काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका छन्।

तीन अंकसहित पाँचौँ स्थानमा रहेको लुम्बिनीलाई आजको खेल जिते शीर्ष स्थानमा उक्लने अवसर छ। लुम्बिनीले दुई खेलमा एक जित हात पारेको छ भने चितवन राइनोजसँगको पछिल्लो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो। आज जिते लुम्बिनीको पाँच अंक हुनेछ।

पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका दुवै खेलमा पराजित भएको पोखरा अंकविहीन हुँदै तालिकाको आठौँ स्थानमा छ। आजको खेल जितेर पोखरा अंकको खाता खोल्न चाहन्छ।

मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेपछि शीर्ष स्थानको प्रतिस्पर्धा थप रोचक बनेको छ। विराटनगर, कर्णाली याक्स र जनकपुरको समान चार–चार अंक छ। राम्रो नेट रनरेटका आधारमा विराटनगर शीर्ष स्थानमा रहेको छ।

आजको खेल जिते लुम्बिनी पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा पुग्नेछ। त्यसैले यो खेल लुम्बिनीका लागि शीर्ष स्थानमा उक्लने अवसर हो भने पोखराका लागि प्रतियोगितामा पहिलो जित निकाल्ने चुनौती।

एनपीएल : शीर्ष स्थानमा उक्लने दाउमा लुम्बिनी, पहिलो जितको खोजीमा पोखरा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज