एनपीएलको तयारी पूरा, ७५ करोड बराबरको कारोबार हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा भएको जनाएको छ । आइतबार टीयु क्रिकेट मैदानमा पत्रकार सम्मेलन गर्दै क्यानले सोमबारदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जनाएको हो । एनपीएलको तेस्रो संस्करणको बिजेताले रु १ करोड ५० लाख र उपविजेताले ८० लाख तथा तेश्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैया प्राप्त गर्ने क्यानले जनाएको छ । एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमति अनुसार तेस्रो संस्करणको पुरस्कार राशी भारी वृद्धि गरिएको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए । यस संस्करणमा मुख्य प्रायोजकबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त भएको खड्काले बताए । त्यस्तै स्पोन्सरशिप, टिकटिङ तथा टिकेट पार्टनरहरूसहित कुल ७० देखि ७५ करोड रुपैयाँ बराबरको कारोबार हुने उनले बताए । उनले टिम ओनरहरूले गर्ने खर्चसमेत जोड्दा एक महिनाको अवधिमा एनपिएलको कुल कारोबार १५० करोड रुपैयाँ पुग्ने उल्लेख गरे । पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले विदेशी खेलाडीहरूलाई आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्ने कानुनी प्रावधान रहेकाले क्यानले सम्बन्धित बोर्डहरूसँग लगातार समन्वय गरिरहेको बताए । उनले आगामी नोभेम्बर १५ मा एनपीएलको लिग चरणका खेलहरू सकिने उल्लेख गर्दै दोस्रो चरणमा छनोट नहुने ४ वटा टोलीका खेलाडीहरूलाई समेटेर ‘राइजिङ स्टार्स’को टोली बनाई ओडिआई अभ्यास र खेलहरूमा सहभागी गराइने जानकारी दिए । एनपीएलको तेस्रो संस्करणमा आठ टिमको सहभागिता रहनेछ । यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ । त्यस्तै प्रतियोगितामा पहिलोपटक डीआरएस प्रणाली लागु गरिने क्यानले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
.gif)
देशभर १३ विपद्का घटना : एकको मृत्यु, आठ जना घाइते
काठमाडौँ, कात्तिक ८ गते । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबा... ...

आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय डा. रूपा पनेरु
पोखरा । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रूपा पनेरु महिलाको स्वास्थ्य उपचार तथा आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रियामा सक्रिय छिन्। एमबीबीएस र एमडी (प्रसूति तथा स्त्रीरोग) अध्ययन पूरा गरेकी उनी ६... ...

संघर्षको ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार
गजलकार कमल संघर्षको गजल कृति ‘हियाका कुडा’लाई छायाँदेवी–चेतनाथ गजल पुरस्कार–२०८२ प्रदान गरिएको छ। खस भाषामा लेखिएको उक्त कृति गजल विधामा पुर्‍याएको योगदानका लागि पुरस्कृत भएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ। पुरस्कारका संस्थापक जे सागरले आज आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरे। संघर्षको ‘हियाका कुडा’ यस ... ...

रिसाएका जनतालाई आकर्षित गर्छौं: प्रदीप पौडेल
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम भएको उल्लेख गर्दै असन्तुष्ट रहेका सबै पक्षलाई पनि एकताबद्ध बनाएर अघि बढ्न कांग्रेस तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसलाई रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने गरी पार्टी अघि बढ्ने बताए। उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध ...


