Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले इन्जिनियर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएको छ । पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुन् । उनले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनका क्षेत्रमा काम गर्दै आएका छन् । पाण्डेले काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । महानगरपालिकामा रहँदा उनले भवन निर्माणको संरचनागत सुरक्षा, अग्ला भवनहरूको प्राविधिक मूल्याङ्कन, भवन नक्साको समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसार मापदण्ड पालना गराउन काम गरेका थिए । त्यसअघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । त्यहाँ रहँदा उनी भवन निर्माणसम्बन्धी प्राविधिक मापदण्डको परीक्षण, इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टमको सुधार तथा स्थानीय तहका प्राविधिक कर्मचारी र परामर्शदातालाई तालिम प्रदान गर्ने काममा संलग्न थिए । त्यस्तै, उनले सन् २०१७ देखि २०१९ सम्म बुटवल उपमहानगरपालिकामा पनि संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । उक्त अवधिमा भवनको संरचनागत डिजाइन परीक्षण, सार्वजनिक पूर्वाधारको प्राविधिक निरीक्षण तथा भवन निर्माणसम्बन्धी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा योगदान दिएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माछालाई दाना खुवाउँदा तालमा डुबेर बालिकाको मृत्यु
Latest NewsJust now

माछालाई दाना खुवाउँदा तालमा डुबेर बालिकाको मृत्यु

दाङ।नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा आज तालमा खसेर एक बालिकाको मृत्यु भएको छ । परिवारसँगै पिकनिक (वनभोज) खान गएकी गढवा गाउँपालिका–२, कोठरीकी ६ वर्षीया कृतिका चौधरीको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। वडा प्रहरी कार्यालय लमहीका अनुसार अभिभावकसँग जखेरा ताल पुगेकी कृतिका तालको किनारबाट माछालाई दाना खुवाउने क्रममा चिप्लिएर तालमा खसेकी थिइन्। बालिका तालमा खसे लगत्तै उद्धार ...

नेपालन्युज
रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजान सुझाव
Latest NewsJust now

रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजान सुझाव

• रौतहटमा तीनवटा खुट्टा भएकी नवजात बालिकाको जन्म भएको छ, जसको स्वास्थ्य अवस्था सामान्य रहेको छ। • बालिकाको अतिरिक्त खुट्टा अन्य दुई खुट्टासँगै जोडिएको छ र थप परीक्षणका लागि नारायणी अस्पताल लैजान सुझाव दिइएको थियो। • राजपुर नगरपालिकाका प्रमुखले स्वास्थ्यकर्मीहरूको सेवाभावको प्रशंसा गर्दै बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। ...

नेपालबहस
जखेरा तालमा डुबेर बालिकाको मृत्यु
Latest NewsJust now

जखेरा तालमा डुबेर बालिकाको मृत्यु

दाङ, कात्तिक १७ गते । लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा आज तालमा खसेर एक बालिकाको मृत्यु भएको छ । परिवारसँगै पिकनिक (वनभोज) खान गएकी गढवा गाउँपालिका–२,... ...

गोरखापत्र
लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त
Latest NewsJust now

लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

• नेपाल सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा संरचनागत इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ, जसले लुम्बिनी क्षेत्रको पूर्वाधार विकास र गुरुयोजनाको कार्यान्वयनमा योगदान दिनेछन्। • पाण्डेले एक दशकभन्दा बढी इन्जिनियरिङ अनुभव सँगालेका छन् र विभिन्न स्थानीय तहमा संरचनागत इन्जिनियरको रूपमा काम गरेका छन्। • लुम्बिनीको संरक्षण र पूर्वाधार व्यवस्थापनमा पाण्डेको नियुक्तिले थप व्यवस्थित र परिणाममुखी विकासको अपेक्षा गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play