एनपीएल खेल्न आएका फरहान पाकिस्तान फर्किँदै, कर्णाली याक्सले अर्को खेलाडी खोज्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने समयमा विदेशी खेलाडीको व्यवस्थापनमा समस्या देखिएको छ। कर्णाली याक्सबाट खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन्। श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखलाका लागि पाकिस्तान क्रिकेट बोर्डले उनलाई बोलाएको कर्णाली याक्सले जनाएको छ। कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि पुनः एनपीएलमा फर्किने सम्भावना छ। उनी अनुपस्थित रहने अवधिका लागि कर्णालीले अर्को खेलाडी ल्याउने तयारी गरेको छ। यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र (एनओसी) दिन थप २५ हजार अमेरिकी डलर मागेको कर्णाली याक्सले जनाएको छ। खेलाडीहरूले एनओसी लिएर नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै निर्देशक घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन्। कर्णालीले थप रकम तिरेर खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने विषयमा समेत छलफल गरिरहेको थियो। तर, फरहानलाई पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्न बोलाइएपछि उनी स्वदेश फर्किनुपर्ने भएको हो। अक्टोबर ३१ मा खेल सकिएपछि उनी पुनः कर्णालीको टोलीमा आबद्ध हुने अपेक्षा गरिएको घिमिरेले बताए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पत्नी सुनितासँगको विवादबारे गोविन्दाको प्रतिक्रिया : हामी हिन्दु हौँ, हाम्रो संस्कृतिमा सम्बन्धविच्छेदको स्थान छैन
मुम्बई । अभिनेता गोविन्दाले पत्नी सुनिता आहूजाले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएको विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्। उनले हिन्दु धर्ममा सम्बन्धविच्छेदको कुनै शब्द नभएको बताएका हुन्। विगत केही दिनदेखि गोविन्दा आफ्नो व्यक्तिगत... ...

सप्तकोशीमा जेटबोट दुर्घटनाले उठाएको प्रश्न : यात्रुको सुरक्षा जिम्मेवारी कसको ?
काठमाण्डु- तीन जनाको मृत्यु, तीन जना बेपत्ता । यात्रुवाहक बोटको दर्ता, क्षमता, प्राविधिक अवस्था र सुरक्षा मापदण्डमाथि प्रश्न । दुर्घटना एउटा बोटमा भयो, तर जवाफदेहिताको प्रश्न राज्यका नियामक निकायदेखि सञ्चालकसम्म फैलिएको छ। सप्तकोशीको तीव्र बहावमा एउटा यात्रुवाहक बोट अनियन्त्रित भएर ढुङ्गामा ठोक्कियो। केही यात्रु नदीमा खसे, केहीले पौडिएर ज्यान जोगाए र केहीलाई स्थानीयले जोखिम मोलेर […] ...

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी
काठमाडाैँ । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ निर्देशिका तयार गर्दै सरकारले मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्गे सवारीसाधन खरिद गर्न ६० लाख रूपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागेको हो । निर्देशिकाअनुसार सहसचिव वा ११ ...

दाजुले गरे भाइमाथि छुरा प्रहार
झापा।झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गए राति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद हुँदा भाइ बाबुलालमाथि छुरा प्रहार ...


