एप्पलले समयमै धेरै आईफोन डुओ बजारमा पठाउन गुणस्तर परीक्षणका मापदण्ड खुकुलो पारेको रिपोर्ट

आईफोन डुओ र विशेषगरी यसको कमजोर मानिएको हिन्ज प्रणालीलाई लिएर विवाद हुँदै आएको छ। फोनको भित्री डिस्प्लेमा क्षति पुगेका घटनाबारे धेरै रिपोर्ट सार्वजनिक भएका छन्। एप्पलले पनि यो समस्या स्वीकार गर्दै थोरै संख्यामा आईफोन डुओमा मात्र यस्तो समस्या देखिएको जनाएको छ। प्रभावित प्रयोगकर्तालाई फोन साट्नका लागि एप्पलसँग सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ। तर, चिनियाँ सञ्चारमाध्यम जिमियान न्युजको एक रिपोर्टअनुसार बिदाको मौसमअघि खुद्रा विक्रेतामार्फत धेरै आईफोन डुओ बजारमा पठाउन एप्पलले आफ्नो गुणस्तर निरीक्षणका मापदण्ड खुकुलो पारेको थियो। जीएसएमएरिनाका अनुसार फक्सकनका एक कर्मचारीलाई उद्धृत गर्दै रिपोर्टमा यो जानकारी दिइएको छ। ती कर्मचारीको नाम सार्वजनिक गरिएको छैन। उनका अनुसार आईफोन डुओको उत्पादन लाइनमा यसअघि नै केही पार्टपुर्जाको समूह परिवर्तन गरिएको छ। तर, गुणस्तर नियन्त्रणका मापदण्ड भने परिवर्तन नगरिएको बताइएको छ। एप्पलले अझै पनि बिदाको मौसमअघि सकेसम्म धेरै आईफोन डुओ बजारमा पठाउन प्राथमिकता दिइरहेको बताइएको छ। कम्पनीले यस वर्षको अन्त्यसम्म ७५ लाख थान फोन बजारमा पठाउने लक्ष्य राखेको छ। यसैबीच यूट्युब सामग्री निर्माता क्युरियसहागीले आईफोन डुओको भित्री हिन्ज प्रणालीमा देखिएको गम्भीर खराबी देखाएका छन्। डिस्प्लेमा क्षति पुग्ने घटनाको मुख्य कारण यही खराबी हुन सक्ने अनुमान गरिएको छ। डिस्प्लेमा क्षति पुगेका केही प्रयोगकर्ताले फोन खोल्दा वा चलाउँदा ‘चर्किएको आवाज’ सुनिएको बताएका थिए। यस्तो आवाज हिन्जको एउटा जोड्ने भाग र माथिल्लो सपोर्ट प्लेटबीच सम्पर्क हुँदा उत्पन्न भएको हुन सक्ने देखिएको छ। यो भाग भित्री डिस्प्लेको मध्यभागको पछाडि अवस्थित छ। हिन्जका अन्य भागको तुलनामा यो भौतिक रूपमा पातलो देखिन्छ। The post एप्पलले समयमै धेरै आईफोन डुओ बजारमा पठाउन गुणस्तर परीक्षणका मापदण्ड खुकुलो पारेको रिपोर्ट appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

चिनियाँ एआई मोडेलले नियन्त्रित परीक्षणमा जटिल साइबर आक्रमण गरेको अनुसन्धानकर्ताको भनाइ
चिनियाँ कम्पनी जेडएआईको प्रमुख एआई मोडेलले नियन्त्रित परिस्थितिमा गरिएको परीक्षणका क्रममा जटिल साइबर आक्रमण गरेको र छुट्टै परीक्षणमा बारम्बार दिइएका निर्देशन उल्लङ्घन गरेको एआई सुरक्षा अनुसन्धान संस्था इरिगुलरको प्रतिवेदनमा उल्लेख छ। जीएलएम–५.३ मोडेलले विभिन्न चरणमा सम्पन्न गर्नुपर्ने १३ वटा साइबर आक्रमणका परिदृश्यमध्ये कम्तीमा एकपटक तीनवटा सफलतापूर्वक पूरा गरेको थियो। इरिगुलरले सार्वजनिक रूपमा उपलब्ध एआई मोडेलमध्ये अहिलेसम्म अभिलेख गरेको यो सबैभन्दा राम्रो ...

सामसङको नयाँ प्रविधिले निद्रामा हुने खतरनाक समस्या पत्ता लगाउन सहयोग गर्ने
सामसङले आफ्ना स्मार्ट डिभाइसमा नयाँ फिचर ल्याउने भएको छ। जसले निद्रका समयमा हुने गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या पत्ता लगाउन सहयोग गर्ने छ। नयाँ स्लिप एप्निया पत्ता लगाउने सुबिधाले अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए) र दक्षिण कोरियाका सम्बन्धीत निकायबाट स्वीकृत प्राप्त गरेको छ। सामसङका अनुसार यो सुविधा दक्षिण कोरियामा उपलब्ध हुने छ। स्लिप एप्नियाका सम्भावित लक्षण पहिचान गर्ने नयाँ प्रवधिले यस अवस्थाको ...

सोनीद्वारा ५० मेगापिक्सेलको एलवाईटीआईए ७२० इमेज सेन्सर सार्वजनिक
जापानी कम्पनी सोनीले स्मार्टफोनको मुख्य क्यामेराका लागि ५० मेगापिक्सेल क्षमताको नयाँ एलवाईटीआईए ७२० इमेज सेन्सर सार्वजनिक गरेको छ। नयाँ सेन्सरले कम प्रकाश भएको अवस्थामा पनि राम्रो गुणस्तरका तस्बिर खिच्न सक्ने कम्पनीको दाबी छ। यसले ६० फ्रेम प्रतिसेकेन्डमा एचडीआरसहितको ४के भिडियो रेकर्डिङलाई समेत समर्थन गर्छ। स्ट्याक्ड सीएमओएस प्रविधिमा आधारित यो सेन्सरको आकार १।१.५६ इन्च र प्रत्येक पिक्सेलको आकार १.० माइक्रोमिटर छ। यसमा सोनीको ...


