कुल आचार्य र उत्तम नेपालद्वारा सरकारलाई डीएनए परीक्षण किट र एक करोड सहयोग

बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा आचार्य र नेपालले डीएनए परीक्षण किट सरकारलाई हस्तान्तरण गरेका हुन्। सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोगस्वरूप एक करोड रुपैयाँको चेकसमेत हस्तान्तरण गरेका छन्। डीएनए परीक्षण किट र आर्थिक सहयोग आचार्य र नेपालले व्यक्तिगत रूपमा उपलब्ध गराएका हुन्। सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले प्राप्त डीएनए परीक्षण किट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सयपत्री फुल्यो, हिमाल खुल्यो (फोटो फिचर)
सयपत्री फुलेसँगै तिहारको रौनक बढ्न थालेको छ। ...

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
९ कार्तिक, काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ । गान्तोकको पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ मा नेपथ्य गुञ्जिन लागेको छ । भारतको ८०औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्रित गरेर तयार पारिएको नेपथ्य अङ्कित टिसर्ट सार्वजनिक गरेका थिए ।… ...




