Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/एनपीएल सुरु हुँदै गर्दा सरकारको घोषणा- देशका ८ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला

एनपीएल सुरु हुँदै गर्दा सरकारको घोषणा- देशका ८ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला

10/26/2026, 1:11:19 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल सुरु हुँदै गर्दा सरकारको घोषणा- देशका ८ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला

पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो । मन्त्री लाम्सालले आठ शहरमा निर्माण गरिने रंगशालामा कम्तीमा ८ हजार दर्शक क्षमताका साथै फ्लडलाइटको व्यवस्था गरिने बताएका छन् । सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उनले उल्लेख गरेका छन् । रंगशाला निर्माणको योजनाले एनपीएललाई देशभर विस्तार गर्न तथा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास मन्त्री लाम्सालले व्यक्त गरेका छन् । उनले क्रिकेट संघ (क्यान) लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन् । चार्डपर्वका बीच नेपाली क्रिकेटको पर्वका रूपमा एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिँदै मन्त्री लाम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजनासमेत सार्वजनिक गरेका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कुल आचार्य र उत्तम नेपालद्वारा सरकारलाई डीएनए परीक्षण किट र एक करोड सहयोग
OthersJust now

कुल आचार्य र उत्तम नेपालद्वारा सरकारलाई डीएनए परीक्षण किट र एक करोड सहयोग

बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा आचार्य र नेपालले डीएनए परीक्षण किट सरकारलाई हस्तान्तरण गरेका हुन्। सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोगस्वरूप एक करोड रुपैयाँको चेकसमेत हस्तान्तरण गरेका छन्। डीएनए परीक्षण किट र आर्थिक ...

पर्दाफास
पुस-माघभित्रै कांग्रेसका उम्मेदवारको प्रारम्भिक सूची तयार गर्छौं : सभापति थापा
OthersJust now

पुस-माघभित्रै कांग्रेसका उम्मेदवारको प्रारम्भिक सूची तयार गर्छौं : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने बताएका छन् । ...

अनलाइन खबर
बलबाई बल अपडेट र लाइभ कमेन्ट्रीसहित अनलाइनखबरको एनपीएल विशेष कभरेज सुरु
OthersJust now

बलबाई बल अपडेट र लाइभ कमेन्ट्रीसहित अनलाइनखबरको एनपीएल विशेष कभरेज सुरु

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितालाई लक्षित गर्दै अनलाइनखबर डटकमले बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड र खेल विश्लेषणसहितको विशेष कभरेज सुरु गरेको छ। अघिल्ला संस्करणमा झैँ यसपटक पनि अनलाइनखबरले एनपीएल विशेष डिजिटल पोर्टल 'NPL LIVE' सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत पाठकले प्रतियोगिताका खेलको बलबाई बल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play