एनपीएल : कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । जनकपुरका मयान यादवले १४, त्रित राज दासले १ र मोइन अलीले १९ रन बनाए । अनिल साहले ११, कुसल परेराले ६ र जेम्स निशमले १५ रनको योगदान दिए । कप्तान हरमित सिंहले १९ रन बनाउँदा अभिषेक तिवारीले २० रनको इनिङ खेले । राहुल यादव र ललित राजवंशीले समान १–१ रन जोडे । कर्णालीका लागि हुसैन तलत र युनीश सिंहले समान ३–३ विकेट लिए । नन्दन यादवले २ तथा सोमपाल कामीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । पवन सर्राफले ३६, दीपक डुम्रेले १३ र गुल्शन झाले १२ रन जोडे । मार्क वाटले १ रन मात्रै बनाए । हुसेन तलत ३ रनमा आउट भए भने अकबर अली १ रनमै आउट भए । सोमपाल कामी र युवराज खत्रीले समान १–१ रन बनाउँदा नन्दन यादवले ९ रन जोडे । जनकपुरका लागि कप्तान हर्मित सिंहले ३ विकेट लिए । मोइन अली र राहुल यादवले समान २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट हात पारे ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सुदूरपश्चिमको लागि दशा कटाउने जित
पोखरा एभेन्जर्समाथि ६ विकेटको आरामदायी जितपछि सुदूरपश्चिमका इशान पाण्डेले यस पटक सुरुमै दशा कटेको प्रतिक्रिया दिए । ...

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
११ कात्तिक, काठमाडौं । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ । विसं २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो । सडकखण्डको काम सम्पन्न गर्न २०८३ वैशाख १६ सम्म म्याद… ...

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी
११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी परेको छ । भट्ट १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनी निर्वाचित हुँदा ३५ वर्ष नाघिसकेको दाबी उजुरीमा छ । ३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारहरूको उमेरसम्बन्धी… ...

‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले पाकेको धान र पशुपन्छीको सुरक्षामा ध्यान दिन विज्ञहरूले सुझाएका छन् । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता ...


