याक्स चिप भएका मोडेलमै सीमित हुनुपर्नेछ। The post एप्पलले सार्वजनिक गर्यो एम६ चिपसहितको १४ इन्च म्याकबुक प्रो appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

दूरसञ्चार बजारमा हस्तक्षेप गर्ने अधिकार बढाउने बेलायत सरकारको चाहना
बेलायतकी डिजिटल, संस्कृति, सञ्चारमाध्यम तथा खेलकुदमन्त्री लिसा न्यान्डीले दूरसञ्चार सेवाको निरन्तरता सुनिश्चित गर्न आफूलाई थप अधिकार दिने गरी कानुन परिवर्तन गर्न चाहेको बताएकी छन्। बेलायतकी डिजिटल, संस्कृति, सञ्चारमाध्यम तथा खेलकुदमन्त्री लिसा न्यान्डीले समस्यामा परेको इन्टरनेट सेवा प्रदायक कम्पनी टकटक लाई बीटीले अधिग्रहण गर्ने विषयमा प्रतिस्पर्धासम्बन्धी स्पष्ट चिन्ताभन्दा सार्वजनिक हितका अन्य पक्षलाई प्राथमिकता दिनुपर्ने संकेत गरेकी छन्। यस महिनाको सुरुवातमा घोषणा गरिएको उक्त ...

गुगलले तपाईको फोन नम्बर एकाउन्टसँग जोड्दै, कसरी बन्द गर्ने यो विकल्प?
एन्ड्रोइड डिभाइसमा गुगलले फोन नम्बर प्रमाणीकरण गरी प्रयोगकर्ताका गुगल अकाउन्टसँग जोड्ने सुविधा उपलब्ध गराएको छ। तर यस सुविधाले प्रयोगकर्ताको गोपनीयतासम्बन्धी समस्या बढाउन सक्ने देखिएको छ। रिपोर्टअनुसार, सन् २०२५ सेप्टेम्बरदेखि यो सक्रिय गरिएको छ। यसले सिमकार्डमा रहेको फोन नम्बर प्रमाणीकरण गरी उक्त डिभाइसमा लगइन गरिएका गुगल अकाउन्टसँग जोड्न अनुमति दिन्छ। यसमा कार्यालयसम्बन्धी अकाउन्टसमेत समावेश हुन सक्छन्। गुगलका अनुसार, अकाउन्ट पुन प्राप्त गर्ने, प्रयोगकर्ताको ...

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिमको सहज जित
१२ कात्तिक, काठमाडौं। एनपीएल: दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान दीपेन्द्रसिंह ऐरीको ५१ रन र इशान पाण्डेको ३७ रनको योगदानमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। पोखराले प्रस्तुत गरेको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। बलिङतर्फ अनिल खरेलले ३ विकेट लिएका […] The post दीपेन्द्रसिंह ऐरीको ...

नेपाल प्रिमियर लिग: डेभिड मलानपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा दोस्रो अर्धशतक
१२ कात्तिक, काठमाडौं। एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्स विरुद्ध ३६ बलमै ४ चौका र २ छक्काको मद्दतमा प्रतियोगिताको दोस्रो अर्धशतक प्रहार गरेका छन्। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीकाे नाममा दर्ज भएको […] The post नेपाल प्रिमियर ...


