ह्वावेले फराकिलो स्क्रिन भएको फोनबाट ‘स्टारलाइट’ ब्रान्ड सार्वजनिक गर्ने

यस महिनाको सुरुमा सार्वजनिक भएको एक रिपोर्टअनुसार ह्वावेले ‘जिङमाङ’ नामको नयाँ उपब्रान्ड सार्वजनिक गर्ने तयारी गरिरहेको छ। चिनियाँ भाषामा जिङमाङको अर्थ ‘स्टारलाइट’ हुन्छ। अहिले एक टिपस्टरले उक्त ब्रान्डअन्तर्गत आउने पहिलो स्मार्टफोनका विवरण सार्वजनिक गरेका छन्। टिपस्टर डिजिटल च्याट स्टेसनका अनुसार ह्वावेको नयाँ उपब्रान्डअन्तर्गत आउने पहिलो स्मार्टफोनमा फराकिलो स्क्रिनसहितको क्यान्डीबार डिजाइन हुनेछ। जीएसएमएरिनाका अनुसार उक्त फोनमा ६.३९ इन्चको डिस्प्ले र किरिन ९००० सिरिजको चिपसेट रहने बताइएको छ। यसको सबैभन्दा उच्च क्षमताको संस्करणमा १६ जीबीसम्म र्याम र १ टीबी स्टोरेज उपलब्ध हुने जनाइएको छ। टिपस्टरका अनुसार यो फोन अर्को महिना सार्वजनिक हुनेछ। डिजिटल च्याट स्टेसनले ‘स्टारलाइट’ उक्त उपब्रान्डको चिनियाँ नामको अंग्रेजी अनुवाद मात्र भएको र यही नाम आधिकारिक रूपमा प्रयोग नहुन सक्ने पनि जनाएको छ। यसअघि सार्वजनिक भएको अर्को रिपोर्टमा ह्वावेको स्टारलाइट ब्रान्डअन्तर्गतका फोन मध्यम मूल्य श्रेणीका हुने र तिनमा किरिन ८ सिरिजका चिपसेट प्रयोग गरिने उल्लेख थियो। ती फोनमा हार्मोनीओएस सञ्चालन प्रणाली र ह्वावेको एक्सएमएजीई इमेजिङ प्रविधि पनि कायम रहने रिपोर्टमा जनाइएको थियो। The post ह्वावेले फराकिलो स्क्रिन भएको फोनबाट ‘स्टारलाइट’ ब्रान्ड सार्वजनिक गर्ने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

सीएटीएलको ९ मेगावाटआवर क्षमताको ‘टेनर प्लस’ भण्डारण प्रणाली सार्वजनिक, अष्ट्रेलियामा उपस्थिति अझ विस्तार
स्थानीय साझेदारी मार्फत अष्ट्रेलियाको ऊर्जा भण्डारण बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै सीएटीएलले ९ मेगावाटआवर क्षमताको अर्को पुस्ताको टेनर प्लस ऊर्जा भण्डारण प्रणालीको अनावरण गरेको छ। कम्पनीले टेनर सोडियम सोडियम-आयन ब्याट्री ऊर्जा भण्डारण प्रणालीको अष्ट्रेलियाली डेब्यूसँगै मेलबर्नमा बुधबार अल एनर्जी अष्ट्रेलिया २०२६ मा उत्पादन सुरु गरेको हो। टेनर प्लसले ग्रिड-स्केल लामो-अवधिको ऊर्जा भण्डारण परियोजनाहरूलाई लक्ष्य गर्दछ, प्रति कन्टेनर भण्डारण क्षमता बढाएर उपकरण आवश्यकताहरू, ...

६.३ अर्ब डलरको सुरक्षा उल्लङ्घनपछि बाइनान्सले सम्पत्ति रोक्का गर्दा विश्लेषकहरूको दिए यस्तो प्रतिक्रिया
विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले सुरक्षा उल्लङ्घनका कारण अनुमानित ६.३ अर्ब डलर बराबरको क्षति भएको जनाएको छ। विश्लेषकहरूका अनुसार यो घटनाले अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टो चोरीको रूप लिन सक्छ। बाइनान्सले साझेदारहरूसँग मिलेर प्रभावित सम्पत्ति रोक्का गर्न काम गरेको र हालसम्म करिब ३ अर्ब डलर बराबरको सम्पत्ति फेला पारिएको जनाएको छ। बाँकी ३.३ अर्ब डलरको अवस्थाबारे भने उसले कुनै जानकारी दिएको ...

प्राइम भिडियोबाट अर्बौं डलर आम्दानी हुने एन्डी जेस्सीको अपेक्षा
अमेजनले ८.५ अर्ब डलरमा एमजीएम खरिद गरेको चार वर्ष बितिसकेको छ। तर यस वर्षको चर्चित चलचित्र ‘प्रोजेक्ट हेल मेरी’ को ठूलो सफलतापछि ई-कमर्स कम्पनी अमेजनका लागि हलिउड व्यवसाय आम्दानीको आकर्षक स्रोत बनेको छ। अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेस्सीले बिहीबार त्रैमासिक आम्दानीसम्बन्धी छलफलमा कम्पनीको स्ट्रिमिङ सेवा प्राइम भिडियो ठूलो व्यवसायका रूपमा विकसित भएको बताएका छन्। उनका अनुसार प्राइम भिडियोको वार्षिक आम्दानी ...

Korea showcases AI-powered drone technology, fires 600-mm ‘Sniper’ rocket launcher
North Korea has showcased its unmanned aerial technology, including artificial intelligence (AI)-powered defence capabilities, and publicly demonstrated its 600-millimetre “Sniper” multiple rocket launcher for the first time, with leader Kim Jong-un calling for “absolute superiority” in drone technology, Yonhap News Agency reported on Friday. The demonstration was held on Thursday alongside an exhibition on unmanned aeronautical technology attended by Kim, according ...


