Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

काठमाडौं, कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिएपछि चितवनले रोमाञ्चक जित निकालेको हो। आज भएकाे खेलमा १५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका इमरान शेखले सर्वाधिक ३९ रन बनाए। आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३३ रन जोड्नुभयो। उहाँले ४ छक्का र १ चौका प्रहार गरेका थिए। विराटनगरका लोकेश बमले २६ तथा बसिर अहमदले १३ रन बनाए । तर, अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा विराटनगर लक्ष्यसम्म पुग्न सकेन। चितवनको जितमा बलर कमल सिंह ऐरी निर्णायक बने। उनले चार विकेट लिए। रिजन ढकालले दुई विकेट लिए भने टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले एक–एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियाे । चितवनका लागि डेविड मलानले उत्कृष्ट ब्याटिङ गर्दै ७० रनको अर्धशतकीय पारी खेले। उहाँले ५ छक्का र ५ चौका प्रहार गरेका थिए। रवि बोपारा ३२ र डान मोस्ली २९ रनमा अविजित रहनुभयो भने देव खनालले १२ रन बनाए। विराटनगरका बलरमध्ये एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए । चितवनले बनाएको प्रतिस्पर्धात्मक योगफल जोगाउँदै बलिङमा प्रभावशाली प्रदर्शन गरेपछि टोलीले एनपीएलमा पहिलो खेलमै दुई अंक हासिल गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

छोरीको कानुनी विवाह छुटाउन प्रहरीमाथि दबाब, एसपीलाई गाली गर्ने रास्वपा धनुषा सभापति निलम्बित
राजनीतिJust now

छोरीको कानुनी विवाह छुटाउन प्रहरीमाथि दबाब, एसपीलाई गाली गर्ने रास्वपा धनुषा सभापति निलम्बित

जनकपुरधाम- छोरीले गरेको कानुनी विवाह छुटाउन नमानेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादवले जिल्ला प्रहरी प्रमुखमाथि गालीगलौज गरेको खुलेको छ। छोरीको बिहे नछुटाएको भन्दै धनुषाका एसपी रुपेश खड्काको सरुवा माग गरेपछि पार्टीले यादवलाई निलम्बन गरेको हो। रास्वपा मधेश प्रदेश कार्यालयले निलम्बनसँग पाँच बुँदे स्पष्टीकरण पनि सोधेको छ। धनुषाको हंसपुर नगरपालिका–८ निवासी […] ...

काठमाण्डुपाटी
राति निद्रा लाग्दैन ? मस्त निदाउन यी ६ उपाय अपनाउनुहोस्
राजनीतिJust now

राति निद्रा लाग्दैन ? मस्त निदाउन यी ६ उपाय अपनाउनुहोस्

राति ओछ्यानमा पल्टिए पनि निद्रा नलाग्ने, पटकपटक ब्युँझिने वा बिहान उठ्दा पनि थकान महसुस हुने समस्या धेरैले भोगिरहेका हुन्छन् । यस्तो समस्या तनाव, चिन्ता, अनियमित दिनचर्या, राति मोबाइल चलाउने बानी तथा चिया–कफीको अत्यधिक सेवनका कारण हुन सक्छ। नियमित रूपमा निद्रा नलागेमा यसले दैनिक काम, स्मरणशक्ति र एकाग्रतामा समेत असर पार्न सक्छ। तर, केही बानीमा सुधार गर्दा निद्राको गुणस्तर बढाउन सकिन्छ। निद्रा सुधार्न ...

फरकधार
राहत कोषमा १८ अर्ब, बाढीपीडितको भागमा त्रिपाल : सरकारसँग पैसा छ, किन छैन पुनर्स्थापना ?
राजनीतिJust now

राहत कोषमा १८ अर्ब, बाढीपीडितको भागमा त्रिपाल : सरकारसँग पैसा छ, किन छैन पुनर्स्थापना ?

प्रधानमन्त्री राहत तथा दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब रुपैयाँभन्दा बढी मौज्दात छ । बाढीपीडितका नाममा सहयोग जुट्ने क्रम पनि जारी छ ।  तर, सरकारी खातामा अर्बौं रुपैयाँ जम्मा भइरहँदा भोटेकोशी–त्रिशूली बाढीबाट विस्थापित कतिपय परिवार भने सुरक्षित वासस्थानको खोजीमै छन् । कसैको घर बग्यो, कसैको रोजीरोटी खोसियो, कसैका बालबालिकाको पढाइ प्रभावित भयो । तर, विपद्को दुई महिना बितिसक्दा पनि उनीहरूको स्थायी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play