एनपीएलको तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भए पाकिस्तानी अलराउन्डर हुसेन तलत

काठमाडौं । पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। ३० वर्षीय तलत बायाँहाते ब्याटर तथा दायाँहाते मध्यम गतिका बलर हुन्। उनले पाकिस्तानका लागि १२ एकदिवसीय र २३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीय क्रिकेटमा उनले २२४ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा ४४१ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले सात विकेटसमेत लिएका छन्। तलतले समग्र टी–२० क्रिकेटमा २०४ खेल खेल्दै ३ हजार ९५० रन बनाएका छन्। यस क्रममा उनले एक शतक र २१ अर्धशतक प्रहार गरेका छन्। उनले टी–२० क्रिकेटमा १०४ छक्का प्रहार गर्नुका साथै ८३ विकेट पनि लिएका छन्। प्रथम श्रेणी क्रिकेटमा समेत अनुभव बटुलेका तलतले ८४ खेलमा ४ हजार ४८१ रन बनाउनुका साथै ६१ विकेट लिएका छन्। हुसेनलाई यसअघि पहिलो संस्करणमा पनि कर्णालीले अनुबन्ध गरेको थियो । तर अन्तिम समयमा उनी नआउने भएका थिए । कर्णालीले यसअघि बंगलादेशका अक्बर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ । बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्याएको छ ...

रुसको डिजेल निर्यात ७७ प्रतिशत घट्यो, विश्वभर इन्धन सङ्कट बढ्ने जोखिम
काठमाडौँ । रुसका तेल प्रशोधन केन्द्र र निर्यात संरचनामाथि युक्रेनले लगातार ड्रोन आक्रमण गरेपछि विश्व बजारमा डिजेलको आपूर्ति प्रभावित भएको छ । मध्यपूर्वमा जारी द्वन्द्वले पनि इन्धन आपूर्तिमा दबाब बढाएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा डिजेलको उपलब्धता घट्ने र मूल्य उच्च रहने जोखिम बढाएको छ । रिपोर्ट अनुसार, रुसको डिजेल निर्यात गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा करिब ७७ प्रतिशत घटेको छ। व्यापारसम्बन्धी ...

बाढी र पहिरोले गण्डकी र कर्णालीका सडक अवरुद्ध
काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गोरखाकै ...

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता
म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ। बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो। असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पुर्याएको छ। धेरै बस्ती पहिरोको ...


