सोनीद्वारा ५० मेगापिक्सेलको एलवाईटीआईए ७२० इमेज सेन्सर सार्वजनिक

जापानी कम्पनी सोनीले स्मार्टफोनको मुख्य क्यामेराका लागि ५० मेगापिक्सेल क्षमताको नयाँ एलवाईटीआईए ७२० इमेज सेन्सर सार्वजनिक गरेको छ। नयाँ सेन्सरले कम प्रकाश भएको अवस्थामा पनि राम्रो गुणस्तरका तस्बिर खिच्न सक्ने कम्पनीको दाबी छ। यसले ६० फ्रेम प्रतिसेकेन्डमा एचडीआरसहितको ४के भिडियो रेकर्डिङलाई समेत समर्थन गर्छ। स्ट्याक्ड सीएमओएस प्रविधिमा आधारित यो सेन्सरको आकार १।१.५६ इन्च र प्रत्येक पिक्सेलको आकार १.० माइक्रोमिटर छ। यसमा सोनीको अल्ट्रा हाई कन्भर्जन गेन प्रविधि प्रयोग गरिएको छ। यो प्रविधिले अँध्यारोमा खिचिएका फोटोमा देखिने दृश्यगत न्वाइज घटाएर फोटोको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ। सोनीका अनुसार यस प्रविधिले अघिल्लो एलवाईटीआईए ७०० सेन्सरको तुलनामा अनियमित न्वाइज करिब ५० प्रतिशतले घटाउन सक्छ। यसले कम प्रकाशमा पनि स्पष्ट तस्बिर खिच्न सहयोग गर्ने अपेक्षा गरिएको छ। नयाँ सेन्सरको अर्को महत्त्वपूर्ण विशेषता हाइब्रिड फ्रेम–एचडीआर प्रविधि हो। यसले १०० डेसिबलको डाइनामिक रेन्ज प्रदान गर्छ। टेलिग्राफका अनुसार, यो प्रविधिले फरक–फरक एक्सपोजरमा खिचिएका फोटोका विवरणलाई संयोजन गर्छ। यसबाट फोटोको अँध्यारो र अत्यधिक उज्यालो दुवै भागका विवरण सुरक्षित राख्न मद्दत पुग्छ। विशेषगरी उज्यालो र अँध्यारोबीच धेरै भिन्नता भएका दृश्यमा फोटो अझ प्राकृतिक देखिने अपेक्षा गरिएको छ। यस्ता दृश्यमा सामान्यतया क्यामेराले गहिरो छायाँ वा अत्यधिक उज्यालो भागका विवरण गुमाउने समस्या हुन्छ। एलवाईटीआईए ७२० ले ६० फ्रेम प्रतिसेकेन्डमा ४के एचडीआर भिडियो रेकर्डिङका साथै फुल पिक्सेल अटोफोकसलाई पनि सहयाेग गर्छ। सोनीका अनुसार सिग्नल रूपान्तरण सर्किटको अनुकूलनले विद्युत् खपत सीमित राख्दै यी सुविधा उपलब्ध गराउन सम्भव भएको हो। यो सेन्सरले ५० मेगापिक्सेल रिजोल्युसनमा अधिकतम ३० फ्रेम प्रतिसेकेन्डको गतिमा फोटो खिच्न सक्छ। १२.५ मेगापिक्सेल रिजोल्युसनमा यसको गति ९० फ्रेम प्रतिसेकेन्डसम्म पुग्न सक्छ। ४के भिडियो रेकर्डिङतर्फ एचडीआरबिना अधिकतम १२० फ्रेम प्रतिसेकेन्ड र एचडीआरसहित ६० फ्रेम प्रतिसेकेन्डसम्म रेकर्ड गर्न सकिने कम्पनीले जनाएको छ। सोनीले यो सेन्सरको ठूलो परिमाणमा उत्पादनका लागि आवश्यक आपूर्ति सन् २०२६ नोभेम्बरको सुरुवातदेखि सुरु हुने अपेक्षा गरेको छ। नयाँ सेन्सर कुन कुन स्मार्टफोनमा प्रयोग हुनेछ भन्नेबारे कम्पनीले अहिलेसम्म जानकारी सार्वजनिक गरेको छैन। The post सोनीद्वारा ५० मेगापिक्सेलको एलवाईटीआईए ७२० इमेज सेन्सर सार्वजनिक appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

सामसङको नयाँ प्रविधिले निद्रामा हुने खतरनाक समस्या पत्ता लगाउन सहयोग गर्ने
सामसङले आफ्ना स्मार्ट डिभाइसमा नयाँ फिचर ल्याउने भएको छ। जसले निद्रका समयमा हुने गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या पत्ता लगाउन सहयोग गर्ने छ। नयाँ स्लिप एप्निया पत्ता लगाउने सुबिधाले अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए) र दक्षिण कोरियाका सम्बन्धीत निकायबाट स्वीकृत प्राप्त गरेको छ। सामसङका अनुसार यो सुविधा दक्षिण कोरियामा उपलब्ध हुने छ। स्लिप एप्नियाका सम्भावित लक्षण पहिचान गर्ने नयाँ प्रवधिले यस अवस्थाको ...

एप्पलले समयमै धेरै आईफोन डुओ बजारमा पठाउन गुणस्तर परीक्षणका मापदण्ड खुकुलो पारेको रिपोर्ट
आईफोन डुओ र विशेषगरी यसको कमजोर मानिएको हिन्ज प्रणालीलाई लिएर विवाद हुँदै आएको छ। फोनको भित्री डिस्प्लेमा क्षति पुगेका घटनाबारे धेरै रिपोर्ट सार्वजनिक भएका छन्। एप्पलले पनि यो समस्या स्वीकार गर्दै थोरै संख्यामा आईफोन डुओमा मात्र यस्तो समस्या देखिएको जनाएको छ। प्रभावित प्रयोगकर्तालाई फोन साट्नका लागि एप्पलसँग सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ। तर, चिनियाँ सञ्चारमाध्यम जिमियान न्युजको एक रिपोर्टअनुसार बिदाको मौसमअघि ...

ह्वावेले फराकिलो स्क्रिन भएको फोनबाट ‘स्टारलाइट’ ब्रान्ड सार्वजनिक गर्ने
यस महिनाको सुरुमा सार्वजनिक भएको एक रिपोर्टअनुसार ह्वावेले ‘जिङमाङ’ नामको नयाँ उपब्रान्ड सार्वजनिक गर्ने तयारी गरिरहेको छ। चिनियाँ भाषामा जिङमाङको अर्थ ‘स्टारलाइट’ हुन्छ। अहिले एक टिपस्टरले उक्त ब्रान्डअन्तर्गत आउने पहिलो स्मार्टफोनका विवरण सार्वजनिक गरेका छन्। टिपस्टर डिजिटल च्याट स्टेसनका अनुसार ह्वावेको नयाँ उपब्रान्डअन्तर्गत आउने पहिलो स्मार्टफोनमा फराकिलो स्क्रिनसहितको क्यान्डीबार डिजाइन हुनेछ। जीएसएमएरिनाका अनुसार उक्त फोनमा ६.३९ इन्चको डिस्प्ले र किरिन ९००० सिरिजको चिपसेट ...


