एनपीएल : आज जनकपुर र पोखरा भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुनेछन् । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो । पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, ९ जनाको मृत्यु
भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ । फन्डारेड्स नामक गैरसरकारी संस्थाका निर्देशक जेभियर टाराजोनाले शनिबार... ...

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित
म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा छन् । गाउँपालिकाका अनुसार विपद्बाट ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ । यसैगरी, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक क्षति भएको छ भने २० वटा सडकमा पनि क्षति भएको छ । गाउँपालिका अध्यक्ष ...

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
• मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा निःशुल्क आँखा शिविरमा १५० जना लाभान्वित भएका छन्, जहाँ आँखाका रोगीको उपचार र परामर्श दिइएको थियो। • मोतिबिन्दु पहिचान भएका बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने र रेयुकाई मासुनागा आँखा अस्पतालले उपचार प्रदान गर्ने जानकारी दिइएको छ। • काभ्रेवासीको पोषण अवस्था सुधार गर्न स्थानीय तहबीच समन्वय र पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। ...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि... ...


