Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एप्पलद्वारा नयाँ स्मार्ट होम कलेक्सन सार्वजनिक

एप्पलद्वारा नयाँ स्मार्ट होम कलेक्सन सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
एप्पलद्वारा नयाँ स्मार्ट होम कलेक्सन सार्वजनिक

एप्पलले घरमा प्रयोग हुने विभिन्न उपकरणहरुलाई व्यवस्थापन गर्ने उदेश्य सहित एप्पल होम कलेक्सन स्मार्ट होम उपकरण सार्वजनिक गरेको छ। घरभित्र र बाहिर प्रयोग गर्न मिल्ने क्यामेरा, स्मार्ट डोरबेल, थर्मोस्ट्याट समावेस छन्। यी उपकरणहरु एलजी इलेक्ट्रोनिक्स र स्नाइडर इलेक्ट्रिकसँगको सहकार्यमा विकास गरिएका हुन्। प्रयोगकर्ताले एप डाउलोड गर्न वा छुट्टै खाता बनाउनु पर्ने झन्झटबिना घरका उपकरणहरु नियन्त्रण गर्न सक्नेछन्। क्यामरा सिस्टममा चारवटा मोडल छन्। जसले २.५ के रिजोल्यूसनमा भिडियो रेकर्ड गर्न सक्छ्। परिचित मानिस, पाल्तु जनावर, सावारी साधन र प्याकेज पहिचान गर्न सक्छन। प्रयोगकर्ताले आफ्नो आईक्लाउड प्लस सेवामार्फत भिडियो रेकडिङ सुरक्षित राख्न सक्नेछन्। घरभित्र प्रयोग गरिने क्यामराको विशेषता भनेको घरका मानिस फर्किएपछि क्यामराको कोण परिवर्तन हुनु हो। यसले सम्बन्धित स्थानको निगरानी रोक्न सहयोग गर्छ। यसले घरका मानिस बाहिर जाँदा ढोकामा लक लगाउने र क्यामरा एक्टिभ गर्ने व्यवस्था मिलाउन सक्छ। एउटै निर्देशनमार्फत घरका विभिन्न सुविधाहरु नियन्त्रण गर्न सक्नेछन्। प्रयोगकर्ताको डाटा सुरक्षित राख्न इन्ड–टु–इन्ड इन्क्रिप्सन प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ। नयाँ उपकरणहरुको बिक्री डिसेम्बर देखि सुरु हुने अपेक्षा गरिएको छ भने अन्य केहि उत्पादन सन् २०२७ को सुरुवातमा बजारमा आउनेछन्। उपकरणहरुको मूल्य भने सार्बजनिक गरिएको छैन्। The post एप्पलद्वारा नयाँ स्मार्ट होम कलेक्सन सार्वजनिक appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
प्रविधिJust now

चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ–टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ। यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन्। पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ। यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ। यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक ...

टेक्नोलोजी खबर
नेपाल टेलिकमद्वारा वाइफाइ ६ सहित नयाँ एनटी फाइबर प्याकेज सार्वजनिक: वार्षिक ४,९९९ रुपैयाँमै इन्टरनेट, जडान नि:शुल्क
प्रविधिJust now

नेपाल टेलिकमद्वारा वाइफाइ ६ सहित नयाँ एनटी फाइबर प्याकेज सार्वजनिक: वार्षिक ४,९९९ रुपैयाँमै इन्टरनेट, जडान नि:शुल्क

३० असोज, काठमाडौं। नेपाल टेलिकमले एफटीटीएच (NT Fiber) प्रयोगकर्ताका लागि WiFi 6 प्रविधिसहितका नयाँ वार्षिक इन्टरनेट प्याकेजहरू असोज ३० देखि लागू हुने गरी सार्वजनिक गरेको छ। ३० Mbps देखि २०० Mbps सम्मका प्याकेज र नि:शुल्क जडानको सुविधा उपलब्ध छ। नेपाल टेलिकमले एफटीटीएच (FTTH – Fiber to the Home) सेवा अन्तर्गत एनटी फाइबर (NT Fiber) प्रयोगकर्ताहरूका […] The post नेपाल टेलिकमद्वारा वाइफाइ ...

आइसिटी फ्रेम
वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधियुक्त संयन्त्र बनाइने : आईजीपी कार्की
प्रविधिJust now

वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधियुक्त संयन्त्र बनाइने : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि आधुनिक प्रविधिमा आधारित संयन्त्र निर्माणलाई प्राथमिकता दिएको बताएका छन् ।उनले नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गरी नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।७१ औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण ...

आइसिटी समाचार
चितवन निकुञ्जमा अनलाइन टिकटको व्यवस्था, क्यूआर कोड देखाएर प्रवेश गर्न सकिने
प्रविधिJust now

चितवन निकुञ्जमा अनलाइन टिकटको व्यवस्था, क्यूआर कोड देखाएर प्रवेश गर्न सकिने

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरबाटै अनलाइनमार्फत प्रवेश टिकट काट्न सक्ने भएका छन् । निकुञ्जले टिकट खरिद प्रक्रियालाई सहज र छरितो बनाउने उद्देश्यले ई-टिकटिङ प्रणाली सञ्चालनमा ल्याएको हो ।पहिलो चरणमा सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने पर्यटकका लागि अनलाइन टिकट काट्ने व्यवस्था गरिएको छ । यसको परीक्षणबाट प्राप्त नतिजाका आधारमा अन्य प्रवेश नाकामा समेत सेवा विस्तार गरिने ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play