एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो । लुम्बिनीको जितमा आशिफ शेखले ३२ रन बनाए । २५ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, डार्सी सर्टले १८ बलमा ४० रनको विष्फोटक पारी खेले । यस क्रममा चार चौका र तीन छक्का प्रहार गरे ।

लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै जोड्न सक्यो ।

यसअनुसार सुदूरपश्चिमको यो स्कोर अघिल्लो सिजनको फाइनलमा बनाएको भन्दा केबल दुई रन बढी हो । अघिल्लो सिजनको फाइनलमा टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै १९ ओभर १ बलमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । उक्त खेल लुम्बिनीले ६ विकेटले जितेको थियो ।

जारी खेलमा सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । २३ बल खेलेका उनले दुई चौका प्रहार गरे ।

त्यसैगरी, अनिल खरेलले २७ बलमा १५ रन बनाए । ओपनर ब्याटर सैफ जैबले १४ बलमा १३ रन बनाए । यस क्रममा उनले दुई चौका प्रहार गरे । यसबाहेक सुदूरपश्चिमका अरु ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए भने शेर मल्लले तीन विकेट लिए । शाडले भान साल्कविक, कप्तान रोहित पौडेल र तिलक भण्डारीले समान एक विकेट लिए ।

अब सुदूरपश्चिमले आगामी बुधबार पोखरा एभेन्जर्सको सामना गर्नेछ । त्यसैगरी, लुम्बिनीले आगामी शनिबार चितवन राइनोजको सामना गर्नेछ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा डा. इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी, हेमन्त धामी लगायतका चर्चित खेलाडी छन् ।

त्यसैगरी, सुदूरपश्चिममा हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दिपक बोहरा, फेबियन एलेनजस्ता खेलाडी समावेश छन् ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा भने रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्शी शर्ट, शमिम हुसेन, शाड्ली भान शाकवाइक, निरोशन डिक्वेलाजस्ता खेलाडी छन् ।

त्यस्तै, लुम्बिनीमा दिनेश अधिकारी, अभिशेष गौतम, तिलक राज भण्डारी, दिलिप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान, करण घर्ती मगरजस्ता खेलाडी पनि समावेश छन् ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सिद्धार्थ बैंकद्धारा सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा
सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तिय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सेवा संचालनमा ल्याएको छ जस अन्तर्गत गाह्रकहरुले आफ्नो सेयरहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सकिनेछ । यस सेवा अन्तर्गत ग्राहकहरुद्धारा बैंकको मोबाइल बैंकिङ एप (BankSmart XP >Easy Loan> Loan Services>Loan Against Share) मार्फत सेयर धितो कर्जाका लागि सजिलै ...

बंगालको खाडीमा ‘अर्नब’ चक्रवात, नेपालमा पनि वर्षा र हिमपातको सम्भावना
कात्तिक १३ र १४ गते केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । ...

मझिया स्मृति कप महिला फुटबलमा पदमा स्पोर्ट्स क्लबको फराकिलो जित
१० कात्तिक, कात्तिक । प्रथम मझिया स्मृति कप आमन्त्रित ९ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा पदमा स्पोर्ट्स क्लब ओखलढुंगाले बेलबारी फुटबल क्लब मोरङलाई ७–० गोलले पराजित गरेको छ। संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आइतबार भएको खेलमा पदमा स्पोर्ट्स क्लबको जितमा सिम्रन गुरुङले चार गोल गरिन्। उत्कृष्ट प्रदर्शन गरेकी उनी ‘प्लेयर अफ द म्याच’ घोषित… ...

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी
दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको पसलमा क्यूआर कोडमार्फत सरसामानको भुक्तानी गर्ने ग्राहकको बाक्लै भीड थियो । केही वर्षअघिसम्म नगदबिनाको कारोबार कल्पना गर्न पनि कठिन थियो । रकम अभाव हुँदा सामान उधारो दिने वा विश्वासकै आधारमा कारोबार चलाउने प्रचलन थियो तर अहिले स्मार्टफोन र इन्टरनेटको पहुँचले त्यही दृश्य पूर्णरूपमा बदलिएको छ । व्यवसायी शाहीका अनुसार डिजिटल सञ्जालले व्यापारलाई निकै ...